Advertisement
Advertisement

Day: १८ मंसिर २०८१, मंगलवार २३:४५

संसदीय मागको दवावले करिब छ घन्टापछि युनले मार्शल ल हटाए

संसदीय मागको दवावले करिब छ घन्टापछि युनले मार्शल ल हटाए

Breaking News, जानकारी, भर्खरै
  राष्ट्रपति युन सुक येओलले कानून खारेज गर्ने राष्ट्रिय सभाको सर्वसम्मत प्रस्तावलाई प्रतिक्रिया दिँदै घोषणा गरेको करिब छ घन्टापछि बुधबार मार्शल ल हटाएका छन्।  कानून खारेज गर्ने राष्ट्रिय सभाको सर्वसम्मत प्रस्तावलाई प्रतिक्रिया दिँदै राष्ट्रपति युन सुक येओलले यो घोषणा गरेको करिब छ घन्टापछि बुधबार मार्शल ल हटाएका हुन्। । संसदले प्रस्ताव पारित गरेको करिब साढे तीन घण्टापछि बिहान ४ बजेर २० मिनेटमा उनले उक्त निर्णय घोषणा गरेका हुन् ।  "राज्यको आवश्यक कार्यलाई पक्षाघात गर्ने र उदार लोकतन्त्रको संवैधानिक व्यवस्थालाई कमजोर पार्न खोज्ने राज्य विरोधी शक्तिहरूको जवाफमा राष्ट्र बचाउने दृढ संकल्पका साथ मैले हिजो राती आपतकालिन मार्शल लको घोषणा गरें। तर, राष्ट्रिय सभाको मागलाई पछ्याउँदै केही समयअघि मार्शल ल हटाएपछि, मैले मार्सल ल अपरेशनका लागि तैनाथ गरिएका सैन्य बलहरू फिर्ता लिएको छु,’ युनले सम...
मार्शल ल घोषणा गरे लगत्तै कोरियाली वोन भारि मात्रामा कमजोर हुदै

मार्शल ल घोषणा गरे लगत्तै कोरियाली वोन भारि मात्रामा कमजोर हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
राष्ट्रपति युन सुक येओलले आपतकालीन मार्शल ल घोषणा गरेपछि मङ्गलबार अमेरिकी डलरको तुलनामा दक्षिण कोरियाली मुद्रामा भारी गिरावट आएको छ । युनले   मार्शल लको घोषणा गरेपछि, विपक्षी पक्षले संसदलाई नियन्त्रण गरेको र "राज्य विरोधी आचरण" गरेर सरकारलाई पक्षाघात गरेको आरोप लगाएपछि रातको  व्यापारको क्रममा कोरियाली वोन प्रति डलर १,४३० वोनमा झरेको थियो।   यो अक्टोबर २६, २०२२ पछिको सबैभन्दा न्यून स्तर थियो, जब स्थानीय मुद्रा १,४३२.४ वोनमा झरेको थियो।...
सत्तारुढ दलकै अध्यक्षले मार्सल लको घोषणा गलत भएको बताएका छन्

सत्तारुढ दलकै अध्यक्षले मार्सल लको घोषणा गलत भएको बताएका छन्

Breaking News, जानकारी, भर्खरै
सत्तारुढ पीपुल पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपति युन सुक येओलको मार्शल लको घोषणाको आलोचना गर्दै उक्त निर्णयलाई "गलत" भनेका छन्। उनले राष्ट्रपतिको कदम "जनतासँगै" रोक्ने योजनामा रहेको समेत बताएका छन्। सत्तारुढ पार्टीका प्रमुख हान डोङ-हुनले मंगलबार राष्ट्रपति युन सुक येओलको मार्शल लको घोषणा "गलत" भएको र जनतासँग मिलेर यसलाई "ब्लक" गर्ने बताएका छन्। पीपल पावर पार्टीका हानले युनले उत्तर कोरिया समर्थक सेनालाई उन्मूलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थाको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै मार्शल लको घोषणा गरे लगत्तै विज्ञप्ति जारी गरेका हुन्। (योनहाप)...
दक्षिण कोरियाका राष्ट्रपतिले विपक्षीलाई ‘राज्य विरोधी गतिविधि’ गरेको आरोप लगाउँदै आपतकालीन मार्शल लको गरे घोषणा

