पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरू लगातार विवादमा तानिँदै आएका छन्। एनआरएनए कोरिया, पत्रकार महासंघ र भलिबल संघपछि अब सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि गम्भीर विवादको केन्द्रमा पुगेको छ।
जनवरी १८ तारिख सियोलमा सम्पन्न अधिवेशनपछि करिब दुई हप्ता ढिलो गरी सार्वजनिक गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमितिलाई लिएर व्यापक असन्तुष्टि र आरोप–प्रत्यारोप सुरु भएका छन्। १८औँ कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति गठनका लागि अधिवेशन आह्वान गरिएको भए पनि उम्मेदवारहरूबीच सहमति नजुट्दा अधिवेशनकै दिन कुनै निर्णय हुन सकेको थिएन । अधिवेशनपछि विवाद थप चुलिँदै जाँदा समाजको आर्थिक कारोबारसम्बन्धी विषय पनि छलफलमा आएको थियो। जनसम्पर्क समितिको सभापति तथा नेपाली सम्पर्क समिति कोरियाको अध्यक्ष बन्ने तयारीमा रहेका व्यक्तिहरूको लविङका लागि चोर बाटो प्रयोग गर्दै विधानविपर...
१६ माघ २०८२, बिहीबार ०९:५११६ माघ २०८२, बिहीबार ०९:५११६ माघ २०८२, बिहीबार ०९:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा E7-4R भिसामा काम गरिरहेकाहरुका लागि परिवार बोलाउने प्रक्रियामा नयाँ व्यवस्था लागू भएको छ। अब परिवार बोलाउँदा सिधै F-3 भिसा होइन, नेपालस्थित कोरियन दूतावासबाट C-3 भिसा
मा अप्लाई गर्नुपर्नेछ।
नयाँ नियमअनुसार परिवारले ९० दिनभित्रको दोहोरो हवाई टिकट लिएर मात्र भिसा आवेदन गर्न पाउनेछन्। कोरिया प्रवेश गरेपछि भने सोही C-3 भिसालाई F-3 (Family Visa) मा परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको छ, जसले परिवार बसाइलाई कानुनी रूपमा सहज बनाउनेछ।
त्यसैगरी, नेपालबाट आउँदा Family Relationship Certificate र Marriage Certificate अनिवार्य रूपमा कोरियन एम्बेस्सीबाट verify (प्रमाणित) गरेर ल्याउनुपर्नेछ। कागजात अपूरो वा प्रमाणीकरण नगरिएको अवस्थामा भिसा प्रक्रिया रोकिन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिएको छ।
E-7-4-R भिसा भएका सबै नेपालीले यो नयाँ नियमलाई ध्यानमा राख्दै समयमै कागजात तयार...
१६ माघ २०८२, बिहीबार ०६:४३१६ माघ २०८२, बिहीबार ०६:४३१६ माघ २०८२, बिहीबार ०६:४३ by विशाल श्रेष्ठNo Comments
लगभग दुई हप्ता पहिले, जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशनपछि नयाँ कार्यसमिति अहिले मात्र चयन् भएर सार्वजनिक गरिएको छ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशन जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भए पनि त्यसको करिब दुई हप्ता पछि मात्र नयाँ कार्यसमिति चयन तथा घोषणा गरिएको हो। निर्वाचन समितिले बुझाएको प्रतिवेदन, संस्थाको विधान र संरक्षक समितिसँगको छलफलपछि ओम साउदको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ।
निर्वाचन समितिबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन गर्दै संस्थाको आवश्यकता, निरन्तरता र योगदानलाई आधार मानेर निर्णय नं. ३ अनुसार १९औँ कार्यसमिति गठन गरिएको सस्थाका प्रमुख सरक्षक डा.अग्निराज कोइरालाको हस्ताक्षर भएको बिज्ञप्तिमा जनाइएको छ।यसअघि सम्पन्न अधिवेशनमा विभिन्न पदमा एकभन्दा बढी उम...
