Advertisement
Advertisement

Breaking News

“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २६/२७ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को दशौ महाअधिवेशनको लागि “अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै अध्यक्ष पदमा मा हालका उपाध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिएका छन्। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७) का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टरा...
NRNA बुसान साखाको छैटौं अधिवेशनमा निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप, बिबादै बिबाद बिच अधिवेशन सम्पन्न

NRNA बुसान साखाको छैटौं अधिवेशनमा निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप, बिबादै बिबाद बिच अधिवेशन सम्पन्न

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको आइतबार किम्हेमा भएको छैठौँ ऐतिहासिक अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शिबराज केसिले निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप‌ लगाएका छन् । NRNA दक्षिण कोरिया‌ केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा भएको थियो। अधिवेशनको सुरुदेखि नै विवाद बाट सुरु भएको कार्यक्रम बन्द सत्र सकिँदासम्म पनि विवादमै टुङ्गिएको थियो। अधिवेशन सुरु गर्नु अगाडि नै प्रमुख अतिथिको विषयलाई लिएर कार्यक्रम सञ्चालन गर्न ढिला भएको थियो। बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरिया‌ केन्द्रबाट अध्यक्ष अथवा वरिष्ठ उपाध्यक्ष प्रमुख अतिथि आउने भनिएकोमा केन्द्रले केन्द्रीय सदस्...
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम”  जुलाइ २७ मा गर्दै

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” जुलाइ २७ मा गर्दै

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम”  जुलाइ २७ मा गर्दै विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले जुलाई २७ तारिखका दिन सउलमा “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” आयोजना गर्नेभएको छ। आदिवासी जनजाति संघसंस्थाहरूको छाता संगठन आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धान लेख रचनाहरूको संग्रह “आदिवासी जर्नल एवं स्मारिका २०२५” यही जुलाई २७ तारिख आइतबारका दिन मध्यान्न १२ बजे दोङ्देमुनिस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा विमोचन गर्नेभएको हो। नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न साथै आदिवासी जनजाति...
नेपाली ‘पेम्बा शेर्पा’ बनेर कोरियाली ह्याकरले अमेरिकी कम्पनी लुटे 

नेपाली ‘पेम्बा शेर्पा’ बनेर कोरियाली ह्याकरले अमेरिकी कम्पनी लुटे 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
एक उत्तर कोरियाली नागरिकले आफूलाई नेपाली “पेम्बा शेर्पा” भनेर चिनाउँदै ठूलो रकम हत्याएका छन। अमेरिकी ब्लकचेन कम्पनी Starter Labs मा CTO को पदमा पुगेर करिब २८ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको ठ, गी गरेको पाइएको हो।  उनले २० महिनासम्म झूटो परिचयमा काम गरेर कम्पनीको डिजिटल वालेट नियन्त्रणमा लिएर रकम निकालेका थिए।  एफबीआईले उनलाई उत्तर कोरियाली साइबर समूहसँग सम्बन्धित मानेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
कोरियामा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” गोल्ड सहित ३ मेडल जित्न सफल राजु नेपाली

कोरियामा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” गोल्ड सहित ३ मेडल जित्न सफल राजु नेपाली

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: ICN को आयोजनामा शनिबार कोरियाको सउलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION”मा नेपाली खेलाडी राजु नेपालीले १ गोल्ड सहित ३ मेडल जित्न सफल भएको छ।  गत शनिबार १९ तारिखका दिन सउलस्थित साइन्स एण्ड टेक्नोलोजीको हलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” मा राजु नेपालीले क्लासिक फिजिकमा गोल्ड मेडल,क्लासिक फिजिक ओपनमा चौथो र मेन्स फिजिक first timer मा सिल्भर मेडल जित्न सफल भएका हुन्। दाङ तुल्सीपुर घरभइ विगत सात वर्षदेखि दक्षिण कोरियाको छन्जुमा कार्यरत राजु नेपाली आफ्नो १२ घण्टाको ड्युटी सकाए पश्चात पनि जिम,व्यायाम गर्दै अन्तर्राष्ट्रिय स्टेजमा नेपाललाई चिनाउन सफल भएको छ। प्रतियोगितामा तीनवटा क्याटेगोरीमा भिडेका नेपालीले तीनवटै क्याटेगोरीमा मेडल जित्न सफल भएका हुन्।...
विपिन गुरुङ अध्यक्ष रहेको (NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ मा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक गर्दै

