विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सुवनमा सम्पन्न भएको छ।
आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरिएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको समाजले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा सहयोग गर्दै आइरहेको छ।संस्थाले आफ्नो एघारौँ अधिवेशनको समारोहको अवसरमा दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउने समाजलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।
आज सम्पन्न बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट नवनिर्...
२० मंसिर २०८१, बिहीबार ११:२६२० मंसिर २०८१, बिहीबार ११:२६२० मंसिर २०८१, बिहीबार ११:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको खिम्जेमा पनि डिसेम्बर ७ र ८ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ हिमालयन रेस्टुरेन्टले खिम्जे स्थित 전북 김제시 거산동 1062-6 2 층 मा डिसेम्बर ७ र ८ तारिख शनिबार र आइतबारका दिन साझ ७ बजे प्रदर्शन गर्ने भएको हो।
खिम्जेमा आवास गृह स्थापनार्थ प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र १० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि NH BANK मा रहेको खाता नम्बर 3510755904513 मा १० हजार कोरियन वन जम्मा गर्नुपर्ने बताउँदै आयोजकले मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन खिम्जे वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ।
‘स्टारकास्ट’कै कारण ठूल...
१८ मंसिर २०८१, मंगलवार १२:५३१८ मंसिर २०८१, मंगलवार १२:५३१८ मंसिर २०८१, मंगलवार १२:५३ by विशाल श्रेष्ठNo Comments
विदेशी नागरीकहरुलाइ E-9 भिसा प्रदान गरी बस चालकको रुपमा दक्षिण कोरिया ल्याउने प्रस्ताव कोरिया सरकारले अस्वीकृत गरिदिएको छ । बढ्दो चालक अभावको समस्या समाधान गर्न सउल महानगरपालिकाले केन्द्रीय सरकार समक्ष राखेको प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयले अस्वीकृत गरेको हो । मन्त्रालयले हाल विद्यमान भिसा कानुन, लाइसेन्सको प्रमाणीकरणको समस्या, र भाषा दक्षता लगायत कारण देखाउँदै सम्भव नरहेको बताएको हो ।
पहिलो कुरा त E-9 भिसाले काम गर्न पाउने कार्यक्षेत्रमा बस चालक छैन । दोस्रो कुरा महानगरले चालकको खोजी गरेका बसका लागी हेभि ड्राइभिङ लाइसेन्स आवश्यक पर्छ जसका लागी कोरियामा १ वर्षसम्म लाइट ड्राइभिङ् लाइसेन्स प्राप्त गरी ति सवारी चलाएको अनुभव हुनुपर्छ । साथै सवारी चालकको पेशाका निम्ति कोरियन भाषाको दक्षता उच्च चाहिन्छ । यात्रुहरुसंग राम्रोसँग बोल्न, नेभी एपहरु चलाउन तथा बसको सिस्टम पनि बुझ्नुप...
१८ मंसिर २०८१, मंगलवार १२:०३१८ मंसिर २०८१, मंगलवार १२:०३१८ मंसिर २०८१, मंगलवार १२:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ तारिख सउलमा “चासोक तङनाम” मनाउने भएको छ।
“हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक होऔ” भन्ने मुल नाराका साथ कि.या.चु दक्षिण कोरियाले डिसेम्बर १५ तारिक आइतबार सउल स्थित 서울 성북구 보문로 168 성북구청 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।
आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको...
१७ मंसिर २०८१, सोमबार १२:३२१७ मंसिर २०८१, सोमबार १२:३२१७ मंसिर २०८१, सोमबार १२:३२ by विशाल श्रेष्ठNo Comments
मिन बि क/दक्षिण कोरिया:स्याङ्गजा परिवार दक्षिण कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने निर्णय गरि कार्यसमितिको दोस्रो नियमित भौतिक बैठकलाइ सम्पन्न गरेको छ ।
केन्द्रिय अध्यक्ष सुशील गुरुङको अध्यक्षता तथा प्रमुख संरक्षक कुमार थापाको प्रमुख आतिथ्यतामा कोरियाको राजधानी दोङ्गदेमुन स्थित सम्झना रेस्टुरेण्टमा बैठक सम्पन्न गरिएको थियो। १३ औं कार्यसमितिले मनोनयन पत्र प्रदान गर्नु को साथै निवर्तमान कार्यसमितिका पदाधिकारीहरु,विभिन्न विभागीय प्रमुखहरू तथा संस्थालाई योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान पत्र द्वारा सम्मानित गरेको थियो।
बैठकले २०२५ को बार्षिक कार्ययोजनाहरु समेत तर्जुमा गर्दै संस्थाका सामाजिक गतिबिधीहरु थप प्रभावकारी हिसाबले संचालन गर्ने र संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने तथा कोरियामा रहेका स्याङ्गजाली साथीहरुलाई गोलबद्द गर्नको निमित्त १३ औं कार्यसमितिले २०२५ को मे महिनाको ...
