Advertisement
Advertisement

EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट सन्देश “जब रोस्टरले १००% रोजगारी ग्यारेन्टी गर्दैन”

Advertisement
Advertisement

कोरिया रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भइरहेको आन्दोलनका सन्दर्भमा EPS सेन्टर (HRD Korea) का प्रमुखले आन्दोलनरत पक्षलाई लक्षित गर्दै स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

हाल ‘पोइन्ट सिस्टम’ परीक्षा सञ्चालन भइरहेकाले परीक्षा केन्द्र प्रमुखको हैसियतमा कार्यस्थल छोड्न नमिल्ने बाध्यताका कारण बैठकमा उपस्थित हुन नसकेको जनाउँदै, पत्रमार्फत EPS सेन्टरको आधिकारिक धारणा सार्वजनिक गरिएको हो।

पत्रमा उल्लेख गरिएअनुसार, आन्दोलनकारीहरूले उठाउँदै आएको “कोरियामा शतप्रतिशत रोजगारीको ग्यारेन्टी हुनुपर्छ” भन्ने माग व्यवहारिक नभएको स्पष्ट पारिएको छ। EPS सेन्टर स्वयं रोजगारी दिने वा रोजगारीको ग्यारेन्टी गर्ने संस्था नभई, परीक्षा मार्फत मापदण्ड पूरा गर्ने कामदारलाई निष्पक्ष रूपमा छनौट गरी Job Roster मा दर्ता गर्ने जिम्मेवारी मात्र रहेको जनाइएको छ। रोस्टरमा रहेका कामदारमध्ये छनौट गर्ने अधिकार पूर्ण रूपमा रोजगारदाताकै हातमा रहने पनि उल्लेख गरिएको छ।

EPS परीक्षा सूचनामै रोजगारीको १००% ग्यारेन्टी नहुने स्पष्ट उल्लेख रहेको र नेपाल–कोरिया बीचको समझदारी पत्र (MOU) मा समेत Job Roster मा नाम दर्ता हुनु मात्रले कोरियामा रोजगारी सुनिश्चित नहुने कुरा स्पष्ट गरिएको पत्रमा जनाइएको छ।

त्यसैगरी, “Job Roster को म्याद थप गरिनुपर्छ” भन्ने मागमा EPS सेन्टरसँग कुनै निर्णय गर्ने अधिकार नरहेको स्पष्ट गरिएको छ।

हाल सामाजिक सञ्जालमा फैलाइएका “केही रोस्टरमा भएकाहरूको छनौट हुँदैन”, “रिटर्नीहरूको फाइल हरायो” वा “पैसा लिएर कामदार छनौट गरिन्छ” भन्ने हल्लाहरू पूर्ण रूपमा असत्य भएको EPS सेन्टरको दाबी छ। रोजगारदाता स्वयंले रोजगार केन्द्रमार्फत कामदार छनौट गर्ने भएकाले सिस्टममा हेरफेर गर्न सम्भव नभएको पनि पत्रमा उल्लेख छ।

यदि कसैसँग भ्रष्टाचारसम्बन्धी ठोस प्रमाण भए नेपाल प्रहरीमा उजुरी दिन आग्रह गरिएको छ भने, झूटा हल्ला फैलाएर कर्मचारीलाई धम्की दिइए कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिइएको छ।

EPS सेन्टरले आन्दोलनरत कामदारहरूको पीडालाई बुझ्ने र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने जनाए पनि, यदि आन्दोलन गैरकानुनी रूपमा फैलिँदै कर्मचारीको सुरक्षा जोखिममा परेमा हाल सञ्चालन भइरहेको परीक्षा स्थगित हुन सक्ने चेतावनी दिएको छ।

पत्रअनुसार सन् २०२५ मा नेपालबाट कोरिया रोजगारीका लागि छनौट हुनेको संख्या ११ हजार पुगेको छ, जुन कोरिया जाने कुल विदेशी कामदारमध्ये १८.७ प्रतिशत हो। १७ वटा देशमध्ये नेपालबाट जाने संख्या सबैभन्दा धेरै रहेको EPS सेन्टरले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×