Advertisement
Advertisement

धर्म सस्कृति

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)   मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भ...
यस वर्षको पहिलो चन्द्र ग्रहण आज

यस वर्षको पहिलो चन्द्र ग्रहण आज

Breaking News, Breaking news 1, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
यस वर्षको पहिलो चन्द्र ग्रहण आज काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । आज चन्द्रमा अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ । त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन्...
वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

धर्म सस्कृति, धर्म/ज्योतिश
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २२ गते शुक्रबार । इश्वी सन २०२३ मे ५ तारीख । वैशाख शुक्लपक्ष पूर्णिमा तिथी स्वाती नक्षत्र सिद्धि योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती,चण्डीपूर्णिमा, गोरखनाथ जयन्ती, वैशाखस्नान समाप्ति, घाटुनृत्य विसर्जन, उभौली पर्व, स्वायास्पुन्ही, बन्दिकापुरमा चण्डेश्वरी रथ यात्रा, रानीगोटवाग भैरव पर्व, ल पु गोटीखेलमा वैतरणीधाम स्नान (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ...
कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कोरियामा पनि साकेला उभौली भव्य मनाईने  विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।   किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...
दाइसँग विवाह, भाइसँग शारीरिक सम्पर्क

दाइसँग विवाह, भाइसँग शारीरिक सम्पर्क

Breaking news 1, अन्तराष्ट्रिय, अपराध, ट्रेन्डिङ, देश, धर्म सस्कृति
  महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए ।       जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् ।     फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृङ्खला सुरु भ...
कोशी नाम विवाद : सरकार र आन्दोलनरत पक्षलाई वार्तामा बस्न माओवादीको आग्रह

कोशी नाम विवाद : सरकार र आन्दोलनरत पक्षलाई वार्तामा बस्न माओवादीको आग्रह

Breaking News, Breaking news 3, जानकारी, धर्म सस्कृति, राजनीति, समाचार
१० चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ । माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ । माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताए । उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे । नाम राख्नु पर्ने बाध्यताका करण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताए ।...
कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, विदेश
  कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री : दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली । माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधार...
हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् । भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे । टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पद...
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न  बिक्रम बज्यू , दक्षिण कोरिया:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन आइतबार सम्पन्न भएको छ। “भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा सम्पन्न भएको चौथो अधिवेशन वाट सोम योन्जन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ।    किम्हे शहरको जि.के.एस हलमा सम्पन्न बुसान साखाको चौथो अधिवेशन वाट सोम योन्जन तामाङको नेतृत्वमा उपाध्यक्षमा धनजित वाईबा , उपाध्यक्षहरूमा धनराज पाख्रिन ,चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा चयन भए महासचिवमा नेत्र वाईबा चयन भए भने सचिवहरूमा जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, सर्मिला तामाङ,छिरिङ लामालाई जिम्मेवारी दिए ।कोषाध्यक्षमा पुष्प मोक्तान , सह-कोषा...
राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा सहयोग हस्तान्तरण 

राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा सहयोग हस्तान्तरण 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, समाचार
राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा रु ४५ हजार सहयोग हस्तान्तरण  विशाल श्रेष्ठ/दक्षिण कोरिया:वरिष्ठ नृत्य निर्देशक, अग्रज कलाकार, तामाङ चलचित्रको जन्मदाता, अभिभावक, गायक, लोकगीत संकलक, अभिनेता तथा वरिष्ठ कला साधक सिन्धुपाल्चोकको मात्र नभई राष्ट्रकै गहना आदरणिय व्यक्तित्व जयनन्द लामा ज्यु को प्रतिमा स्थापनार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले रु ४५ हजार रकम सहयोग हस्तान्तरण गरेको छ। स्व. जयनन्द लामाको वार्षिक पुण्यतिथिको अबसर पारेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पामा बहुआयामिक कलाका धनी स्व.लामाको प्रतिमा निर्माण गर्नको लागि सहयोग स्वरुप सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको संस्थागत तर्फबाट रु.२५००० र सल्लाहकार फुर्वा शेर्पाको अभियानबाट प्राप्त रु.२००६२ (1. Phurba sherpa 50000 won 2. Sanjiv bhandari.50000won ...