१४ माघ २०८२, मंगलवार ०५:१७१४ माघ २०८२, मंगलवार ०५:१७१४ माघ २०८२, मंगलवार ०५:१७ by एलिनाNo Comments
नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया द्वारा यस वर्ष पनि पवित्र धार्मिक परम्पराअनुसार “श्री स्वस्थानी व्रत कथा” विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गरिने भएको छ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धा, आस्था र धार्मिक अनुशासनका साथ आयोजना गरिन लागेको उक्त कार्यक्रममार्फत सनातन मूल्य–मान्यता, सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा पूर्वाङ्ग पूजा, स्वस्थानी कथा वाचन, रुद्राभिषेक, उत्तराङ्ग पूजा, आरती तथा भजनकीर्तन जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश रहनेछन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातन प्रेमी, श्रद्धालु तथा नेपाली समुदायलाई क...
१३ माघ २०८२, सोमबार १३:५२१३ माघ २०८२, सोमबार १३:५२१३ माघ २०८२, सोमबार १३:५२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियास्थित नेपाली संस्थाहरू पछिल्लो समय व्यक्तिगत, राजनीतिक तथा व्यावसायिक स्वार्थको अखडा बन्दै गएको आरोप तीव्र बन्दै गएको छ। एनआरएनए कोरिया र नेपाली पत्रकार महासंघपछि अब नेपाली भलिबल संघ कोरिया पनि स्वार्थ समूहको पकडमा पार्न खोजिएको भन्दै गम्भीर विवादमा तानिएको छ।
संस्थाभित्र मुख्य पदहरू नै रिक्त राखेर नियोजित रूपमा चलखेल गरिएको, जसका कारण निर्वाचन प्रक्रिया नै प्रभावित भएको आरोप लागेको छ। अधिवेशनका क्रममा पद बाँडफाँड र उम्मेदवारी प्रक्रियामा राजनीतिक तथा व्यावसायिक स्वार्थ हावी भएको आरोप खुलेर उठेपछि संघ आलोचनाको घेरामा परेको हो। विशेषगरी निर्वाचन कमिटी संयोजकको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। अधिवेशनमै केही पदहरूमा उम्मेदवारी दर्ता गरिसकेपछि, पछिल्लो चरणमा राजनीतिक तथा व्यापारिक स्वार्थ प्रवेश गरेको महसुस भएपछि सम्बन्धित उम्मेदवारहरूले आफैं उम्मेदवारी फिर्ता लिएको जनाइएक...
१३ माघ २०८२, सोमबार ०३:००१३ माघ २०८२, सोमबार ०३:००१३ माघ २०८२, सोमबार ०३:०० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियास्थित नेपाली राजदूतावासको राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम गजेदोमा सञ्चालन हुने भएको छ।
किरात राई यायोक्खा गजेदोको आयोजनामा आगामी २०२६ फेब्रुअरी १५ (२०२६/०२/१५) तारिखका दिन गजेदोमा उक्त घुम्ती शिविर आयोजना हुन लागेको हो। शिविरमार्फत राहदानी नवीकरण सेवा तथा श्रमिकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
यस कार्यक्रमका लागि ख्यङनाम क्षेत्रमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरूबाट अग्रीम रूपमा नामावली सङ्कलन भइरहेको छ। राहदानीको म्याद एक वर्षभन्दा कम बाँकी रहेका नेपालीहरूले तल उल्लेखित सम्पर्क व्यक्तिहरूसँग आफ्नो नाम टिपाउन आयोजकले अनुरोध गरेको छ।
फाराम भर्ने मिति तथा कार्यक्रमसम्बन्धी विस्तृत जानकारी एक हप्ता अगाडि सार्वजनिक गरिने पनि जनाइएको छ।
सम्पर्क व्यक्तिहरू :
• राधेश्याम राई : 010-2037-1415
• राज राई : 010-8348-9230
• अमर...
११ माघ २०८२, शनिबार ०५:१७११ माघ २०८२, शनिबार ०५:१७११ माघ २०८२, शनिबार ०५:१७ by एलिनाNo Comments
आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाको आयोजनामा हुन लागिएको “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६” को तयारी अन्तिम चरणमा पुगेको छ।
आगामी फेब्रुअरी १ तारिख का दिन “पर्व, संस्कृति, एकताको आधार!! चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमको तयारी लगभग पूरा भएको महासङ्घका अध्यक्ष शुभराज भोम्जन ले जानकारी दिएका छन्।
महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै मौलिक परिकार, आदिवासी चाडपर्व तथा संस्कृतिबारे विभिन्न जातीय संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
महासङ्घको ९औँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागित...
