दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै
दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृतिक आदानप्रदान संघको प्रस्तुतिमा चलचित्र दक्षिण कोरियाको किम्हे र बुसानस्थित देयोनमा प्रदर्शन गर्न लागिएको हो।
आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन आगामी डिसेम्बर ६ तारिख आइतबार किम्हेस्थित CGV सिनेमा हलमा हुनेछ। उक्त दिन दिउँसो १२:३० बजे हल खुल्ने र १ बजेबाट चलचित्र प्रदर्शन सुरु हुनेछ। गिम्हेको CGV सिजिभी सिनेमा हल, 137 Naeoejungang-ro, Gimhae-si, Gyeongsangnam-do — होमप्लसको ठीक अगाडि रहेको उक्त सिनेमा हल होमप्लसको ठीक अगाडि पर्दछ।
त्यसैगरी, दोस्रो प्रदर्शन डिसेम्बर ८ तारिख मंगलबार बुसानको देयोनस्थित CGV सिनेमा हलमा हुनेछ। पोस्टरमा उल्लेख भएअनुसार उक्त दिन बिहान ९:३५ बजे हल खुल्ने र १०:२० बजे चलचित्र सुरु हुनेछ। देयोनस्थित ७३–१५ देयोनदोङ, नामगुमा रहेको सि...









