Advertisement
Advertisement

Day: ३ श्रावण २०८१, बिहीबार १३:११

सुदूर पश्चिम समाजको विज्ञप्ति,बाग्लुङ समाजको खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको साथै खेल अनुशासन पालना नगरेको आरोप

सुदूर पश्चिम समाजको विज्ञप्ति,बाग्लुङ समाजको खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको साथै खेल अनुशासन पालना नगरेको आरोप

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा आयोजित "दोस्रो खप्तड कप-२०२४" भएको ४ दिनपछि आयोजक सुदूरपश्चिम समाज दक्षिण कोरियाले विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै बाग्लुङ समाजका खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको, रेफ्रीको अन्तिम निर्णय नमानी खेल छोडेर गएको साथै खेल अनुशासन पालना नगरेको कुरा विज्ञप्तिमा जनाइएको छ। “स्वास्थ्य विचार र व्यवहार खेलकुद नै मुख्य आधार मूल नाराका साथ सुदूरपश्चिम समाजले भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न दोस्रो खप्तड कप भलिबल प्रतियोगिताको सहभागी टिम बाग्लुङ र थेसो परिवार बीच भएको फाइनल खेलमा विभिन्न विवादबीच आयोजक संस्था, भलिबल संघ, रेफ्री, लाइनम्यानको सल्लाहमा ‌ खेलको प्रकृति ,अङ्कभार, तत्कालीन समयमा प्रदर्शन गरेको ...
करिब २७ महिनापछि नेप्से २४०० माथि

करिब २७ महिनापछि नेप्से २४०० माथि

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दुई वर्ष ३ महिनाअघिको विन्दुमा प्रवेश गरेको छ । नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ ।  बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।   अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ । कारोबार रकम पनि कारोबार शुरुवात भएको गेढ घण्टामै ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको भइसकेको छ । असार १५ गतेदेखि बजार निरन्तर बढीरहेको छ ।कतिपय लगानीकर्ताले यतिबेला बुल रनमा प्रवेश गरेको बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति पनि ल्याउँदै छ । आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ र यो समाचार तयार पार्दाको समयसम्ममा ७ वटा कम...
आजको राशिफल : २०८१ साउन ३ गते (बिहीवार)

आजको राशिफल : २०८१ साउन ३ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिहिनेतले फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी पराजित हुनेछन्। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सब...