दक्षिण कोरिया,दिनेश रावत द्वारा निर्देशित नेपाली कथानक चलचित्र पुजार सार्की यहि आउँदो जुन ९ तारिख आईतवारका दिन सुवन स्थितित FAMILY WOMEN,S HALL (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀 हलमा प्रदर्शन गर्ने भएको छ।
राप्ती समाज दक्षिण कोरिया द्वारा आपत्कालीन राहत कोष स्थापनार्थ यहि मिति २०२४/०६/०९ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २:३० वाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने अध्यक्ष अमृत के सी ले बताउनु भएको हो।

नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारीत फिल्म पुजार सार्की सबै नेपालीले हेर्नै पर्ने चलचित्र हो।
फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहेका छन्। कोरियाका लागि भने अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले पाएका हो।फिल्मले अहिले सम्मकै ब्लक बास्टर फिल्मको रेकर्ड तोड्न सक्ने कथाबस्तु रहेको निर्माण पक्षले दाबी गरेका छ।दिनेश रावत नेपाली चलचित्र क्षेत्रमा सामाजिक, मनोरञ्जन र अर्गानिक कथा वस्तु लाई पर्दामा ल्याउन सक्ने एक कुशल सफल निर्देशक भने पक्कै हुन्।

हल सम्म पुग्ने तरिका
Adress- (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀) suwon station exit no 9 बाट सिधा अगाडिको 매산시장 bus stop बाट 9, 9-1, 10, 13, 13-4 नम्बर बस प्रयोग गरी 가족여성회관, 이춘택병원, 수원농협 ( FAMILY WOMEN’S HALL) मा झर्ने।









