पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरूका लागि सस्तो, भरपर्दो तथा पैसा पठाएको दुई मिनेटमै नेपालस्थित खातामा रकम पुग्ने रेमिट्यान्स सेवाको रूपमा प्रख्यात, सबैको लोकप्रिय र विश्वासिलो SentBe रेमिट्यान्सले फेब्रुअरी र मार्च महिनालाई लक्षित गर्दै आकर्षक बम्पर अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत फेब्रुअरी १ देखि मार्च ३१, २०२६ को अवधिमा SentBe मार्फत नेपालमा १ लाख रुपैयाँ (KRW 1,000,000) वा सोभन्दा बढी रकम पठाउने सेवाग्राहीहरूमध्ये २ जना भाग्यशाली विजेताले नि:शुल्क २-वे Korean एअर प्लेन टिकट जित्ने अवसर पाउनेछन्। छुट्टै आवेदन वा प्रक्रिया पूरा गर्नुपर्ने झन्झट नरहेको र तोकिएको रकम पठाउने सबै प्रयोगकर्ता स्वतः प्रमोशनमा सहभागी हुने SentBe ले जनाएको छ।
SentBe Nepal को आधिकारिक Facebook पेजमार्फत पहिलो विजेताको घोषणा मार्च ३, २०२६ साँझ ८:०० बजे र दोस्रो विजेताको घोषणा अप्रिल ३, २०२६ साँझ ८:०० बजे गरिनेछ। जितेको २-वे प्लेन टिकट विजेताले ३ महिनाभित्र प्रयोग गर्नुपर्ने र उक्त टिकट अरूलाई हस्तान्तरण गर्न नपाइने सर्त समेत लागू गरिएको छ।
कोरियामा रहेका नेपालीहरूलाई छिटो, सुरक्षित र पारदर्शी रेमिट्यान्स सेवा प्रदान गर्दै आएको SentBe ले यस अफरमार्फत सेवाग्राहीहरूलाई थप लाभ र खुसी दिन खोजेको जनाएको छ। SentBe प्रयोग गरी नेपाल पैसा पठाउँदै कोरिया–नेपाल–कोरिया यात्रा नि:शुल्क जित्ने अवसर लिन सबैलाई आग्रह गरिएको छ।