१० माघ २०८२, शुक्रबार ०८:०४१० माघ २०८२, शुक्रबार ०८:०४१० माघ २०८२, शुक्रबार ०८:०४ by विशाल श्रेष्ठNo Comments
कोरिया रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भइरहेको आन्दोलनका सन्दर्भमा EPS सेन्टर (HRD Korea) का प्रमुखले आन्दोलनरत पक्षलाई लक्षित गर्दै स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
हाल ‘पोइन्ट सिस्टम’ परीक्षा सञ्चालन भइरहेकाले परीक्षा केन्द्र प्रमुखको हैसियतमा कार्यस्थल छोड्न नमिल्ने बाध्यताका कारण बैठकमा उपस्थित हुन नसकेको जनाउँदै, पत्रमार्फत EPS सेन्टरको आधिकारिक धारणा सार्वजनिक गरिएको हो।
पत्रमा उल्लेख गरिएअनुसार, आन्दोलनकारीहरूले उठाउँदै आएको “कोरियामा शतप्रतिशत रोजगारीको ग्यारेन्टी हुनुपर्छ” भन्ने माग व्यवहारिक नभएको स्पष्ट पारिएको छ। EPS सेन्टर स्वयं रोजगारी दिने वा रोजगारीको ग्यारेन्टी गर्ने संस्था नभई, परीक्षा मार्फत मापदण्ड पूरा गर्ने कामदारलाई निष्पक्ष रूपमा छनौट गरी Job Roster मा दर्ता गर्ने जिम्मेवारी मात्र रहेको जनाइएको छ। रोस्टरमा रहेका कामदारमध्ये छनौट गर्ने अधिकार पूर्ण रूपमा ...
३ माघ २०८२, शुक्रबार ०६:४६३ माघ २०८२, शुक्रबार ०६:४६३ माघ २०८२, शुक्रबार ०६:४६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सौल स्थित सदेमुनमा शुक्रबार एक सिटी बस भवनमा ठोक्किँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आशंका गरिएको छ, स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १:२७ बजे सौल सबवे लाइन–५ अन्तर्गत पर्ने सदेमुन स्टेशन नजिक भएको हो। तीव्र गतिमा रहेको यात्रुवाहक बस पैदलयात्रीका लागि बनाइएको फराकिलो फुटपाथ पार गर्दै एनएच नोंगह्युप बैंकको सिसाको भवनमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।...
२ माघ २०८२, बिहीबार ०९:०७२ माघ २०८२, बिहीबार ०९:०७२ माघ २०८२, बिहीबार ०९:०७ by विशाल श्रेष्ठNo Comments
सउल, दक्षिण कोरिया — अबदेखि कोरियामा निद्रा लाग्ने वा होस कम गर्ने औषधि सेवन गरेर सवारी चलाए कडा कानुनी कारबाही हुने भएको छ। कोरियाली प्रहरीले औषधिको असरमा सवारी चलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै आगामी अप्रिल २ तारिखदेखि सजायको मापदण्ड कडा बनाइने जनाएको छ।
ज्वरो, रुघाखोकी, एलर्जी, निद्रा लाग्ने औषधि लगायत सामान्य रूपमा प्रयोग हुने औषधि सेवनपछि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएको हो। प्रहरीले औषधिको असरले सामान्य रूपमा सवारी चलाउन नसक्ने अवस्थालाई ‘औषधि सेवन गरी सवारी चलाउने अपराध’ मानिने स्पष्ट पारेको छ।
अबदेखि “मलाई थाहा थिएन” भन्ने बहानाले छुट नपाउने बताइएको छ। औषधि सेवनपछि सवारी चलाएर दुर्घटना गराएमा वा नियन्त्रणमा परेमा मादक पदार्थ सेवन गरी सवारी चलाएसरह सजाय हुने जनाइएको छ। गम्भीर अवस्थामा २० मिलियन वोन (करिब २ करोड कोरियन वोन) सम्म जरिवाना वा...