विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहँदै आइरहेको छ।
मासिक रूपमा रेमिट्यान्स कम्पनीले विभिन्न स्किम आयोजना गरेर सामाजिक कार्यहरूमा पनि सहकार्य गर्दै आइरहेको छ। दक्षिण कोरियाबाट नेपालमा रकम पठाउँदा बुल्लेट बाइक देखि भेस्पा सम्म पाउने इभेन्ट सञ्चालन गरिसकेको सेन्ट- वी रेमिट्यान्सले गत मार्च महिनामा मात्र नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि जम्मा गरेर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।
यति मात्रै नभएर सेन्ट-वी रेमिट्यान्सले गत डिसेम्बर महिनाको इभेन्ट अन्तर्गत sentBe मार्फत गरेको प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै भूकम्प पीडितलाई नेपाली राजदूतावास सियोलसँगको सहकार्यमा हस्तान्तरण गरेको थियो।
पछिल्लो समय दक्षिण कोरियाको विभिन्न कार्यक्रमहरू र सेन्ट-वी रेमिट्यान्स एकअर्काका परिपूरक झै देखिएको छ। कोरियामा हुने फुट्सल, फुटबल, भलिबल, क्रिकेट प्रतियोगितादेखि लिएर चलचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू लगायत दूतावासको घुम्ती सेवा तथा कोरियामा रहेका F1/F3 भिसा अन्तर्गतका व्यक्तिहरूलाई पढाइ हुने अनलाइन क्लासमा समेत सेन्ट-वी रेमिट्यान्सले रेमिट्यान्स पार्टनरको रुपमा सहयोग गर्दै आइरहेको छ।
कोरियामा विभिन्न रेमिट्यान्स कम्पनीहरूको नाममा ठगीधन्दा भइरहँदा सेन्ट-बी रेमिट्यान्सको भने सेक्युरिटी सिस्टम एकदमै हाई भएको कारण र कुनै पनि नयाँ अकाउन्टमा पहिलोपटक रकम पठाउँदा रेमिट्यान्स बाट डाइरेक्ट कल गरेर डबल भेरिफाई गर्ने हुँदा सेन्ट बी रेमिटेन्स मार्फत भने यस्तो ठगीका घटनाहरु हुने चान्स नहुने सेन्ट-बी रेमिट्यान्सका लागि नेपाली म्यानेजर युविन श्रेष्ठ बताउँछन्।