दक्षिण कोरियाको राजधानी सौल स्थित सदेमुनमा शुक्रबार एक सिटी बस भवनमा ठोक्किँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आशंका गरिएको छ, स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १:२७ बजे सौल सबवे लाइन–५ अन्तर्गत पर्ने सदेमुन स्टेशन नजिक भएको हो। तीव्र गतिमा रहेको यात्रुवाहक बस पैदलयात्रीका लागि बनाइएको फराकिलो फुटपाथ पार गर्दै एनएच नोंगह्युप बैंकको सिसाको भवनमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Post Views: 125









