कोरियामा पनि साकेला उभौली भव्य मनाईने
विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।
किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...
४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४ by विशाल श्रेष्ठNo Comments
महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए ।
जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् ।
फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृङ्खला सुरु भ...
१० चैत्र २०७९, शुक्रबार १२:३४१० चैत्र २०७९, शुक्रबार १२:३४१० चैत्र २०७९, शुक्रबार १२:३४ by विशाल श्रेष्ठNo Comments
१० चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।
पहिचानको आधारमा नामकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ ।
माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधरलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गरेको छ ।
माओवादी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने बताए । उनले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे ।
नाम राख्नु पर्ने बाध्यताका करण प्रदेशको नाम राखिएको बताउँदै उनले पहिचान पक्षधरको माग सम्वादका आधारमा सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताए ।...
१० चैत्र २०७९, शुक्रबार ०८:१८१० चैत्र २०७९, शुक्रबार ०८:१८१० चैत्र २०७९, शुक्रबार ०८:१८ by विशाल श्रेष्ठNo Comments
कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री :
दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली ।
माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधार...
३० फाल्गुन २०७९, मंगलवार ११:४४३० फाल्गुन २०७९, मंगलवार ११:४४३० फाल्गुन २०७९, मंगलवार ११:४४ by विशाल श्रेष्ठNo Comments
एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् ।
लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् ।
भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे ।
टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पद...
२९ फाल्गुन २०७९, सोमबार ११:५९२९ फाल्गुन २०७९, सोमबार ११:५९२९ फाल्गुन २०७९, सोमबार ११:५९ by विशाल श्रेष्ठNo Comments
घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन सम्पन्न
बिक्रम बज्यू , दक्षिण कोरिया:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङ्सान बुसान शाखाको चौथौ अधिबेशन आइतबार सम्पन्न भएको छ। “भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा सम्पन्न भएको चौथो अधिवेशन वाट सोम योन्जन सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ।
किम्हे शहरको जि.के.एस हलमा सम्पन्न बुसान साखाको चौथो अधिवेशन वाट सोम योन्जन तामाङको नेतृत्वमा उपाध्यक्षमा धनजित वाईबा , उपाध्यक्षहरूमा धनराज पाख्रिन ,चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा चयन भए महासचिवमा नेत्र वाईबा चयन भए भने सचिवहरूमा जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, सर्मिला तामाङ,छिरिङ लामालाई जिम्मेवारी दिए ।कोषाध्यक्षमा पुष्प मोक्तान , सह-कोषा...
१८ फाल्गुन २०७९, बिहीबार १०:०६१८ फाल्गुन २०७९, बिहीबार १०:०६१८ फाल्गुन २०७९, बिहीबार १०:०६ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा रु ४५ हजार सहयोग हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया:वरिष्ठ नृत्य निर्देशक, अग्रज कलाकार, तामाङ चलचित्रको जन्मदाता, अभिभावक, गायक, लोकगीत संकलक, अभिनेता तथा वरिष्ठ कला साधक सिन्धुपाल्चोकको मात्र नभई राष्ट्रकै गहना आदरणिय व्यक्तित्व जयनन्द लामा ज्यु को प्रतिमा स्थापनार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले रु ४५ हजार रकम सहयोग हस्तान्तरण गरेको छ।
स्व. जयनन्द लामाको वार्षिक पुण्यतिथिको अबसर पारेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पामा बहुआयामिक कलाका धनी स्व.लामाको प्रतिमा निर्माण गर्नको लागि सहयोग स्वरुप सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको संस्थागत तर्फबाट रु.२५००० र सल्लाहकार फुर्वा शेर्पाको अभियानबाट प्राप्त रु.२००६२ (1. Phurba sherpa 50000 won 2. Sanjiv bhandari.50000won ...
८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५८ फाल्गुन २०७९, सोमबार १४:१५ by विशाल श्रेष्ठNo Comments
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ।
शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो।
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
४ फाल्गुन २०७९, बिहीबार ११:१८४ फाल्गुन २०७९, बिहीबार ११:१८४ फाल्गुन २०७९, बिहीबार ११:१८ by विशाल श्रेष्ठNo Comments
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ ।
विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।...
४ फाल्गुन २०७९, बिहीबार ०९:०३४ फाल्गुन २०७९, बिहीबार ०९:०३४ फाल्गुन २०७९, बिहीबार ०९:०३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरियाले महाशिवरात्रिको अवसरमा रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको छ।
"पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा महा शिवरात्रीको पावन अवसर पारी यही मिति सन २०२३ फेब्रुअरी १८ तारिक शनिबारका दिन बिहान ११ बजे देखि ३ बजेसम्म रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको हो।
परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स"ले पूर्वीय...