दक्षिण कोरियाका राष्ट्रपतिले विपक्षीलाई ‘राज्य विरोधी गतिविधि’ गरेको आरोप लगाउँदै आपतकालीन मार्शल लको गरे घोषणा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपतकालीन मार्शल लको घोषणा गर्दै देशलाई "कम्युनिष्ट शक्तिहरू" बाट जोगाउन यो उपाय आवश्यक भएको बताएका छन। राष्ट्रपति युन सुक येओलले विपक्षीलाई "राज्य विरोधी गतिविधिहरू र विद्रोहको योजना बनाएको" आरोप लगाउँदै मंगलबार आपतकालीन मार्शल लको घोषणा गरेका हुन्। युनले टेलिभिजन सम्बोधन गर्दै भने, "मार्शल लको उद्देश्य उत्तर कोरियाली समर्थक शक्तिहरूलाई उन्मूलन गर्ने र स्वतन्त्रताको संवैधानिक व्यवस्थाको रक्षा गर्नु हो।" भनेका छन्। विपक्षी डेमोक्र्याटिक पार्टीले संसदीय बजेट समितिमा डाउनसाइज बजेट बिल रेलरोड गरेपछि र राज्य लेखा परीक्षक र मुख्य अभियोजक विरुद्ध महाभियोग प्रस्ताव पेश गरेपछि यो निर्णय आएको हो। राष्ट्रपति होङ सियोक-योलले आपतकालिन घोषणा गरेको सन्दर्भमा प्रहरी प्रमुख जो जी-होले ४ तारिख मध्यरातमा आपतकालीन कार्यकारी बैठक बोलाएका छन्। ...
E-9 भिषामा विदेशी बस चालकहरू दक्षिण कोरिया ल्याउने प्रस्ताव अस्वीकृत

E-9 भिषामा विदेशी बस चालकहरू दक्षिण कोरिया ल्याउने प्रस्ताव अस्वीकृत

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विदेशी नागरीकहरुलाइ E-9 भिसा प्रदान गरी बस चालकको रुपमा दक्षिण कोरिया ल्याउने प्रस्ताव कोरिया सरकारले अस्वीकृत गरिदिएको छ । बढ्दो चालक अभावको समस्या समाधान गर्न सउल महानगरपालिकाले केन्द्रीय सरकार समक्ष राखेको प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयले अस्वीकृत गरेको हो । मन्त्रालयले हाल विद्यमान भिसा कानुन, लाइसेन्सको प्रमाणीकरणको समस्या, र भाषा दक्षता लगायत कारण देखाउँदै सम्भव नरहेको बताएको हो ।   पहिलो कुरा त E-9 भिसाले काम गर्न पाउने कार्यक्षेत्रमा बस चालक छैन । दोस्रो कुरा महानगरले चालकको खोजी गरेका बसका लागी हेभि ड्राइभिङ लाइसेन्स आवश्यक पर्छ जसका लागी कोरियामा १ वर्षसम्म लाइट ड्राइभिङ् लाइसेन्स प्राप्त गरी ति सवारी चलाएको अनुभव हुनुपर्छ । साथै सवारी चालकको पेशाका निम्ति कोरियन भाषाको दक्षता उच्च चाहिन्छ । यात्रुहरुसंग राम्रोसँग बोल्न, नेभी एपहरु चलाउन तथा बसको सिस्टम पनि बुझ्नुप...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ मा “चासोक तङनाम” मनाउने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ मा “चासोक तङनाम” मनाउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ तारिख सउलमा “चासोक तङनाम” मनाउने भएको छ। “हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक होऔ” भन्ने मुल नाराका साथ कि.या.चु दक्षिण कोरियाले डिसेम्बर १५ तारिक आइतबार सउल स्थित 서울 성북구 보문로 168 성북구청 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको...
आजको राशिफलः २०८१ मङ्सिर १८ गते मंगलबार

आजको राशिफलः २०८१ मङ्सिर १८ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लोकाचारले खर्च बढाए पनि विशेष उपहार प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। ...