Advertisement
Advertisement

Day: १६ माघ २०८२, बिहीबार २३:४७

SentBe रेमिट्यान्स प्रयोगकर्ताका लागि बम्पर अफर, २ जनाले जित्नेछन् नि:शुल्क २-वे Korean Air टिकट

SentBe रेमिट्यान्स प्रयोगकर्ताका लागि बम्पर अफर, २ जनाले जित्नेछन् नि:शुल्क २-वे Korean Air टिकट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरूका लागि सस्तो, भरपर्दो तथा पैसा पठाएको दुई मिनेटमै नेपालस्थित खातामा रकम पुग्ने रेमिट्यान्स सेवाको रूपमा प्रख्यात, सबैको लोकप्रिय र विश्वासिलो SentBe रेमिट्यान्सले फेब्रुअरी र मार्च महिनालाई लक्षित गर्दै आकर्षक बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत फेब्रुअरी १ देखि मार्च ३१, २०२६ को अवधिमा SentBe मार्फत नेपालमा १ लाख रुपैयाँ (KRW 1,000,000) वा सोभन्दा बढी रकम पठाउने सेवाग्राहीहरूमध्ये २ जना भाग्यशाली विजेताले नि:शुल्क २-वे Korean एअर प्लेन टिकट जित्ने अवसर पाउनेछन्। छुट्टै आवेदन वा प्रक्रिया पूरा गर्नुपर्ने झन्झट नरहेको र तोकिएको रकम पठाउने सबै प्रयोगकर्ता स्वतः प्रमोशनमा सहभागी हुने SentBe ले जनाएको छ। SentBe Nepal को आधिकारिक Facebook पेजमार्फत पहिलो विजेताको घोषणा मार्च ३, २०२६ साँझ ८:०० बजे र दोस्रो विजेताको घोषणा अप्रिल ३, २०२६ साँझ ८:०...
अधिवेशनपछि बनेको कमिटीमै प्रश्न: सुदूरपश्चिम समाज कोरियामा पनि विवादै विवाद

अधिवेशनपछि बनेको कमिटीमै प्रश्न: सुदूरपश्चिम समाज कोरियामा पनि विवादै विवाद

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरू लगातार विवादमा तानिँदै आएका छन्। एनआरएनए कोरिया, पत्रकार महासंघ र भलिबल संघपछि अब सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि गम्भीर विवादको केन्द्रमा पुगेको छ। जनवरी १८ तारिख सियोलमा सम्पन्न अधिवेशनपछि करिब दुई हप्ता ढिलो गरी सार्वजनिक गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमितिलाई लिएर व्यापक असन्तुष्टि र आरोप–प्रत्यारोप सुरु भएका छन्। १८औँ कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति गठनका लागि अधिवेशन आह्वान गरिएको भए पनि उम्मेदवारहरूबीच सहमति नजुट्दा अधिवेशनकै दिन कुनै निर्णय हुन सकेको थिएन । अधिवेशनपछि विवाद थप चुलिँदै जाँदा समाजको आर्थिक कारोबारसम्बन्धी विषय पनि छलफलमा आएको थियो। जनसम्पर्क समितिको सभापति तथा नेपाली सम्पर्क समिति कोरियाको अध्यक्ष बन्ने तयारीमा रहेका व्यक्तिहरूको लविङका लागि चोर बाटो प्रयोग गर्दै विधानविपर...
E7-4R भिसा हुनेका लागि नयाँ व्यवस्था परिवार आउँदा प्रक्रिया कडाइ, नेपालबाट C-3 भिसामा मात्र आउन पाउने लगायत बिभिन्न नया नियम

E7-4R भिसा हुनेका लागि नयाँ व्यवस्था परिवार आउँदा प्रक्रिया कडाइ, नेपालबाट C-3 भिसामा मात्र आउन पाउने लगायत बिभिन्न नया नियम

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा E7-4R भिसामा काम गरिरहेकाहरुका लागि परिवार बोलाउने प्रक्रियामा नयाँ व्यवस्था लागू भएको छ। अब परिवार बोलाउँदा सिधै F-3 भिसा होइन, नेपालस्थित कोरियन दूतावासबाट C-3 भिसा मा अप्लाई गर्नुपर्नेछ। नयाँ नियमअनुसार परिवारले ९० दिनभित्रको दोहोरो हवाई टिकट लिएर मात्र भिसा आवेदन गर्न पाउनेछन्। कोरिया प्रवेश गरेपछि भने सोही C-3 भिसालाई F-3 (Family Visa) मा परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको छ, जसले परिवार बसाइलाई कानुनी रूपमा सहज बनाउनेछ। त्यसैगरी, नेपालबाट आउँदा Family Relationship Certificate र Marriage Certificate अनिवार्य रूपमा कोरियन एम्बेस्सीबाट verify (प्रमाणित) गरेर ल्याउनुपर्नेछ। कागजात अपूरो वा प्रमाणीकरण नगरिएको अवस्थामा भिसा प्रक्रिया रोकिन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिएको छ। E-7-4-R भिसा भएका सबै नेपालीले यो नयाँ नियमलाई ध्यानमा राख्दै समयमै कागजात तयार...
अधिवेशन सम्पन्न भएको करिब १०/११ दिनपछि सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

अधिवेशन सम्पन्न भएको करिब १०/११ दिनपछि सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
लगभग दुई हप्ता पहिले, जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशनपछि नयाँ कार्यसमिति अहिले मात्र चयन् भएर सार्वजनिक गरिएको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशन जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भए पनि त्यसको करिब दुई हप्ता पछि मात्र नयाँ कार्यसमिति चयन तथा घोषणा गरिएको हो। निर्वाचन समितिले बुझाएको प्रतिवेदन, संस्थाको विधान र संरक्षक समितिसँगको छलफलपछि ओम साउदको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ। निर्वाचन समितिबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन गर्दै संस्थाको आवश्यकता, निरन्तरता र योगदानलाई आधार मानेर निर्णय नं. ३ अनुसार १९औँ कार्यसमिति गठन गरिएको सस्थाका प्रमुख सरक्षक डा.अग्निराज कोइरालाको हस्ताक्षर भएको बिज्ञप्तिमा जनाइएको छ।यसअघि सम्पन्न अधिवेशनमा विभिन्न पदमा एकभन्दा बढी उम...