१७ मंसिर २०८१, सोमबार १२:१६१७ मंसिर २०८१, सोमबार १२:१६१७ मंसिर २०८१, सोमबार १२:१६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सुवन स्थित क्लबमा दर्जनौं विदेशीहरू लागुऔषधसहित पक्राउ परेका छन्। जसमा भिसा नभएकाहरू मुख्य रूपमा भियतनामी नागरिकहरू धेरै परेका छन्।घटनास्थलमा लागुऔषध प्रयोगको रिपोर्ट आएपछि प्रहरीले आइतबार सुवन, ग्याङगीमा मुख्य रूपमा भियतनामी नागरिकहरू आउने गरेको क्लबमा छापा मारेको थियो।
सुवन सेओबु प्रहरी परिसर र सुवोन अध्यागमन कार्यालयले सोमबार राति १ः२० बजे सुवन स्टेशन नजिकैको एक क्लबमा दुई घण्टा छापा मारि पक्राउ गरेका थिए।
आइतबारको अपरेसनमा प्रहरी र अध्यागमन कार्यालयका २५५ जना अधिकारी भइ छापा मारेको हो।
जम्मा ९६ जना क्लब भित्र रहेका मध्ये ३९ जना जम्मा भएका थिए । पक्राउ परेका ३९ मध्ये १२ जनालाई औषधि परीक्षणमा पोजेटिभ देखिएकाले लागुऔषध नियन्त्रण ऐन उल्लङ्घन गरेको अभियोगमा आकस्मिक हिरासतमा राखिएको छ ।
२० देखि ३० वर्षका १२ जना मध्य ११ भियतनामी जना नागरिक र एक अंगीकृत कोरियाली थिए। उ...
११ मंसिर २०८१, मंगलवार १३:३४११ मंसिर २०८१, मंगलवार १३:३४११ मंसिर २०८१, मंगलवार १३:३४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ।
कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो।
रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा ...
१० मंसिर २०८१, सोमबार १३:४११० मंसिर २०८१, सोमबार १३:४११० मंसिर २०८१, सोमबार १३:४१ by एलिनाNo Comments
डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्नेभएको छ ।
कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको छ ।
संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने कवितालाई क्रमश: ३ लाख वन, २ लाख वन र १ लाख वन प्रदान गरिने छ ।
प्रतियोगिता सम्बन्धि बाँकी जानकारी छिट्टै प्रकाशन गरिने संस्थाका महासचिव ह्यारी बोण्डले जानकारी दिनुभयो ।कोरियामा रहेर नेपाली कवितामा कलम चलाउने सम्पुर्ण कविहरुला...
१० मंसिर २०८१, सोमबार १३:३०१० मंसिर २०८१, सोमबार १३:३०१० मंसिर २०८१, सोमबार १३:३० by विशाल श्रेष्ठNo Comments
सौल दक्षिण कोरिया मिन बि क:स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। यहि डिसेम्बर २९ तारिकका दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा प्रतियोगिता हुन लागेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिनुभयो।
सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रणी संस्था स्याङ्जा परिवारले बिगतमा विभिन्न खेलको आयोजना गर्ने गरेको भएपनि ब्याडमिन्टन प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो। यसबाट संकलिन मुनाफालाई अक्षयकोषको रुपमा खडा गरि स्याङ्जा जिल्लाभरिका सामुदायिक बिद्यालयबाट प्रत्येक बर्ष एस ई ई परिक्षामा सर्बोत्कृष्ट हुने १ जना छात्र र १ जना छात्रालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गर्ने संस्थाका सचिब टोजेन्द्र गुरुङले बताउनुभयो।
पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A ,B ,C ) हु...
१० मंसिर २०८१, सोमबार ०९:४४१० मंसिर २०८१, सोमबार ०९:४४१० मंसिर २०८१, सोमबार ०९:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा यही जनवरी २८ तारिखका दिन सउलमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४” आयोजना गर्ने भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा सहजीकरण भई आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ जनवरी २८ तारिखका दिन गण्डकी प्रदेश समाज दक्षिण कोरिया अन्तर्गतको कास्की परिवार दक्षिण कोरियाले सउलमा कार्यक्रम गर्ने भएको हो। "सङ्गठित समुह नै प्रदेशको सहारा हो " भन्ने मुल नाराका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।
नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको कार्यक्रमको कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका संरक्षक परिष...