Advertisement
Advertisement

वास्तविक पीडित को ?✍️ राजु राई

Advertisement
Advertisement

 

वास्तविक पीडित को ? ✍️राई ,अध्यक्ष ,सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया

आज भन्दा ४,५ वर्ष अघिको कुराहो
हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि साहुले बोला न त भनेर त्यो साथिलाई कम्पनीमा बोलाए र मेरै कोठामा बस्ने भयो । मैले साथिलाई राम्रो संग काम गर साहुलाई राम्रो काम गर्छ भनेको छु भने । साथी उठेर हात खुट्टा तन्काउदै पूरा जोसका साथ हस दाजु म काम गर्छु भनेर भन्यो मैलेनी सोचे जे होस् यो साथिले काम गर्ने रहेछ भनेर मन मनै सोचे भोलिपल्ट कम्पनी गैयो साहुलाई भेटाए साहुले त्यही दिन भिसा हान्न लगेर आएर काम सुरु गर्यो । साथिले १ महिना सम्म त राम्रो काम गर्यो साहु पनि खुशि थियो काम बिहान ८ बजे सुरु भएर बेलुकी ८ बजे सकिन्थ्यो साझको खाना ५ बजे नै हुने भएकोले ८ बजे सम्म काम गर्दा बेलुकी भोक लागथ्यो र कोठा आए पछि खाना बनार खाने गरिन्थ्यो । उसले २,३ महिनाको अबदिमा कहिले खान बनाएन मेरो हुदा मैले बनाए खान्थिउ ठिकै थियो ! तलब आउने दिन आयो । हाम्रो तलब 10 तारिख आउथ्यो र तलब पनि आयो । सदा झै गाडिले कोठा छेउमा झार्यो म सरासर कोठा तिर लागि नुहाई सके पछि खाना बनाए खाना पाकी सक्यो साथी आउदैन मैले खाए ११:३० हुदा पनि साथी आएन म ओछ्यानमा ढल्के कोठा १ रुमको थियो किचन टाईलेट संगै भएको म झ्याल छेउ तिर सुथ्ये साथी ढोका तिर पछि 12 बजे पछि साथी हल्लिदै आयो। मैले खाना खाउ भने केही नबोली ओछ्यानमा पल्टियो । सोचे धेरै दिन पछि रक्सी खाएछ खाओस भन्ने सोचे । बत्ति अफ गरेर सुते पछि साथी त ओछ्यान भित्र भुन भुनाको भुनभुनाई गर्छ एकछिन पछि वाक वाक गर्दै ओछ्यान मै बोमिट गर्यो !!!
भरे २,३ बजे तिर निदायो ।
अनि भोलिपल्ट काममा जानलाई समय हुदानि उठदैन साथीलाई जबर्जस्ति उठाएर काममा गैयो । बेलुकी फर्के पछि सम्झाए मैले साहुलाई राम्रो काम गर्छ राम्रो छ भनेर लिएर आएको यसो नगर खादा पनि ठिक्क खाउ , बिदाको बेला मात्र खाउ भने ! अनि साथी जुरुक्क उठेर हुन्छ दाजु हात खुट्टा तन्काउदै म खान्न म सुध्रिए म राम्रो काम गर्छु भन्दै मलाई मख्ख बनायो । पछि प्रती दिन यो कुरा दोहोरिने क्रम बढ्यो । खाएर आउने सुत्ने बेला भुन भुन गर्ने बोमिट गर्ने । १ दिन म खाना साना खाई सुतेको साथी मातेर त्यस्तै टिल्ल भएर आयो दिन,दिन अति भयो । सुतेर मारी भुन भुन गरिरा थियो चुपचाप सुत भाई हल्ला गर भनेर गाली गरे एकछिन चुपचाप लाग्यो फेरि सुरु !!! अति भए पछि १ थपर हानेर चुपलागेर सुत भनेको सुनिनस भनेर गालामा चटकाए अनि केही छिन चुपचाप सुत्यो एकै छिन पछि त झन मलाई कुट्ने तलाई पखन नेपाल गए पछि भनेर कराको कराइ फेरि वक वक गरेर बिहान ३,४ बजे सम्म सुत्न दिएन !!!
भोलिपल्ट काममा नै गएन फुजाङले बोलाएर लिएर आईज भनेर गाडी बाट मलाई पठायो उठाउछु उठदै उठेन ।

