Advertisement
Advertisement

अधिवेशनपछि बनेको कमिटीमै प्रश्न: सुदूरपश्चिम समाज कोरियामा पनि विवादै विवाद

Advertisement
Advertisement

पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरू लगातार विवादमा तानिँदै आएका छन्। एनआरएनए कोरिया, पत्रकार महासंघ र भलिबल संघपछि अब सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि गम्भीर विवादको केन्द्रमा पुगेको छ।

जनवरी १८ तारिख सियोलमा सम्पन्न अधिवेशनपछि करिब दुई हप्ता ढिलो गरी सार्वजनिक गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमितिलाई लिएर व्यापक असन्तुष्टि र आरोप–प्रत्यारोप सुरु भएका छन्। १८औँ कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति गठनका लागि अधिवेशन आह्वान गरिएको भए पनि उम्मेदवारहरूबीच सहमति नजुट्दा अधिवेशनकै दिन कुनै निर्णय हुन सकेको थिएन । अधिवेशनपछि विवाद थप चुलिँदै जाँदा समाजको आर्थिक कारोबारसम्बन्धी विषय पनि छलफलमा आएको थियो। जनसम्पर्क समितिको सभापति तथा नेपाली सम्पर्क समिति कोरियाको अध्यक्ष बन्ने तयारीमा रहेका व्यक्तिहरूको लविङका लागि चोर बाटो प्रयोग गर्दै विधानविपरीत नयाँ कार्यसमिति गठन गरिएको आरोप लागेको छ। 

आरोप अनुसार, कोरियामा  हुन लागेको नेपाली कांग्रेसको प्रवासी संगठन जनसम्पर्क समितीको अधिवेसन बाट सभापति बन्ने उद्देश्यले महामन्त्रीको दाबी गरिरहेका व्यक्तिलाई सुदूरपश्चिम समाजको अध्यक्षमा नियुक्त गरिएको बताइएको छ। यस क्रममा ४–४ वर्षदेखि अध्यक्ष पदमा उम्मेदवारी दिँदै आएका, समाजका हरेक जिम्मेवारी बहन गर्दै आएका व्यक्तिहरूलाई योजनाबद्ध रूपमा बाइकट गरिएको गम्भीर आरोप लगाइएको छ।

यस्तै, आगामी मार्च १५ मा हुन लागेको कोरियाकै पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) को अधिवेशनबाट अध्यक्ष बन्ने उद्देश्यले लविङ गर्दै सुदूरपश्चिम समाजको नयाँ कार्यसमिति गठन गरिएको आरोप पनि सार्वजनिक रूपमा उठेको छ।विवाद चुलिँदै जाँदा नयाँ कार्यसमितिमा नाम समावेश गरिएका उपाध्यक्ष, सचिव, जिल्ला संयोजक र सदस्यसहित ५ जनाले आफ्नो नाम फिर्ता गर्न लिखित तथा सार्वजनिक रूपमा अनुरोध गरेका छन्। उनीहरूले सहमति, समन्वय र पारदर्शिता बिना एकतर्फी रूपमा पदाधिकारी तथा सम्पूर्ण कार्यसमिति चयन गरिएको भन्दै आपत्ति जनाएका छन्।

असन्तुष्ट पक्षका एक सदस्यले हालसम्म जनसेवामा केन्द्रित सुदूरपश्चिम समाज दक्षिण कोरिया अहिले दाजुभाइबीच मनमुटावको अखडा बनेको र अधिवेशनकै दिनदेखि विवादित बनेको समाजलाई संरक्षकज्यूले समाधान गर्नुहुनेछ भन्ने आशा हुदा हुदै, सम्बन्धित तथा सम्भावित पदाधिकारीहरूसँग कुनै समन्वय नगरी पदाधिकारी छनोट र सम्पूर्ण कार्यसमिति चयन भइसकेको यस्तो अवस्थामा नयाँ सदस्यता लिनुको औचित्य के रह्यो भन्दै गुनासो गरेका छन्।अहिलेसम्म तन–मन–धन र कर्मले समाजलाई सहयोग गर्दै आएका व्यक्तिहरूको मनोभावना नबुझी गरिएको एकतर्फी निर्णय स्वीकार्य नभएको र कुनै पनि दाजुभाइले आफ्नो नाम सामाजिक सञ्जालमा नराखिदिन तथा उम्मेदवारी शुल्क फिर्ता गरिदिन सनेत आग्रह गरिएको छ।

यता सरक्षक समिति तथा निवर्तमान अध्यक्षलगायतसँग बुझ्दा भने हाल सार्वजनिक गरिएको कार्यसमितिलाई नै आधिकारिक कार्यसमिति भएको स्पष्ट पारिएको छ।

तर असन्तुष्ट पक्षले भने यसलाई आधिकारिक नमान्ने अडान लिँदै छुट्टै नामसूची सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्।

यसैबीच सामाजिक सञ्जालमा “सुदूरपश्चिम समाज दक्षिण कोरिया जस्तो संस्थालाई ओली शैलीमा खल्तीबाट नाम निकालेर कमिटी गठन गराउन सफल हुनुभएकोमा बधाई” भन्ने व्यंग्यात्मक पोस्टहरू समेत सार्वजनिक भएका छन्।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय सुदूरपश्चिम समाज दक्षिण कोरिया आन्तरिक विवादका कारण गम्भीर संकटमा फस्दै गएको देखिएको छ। संस्थाभित्र देखिएको यो विवाद समाधानतर्फ नलागे सुदूरपश्चिमेली समुदायबीच थप विभाजन हुने चिन्ता बढ्दै गएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×