विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ तारिख सउलमा “चासोक तङनाम” मनाउने भएको छ।
“हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक होऔ” भन्ने मुल नाराका साथ कि.या.चु दक्षिण कोरियाले डिसेम्बर १५ तारिक आइतबार सउल स्थित 서울 성북구 보문로 168 성북구청 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।
आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच ‘यालाङ’,च्याब्रुङ ‘के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुन लागेको कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि याक्थुङ तथा गैर याक्थुङ महानुभाबहरु लगायत दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

कार्यक्रम स्थल -서울, 성북구청(ट्रैन
लाईन नम्बर-४ 성신여대입구역 मा झरेर
2 नम्बर गेटबाट बाहिर निस्केर १००/१५० मिटर अगाडी) थोङदेमुनबाट बस नम्बर – १०३,१५२,१४२ 성북구청 मा झर्ने)
주소- 서울 성북구 보문로 168 성북구청