बेलुकी कोठा फर्के पछि मुनिको फ्ल्याटमा पोखराको अलि पाको दाई हुनु हुन्थ्यो अनि दाईलाई बोलाएर यसले मलाई टेरेन दिक्क लगायो तपाईलाई टेरछ होला यसलाई तपाईंको कोठाको लानु पर्यो भनेर दाईलाई बल्लतल्ल मनाएर तल पठाए । (त्यो पोखराको दाईको भिसा थिएन) मुनि गए पछि पनि यो क्रम दोहोरिनै रहयो दाईलाई पनि वक्क दिक्क लगायो । बिचरा दाईले उसको लुगाहरु सेथागिमा लगाएर धोईदिने लुगा पट्याएर राखी दिने गर्दिनु हुथ्यो ।
२,३ पटक काममा नगए पछि साहुले अफिसमा लगेर सम्झायो यसो नगर अब तेरो अन्त जाने ठाउँ छैन अब फेरि फेरि पनि यसो गरिस भने म तलाई काममा राख्दिन भन्यो केही बोलेन !
त्यो क्रम प्रती दिन झन झन बढ्दै गयो ।
पछि अति भए पछि दाई र मैले सल्लाह गरेर नेपाल घरमा सम्पर्क गरेर सम्झाउन लगाउने भनेर रक्सी नखाएको बेला फकाएर घरको नम्बर माग्यौ धेरै पछि फकाउदा फकाउदा गरेपछी बहिनिको नम्बर दियो । कार्ड रिचार्ज गरेर बहिनिलाई दाईले कल गर्नु भयो । अनि यो भाई कोरियामा यस्तो यस्तो गर्छ घरमा केही समस्य भएर होकि किन हो भनेर सोधपुछ गर्दा । घरमा आमा र १ बहिनी मात्र रहेछन । बुवा बितेको भन्यो र घर कहिले फोन पनि नगर्ने अहिलेसम्म १ पैसा पनि नपठाएको भनेर बहिनिले भनिन् अनि हामी संग कुरानै गर्दैन भनेर उल्टै गुनासो गरिन ।
पछि खाने छात्ने क्रम झन झन दोहोरी नै रहयो । काममा बार बार नगए पछि साहुले नोदोङबुमा खबर गरेर कम्पनी बाट जा भन्यो ! तलब आएको धेरै दिन बिति सकेको थियो सायद पैसा पनि सकियो होला २ दिन पछि फेरि काममा हामी संगै गाडिमा चढेर गयो साहुले अब हुदैन नोदोङबुमा सिनगो गरि सके भनेर फर्कायो । बेलुकी हामी कोठा फर्के पछि कालो अनुहार बनाउदै दाई अब म खान्न साहुलाई भन्दिनु न काम गर्छु भन्थ्यो । अब हुदैन रे अर्को मान्छे बोलायो भनेर हामिले सुनायो ६,७ दिन सम्म त्यही कोठामा बस्यो हामिले नोदोङ्बु जा त्यहीँ कुरा गर कतै मिलाउछ होला भनेर भन्यो पछि नोदोङ्बु गयो त्यहाँ बाट नेपाल गएर फेरि आउन मिल्छ भनेर फकाएर घर गएछ । पछि त्यो साथिले हामिले गर्दा नेपाल फर्कनु परेको भनेर अरुलाई सुनाएको सुनियो तर वास्तविक भने यस्तो थियो । कोरियामा मैले धेरै ठाँउ देखेको छु रक्सी खाएर ठूलो ठूलो स्वारमा रातभरि कुरा गरेर रुम पाटनरलाई दिक्क लगाएर कुटा कुट भएको ! कोहि रक्सी खाएर काममा जादा तिम्जाङ , छोजाङ हरुले थाहा पाउछ , मेसिनमा पर्छ भनेर साथिहरुले जोगाउदा जोगाउदा गरेको देखेको छु । यस्तो अवस्थामा वास्तविक पीडित को ???
दुई तर्फी कुरै नबुझी अनि कोरियाका समाजसेवीहरुको लामो स्टाटस आउँछ।
ए फलानो तैले अति गरिस ……! पख …..!
समाजसेवीले मिलेर बस्नु ! त्यसो नगर्नु भन्नू त कता हो कता ठाडो चुनौती आउँछ !
ए बा बा देशको अवस्था यस्तो छ । त्यस्तो छ सबैलाई थाहा छ ! एकाद बाहेक परिवार संग टाढा बस्ने रहरले त पक्कै हैन होला उसको पनि त तपाईका जस्तै समस्य , इच्छा ,चाहना होलान् !
तपाईको जस्तै छोराछोरीलाई राम्रै स्कुलमा पढाउने !
छोराछोरीलाई २,४ गाँस राम्रै खुवाउने !
तपाईको जस्तै बुढा बुढी बा, आमा, श्रीमती , छोराछोरी छोरो बाबा बिदेशमा छ भनेर आश गर्दा हुन !

यसो भन्दै गर्दा पुरानो साथिहरुले नयाँ साथीहरूलाई हेप्ने
भिसा नभएको भनेर ठाडो चुनौती दिने
यस्ता साथीहरु प्रती मेरो आपती छ !
परदेशमा सबै मिलेर बसौ एकले अर्कालाई सम्मान गरौ !
एक अर्काको पीडा , मार्का बुझौ !

राजु राई
अध्यक्ष
सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed Insights

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed InsightsIn today's fast-paced digital environment, customer support pla...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×