उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्।
दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो
अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन
उत्तर कोरियाका यी कार्यहरू अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो र दक्षिण कोरियाको जनताको सुरक्षालाई गम्भीर रूपमा खतरामा परेको बताउदै उत्तर कोरियाको बेलुनबाट उत्पन्न हुने सबै जिम्मेवारी उत्तर कोरियाको नै हुने र उत्तर कोरियाले यस्तो अमानवीय र निम्न स्तरका कार्यहरू तत्काल रोक्नु पर्मे एक अधिकारिले औल्याएका छन
यसअघि, २६ तारिखमा उत्तर कोरियाले फोहर र टिस्सु पेपरहरु दक्षिण कोरिया तर्फ उडाइने धम्की दिएको थियो
कोरियामा कहीँ कतै यि र यस्ता चिजहरु देख्नुभयो भने नजिक जाने वा छुने नगर्नुहोला !
हिजोदेखी तपाइँ हाम्रो मोबाइलमा आइरहेको अलर्ट यसैको कारण हो ।
जुन उत्तर कोरियाले बेलुनको सहायताले दक्षिण कोरियामा पठाइरहेको छ ।