विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीका लागि सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले जुन महिनामा सेन्टबि मार्फत पैसा पठाउनेलाई एप्पलको म्याक बुक एयर देखि एयरपड्स प्रो सम्मको बम्पर अफरहरू लिएर आएको छ।
जुन महिनामा SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये प्रत्येक एकजना लाइ MacBook Air , iPhone 15 Pro , Apple watch SE र Air pods Pro २ जनाले प्राप्त गर्नेछन्।।
जुन १ तारिक बाट सुरु भएर जुन ३० तारिख सम्म रहने जुनमा उपहारको बहार! मा सहभागि हुनको लागि १ जुन बाट ३० जुन सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत जुलाइ ५ तारिख सेन्टबि रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरि...
१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५१८ जेष्ठ २०८१, शुक्रबार ०९:४५ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :तनहु समाज दक्षिण कोरिया को आयोजनमा आइतवार सुवनको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” को सम्पूर्ण तयारी पुरा भएको छ ।
‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तनहु समाज दक्षिण कोरिया ले सुवनमा रहेको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने सुवन सो को अन्तिम तयारी पूरा भएको हो। जुन २ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क ३०००० वन रहेको आयोजक सस्थाको संरक्षक दिपक थापा मगरले वताउनुभयो ।
“फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा...
१६ जेष्ठ २०८१, बुधबार ०५:२०१६ जेष्ठ २०८१, बुधबार ०५:२०१६ जेष्ठ २०८१, बुधबार ०५:२० by विशाल श्रेष्ठNo Comments
उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्।
दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो
अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन
उत्तर कोरियाक...
१३ जेष्ठ २०८१, आईतवार १४:२११३ जेष्ठ २०८१, आईतवार १४:२११३ जेष्ठ २०८१, आईतवार १४:२१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सलनालको दोश्रो दिन भएको “धौलागिरी सांगितिक सौगात भाग-४” को आय-व्यय सार्वजनिक भएको छ।
बाग्लुङ समाज दक्षिण कोरियाद्वारा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा आइतबार धौलागिरी सांगीतिक सौगात भाग-४ को सम्मान,धन्यवाद ज्ञापन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक संयोजक राजु नेपालीले धौलागिरी सांगीतिक सौगात भाग ४ को आय व्यय सार्वजनिक गर्दै सबै खर्च कटाएर लगभग साढे २ करोड वन बचत भएको जनाउनुभयो। आर्थिक सहयोग (फ्रेम सङ्कलन) वाट ४ करोड ९ लाख ८४ हजार ६४८ वन , टिकट बिक्री बाट २ करोड ६० लाख १० हजार वन, स्पोन्सर तथा खाजा बिक्रीबाट २६ लाख वन, संस्थागत सहयोगबाट १९ लाख ६५ हजार वन गरि जम्मा ७ करोड १५ लाख ५९ हजार...
७ जेष्ठ २०८१, सोमबार १२:३६७ जेष्ठ २०८१, सोमबार १२:३६७ जेष्ठ २०८१, सोमबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहँदै आइरहेको छ।
मासिक रूपमा रेमिट्यान्स कम्पनीले विभिन्न स्किम आयोजना गरेर सामाजिक कार्यहरूमा पनि सहकार्य गर्दै आइरहेको छ। दक्षिण कोरियाबाट नेपालमा रकम पठाउँदा बुल्लेट बाइक देखि भेस्पा सम्म पाउने इभेन्ट सञ्चालन गरिसकेको सेन्ट- वी रेमिट्यान्सले गत मार्च महिनामा मात्र नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि जम्मा गरेर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।
यति मात्रै नभएर सेन्ट-वी रेम...
२४ बैशाख २०८१, सोमबार ०९:०८२४ बैशाख २०८१, सोमबार ०९:०८२४ बैशाख २०८१, सोमबार ०९:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन सउलमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतको सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सुर्खेत समाज दक्षिण कोरियाद्वारा ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि रहेको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल)मा पहिलो शो: बिहान ११:३० बजे ,दोश्रो शो: दिउँसो २:०० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” को सउल लगायत कोरियाको दर्जनभन्दा बढी सहरहरूमा प्रदर्शन हुने समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन्।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार ...
९ बैशाख २०८१, आईतवार १३:०२९ बैशाख २०८१, आईतवार १३:०२९ बैशाख २०८१, आईतवार १३:०२ by विशाल श्रेष्ठNo Comments
वास्तविक पीडित को ? ✍️राई ,अध्यक्ष ,सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया
आज भन्दा ४,५ वर्ष अघिको कुराहो
हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि...
९ बैशाख २०८१, आईतवार १२:२५९ बैशाख २०८१, आईतवार १२:२५९ बैशाख २०८१, आईतवार १२:२५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया,दिनेश रावत द्वारा निर्देशित नेपाली कथानक चलचित्र पुजार सार्की यहि आउँदो जुन ९ तारिख आईतवारका दिन सुवन स्थितित FAMILY WOMEN,S HALL (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀 हलमा प्रदर्शन गर्ने भएको छ।
राप्ती समाज दक्षिण कोरिया द्वारा आपत्कालीन राहत कोष स्थापनार्थ यहि मिति २०२४/०६/०९ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २:३० वाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने अध्यक्ष अमृत के सी ले बताउनु भएको हो।
नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारीत फिल्म पुजार सार्की सबै नेपालीले हेर्नै पर्ने चलचित्र हो।
फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहेका छन्। कोरियाका लागि भने अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले प...
९ बैशाख २०८१, आईतवार १२:०७९ बैशाख २०८१, आईतवार १२:०७९ बैशाख २०८१, आईतवार १२:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान र भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमको अवसर पारेर फेन्थेक स्थित THE ROYAL RESTAURANT मा बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शित चलचित्र “महाजात्रा” को हिसाब किताब सार्वजनिक भएको छ।
आपतकालीन रात कोष स्थापनार्थ जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” सउल सो प्रदर्शन गरेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले ७५ लाख १९ हजार ७ वन वचत गरेको हो। चलचित्र प्रदर्शनमा टिकट मार्फत ६५ लाख ७५ हजार वन ,व्यक्तिगत सहयोग मार्फत १३ लाख ७० हजार ८८८ वन , संस्थागत सहयोग मार्फत १३ लाख ५५ हजार वन , कार्यसमितिका पदाधिकारी मार्फत सहयोग २१ लाख ७ हजार ७७५ वन रेमिट र प्राय...
२९ चैत्र २०८०, बिहीबार १२:१६२९ चैत्र २०८०, बिहीबार १२:१६२९ चैत्र २०८०, बिहीबार १२:१६ by विशाल श्रेष्ठNo Comments
सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) का नेता हान दोङ-हुनले संसदीय निर्वाचनमा भएको हारको जिम्मेवारी लिन बिहीवार राजीनामा दिएका छन् ।
बर्तमान राष्ट्रपति युन सुक-योलका विश्वासपात्र हानले डिसेम्बरको अन्त्यदेखि पीपीपीको चुनावी अभियानको नेतृत्व गरिरहेका थिए l तर बुधवार सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन उनि असफल भएका छन l
सत्तारुढ पीपुल पावर पार्टीका अन्तरिम नेता हान दोङ-हुनले बिहिवार पश्चिम सियोलमा रहेको पीपीपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन l राजिनामा घोषणा गर्दै नेता हानले भने "म हाम्रो पार्टीको तर्फबाट जनतासँग माफी चाहन्छु, हामीले जनताको समर्थन प्राप्त गर्न असफल भयौं,"
प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टी (डीपी) ले प्रत्यक्ष प्रतिस्पर्धा गरेको २५४ सिटमध्ये १६१ सिट जितेको छ भने पीपीपीले ९० सिट मात्र जितेको छ । समानुप...