विपिन गुरुङ अध्यक्ष रहेको (NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ मा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक गर्दै

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले यहि जुलाई २६ तारिखका दिन सउलमा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक कार्यक्रम गर्ने भएको छ। दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली समुदायबीच बृहत् अन्तरक्रिया गरि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नका लागि:(NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ तारिख शनिबारका दिन दिउँसो ३ बजे दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गर्ने भएको हो। कार्यक्रम संघको पछिल्लो अवस्था, वैधानिकता, तथा समाजमा फैलिएको विभिन्न भ्रमलाई चिर्न तथा स्पष्ट पार्नका लागि आयोजना गरिएको आयोजकले जनाएको छ। समाजका विभिन्न सम्मानित व्यक्तित्व, एनआरएन अभियन्ता तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सत्य, विधि र संघको वैधानिक पक्ष प्रस्तुत गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ समेत ...
नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनबाट अन्जन थापा मगर नेतृत्वको कार्यसमिति चयन 

नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनबाट अन्जन थापा मगर नेतृत्वको कार्यसमिति चयन 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:दक्षिण कोरिया स्थित मगर समुदायको गौरवमय संस्था नेपाल मगर संघको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई २० तारिक सम्पन्न सो अधिवेशनबाट अन्जन थापा मगर अध्यक्ष रहने गरि ३१ दस्यीय संरचनाको तेह्रौं कार्यसमिति गठन भएको हो ।  संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष बिसन राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संघका केन्द्रीय उपाध्यक्ष अन्जान थापा मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा महासचिव केशर राना मगरले प्रगति विवरण र कोषाध्यक्ष दिल बलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बिसन राईले हरेक जनजाती संघसंस्थाले आफ्नो जातीय अस्तित्व संरक्षण र जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आव...
अगष्ट ३ मा “सुर्खेत समाज दक्षिण कोरियाको दशौं अधिवेशन” हुने 

अगष्ट ३ मा “सुर्खेत समाज दक्षिण कोरियाको दशौं अधिवेशन” हुने 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा कार्यरत सुर्खेतीहरुको साझा संस्था सुर्खेत समाजको दशौं अधिवेशन यही आउँदो अगष्ट ३ तारिक आइतबार हुने भएको छ । अधिवेशन फेन्तेक स्थित (평택시 평택동 60-14 (평택1로9번길 27) 3층 (सुर्खेती आवास गृह))को हलमा बिहान १० बजे देखि सुरु हुनेछ । सुर्खेत समाजको "सबैलाई माया र सम्मान, प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने नाराको साथ सन् २०१३ मा स्थापित सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको र यसपटक आवास गृह (सेल्टर) अवधारणा सहित सामाजिक सेवामा संस्था अझ कटिबद्ध रहेको समाजका अध्यक्ष पुष्कर बुढाथोकीले प्रष्टयाए ।  सुर्खेत समाज दक्षिण कोरियाको दशौं अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउन विभिन्न पेशा, व्यवसायमा आबद्ध सम्पूर्ण सुर्खेतेली दाजुभाई तथा दिदीबहिनीहरुलाई सह...
चलचित्र महाभोज ‘छोनन् शो’ जुलाई २० मा’विशेष प्रदर्शन हुँदै 

चलचित्र महाभोज ‘छोनन् शो’ जुलाई २० मा’विशेष प्रदर्शन हुँदै 

Breaking News, जानकारी, भर्खरै, समाचार
SUWON NFC को आयोजनामा, बहुप्रतिक्षित नेपाली सामाजिक चलचित्र “महाभोज” को विशेष प्रदर्शन कार्यक्रम छोनन् सहरमा हुने भएको छ। चलचित्र सनमुन विश्वविद्यालयको मानव शास्त्रको बिल्डिङको हलमा (선문대학교 인문관 B101호 (Sunmoon University, Humanities Building Room B101) प्रदर्शन गरिने भएको छ। भने टिकट मूल्य २०,००० वोन तोकिएको छ। निर्देशक दिनेश राउत र निर्माता हिमाल द्वारा निर्मित ‘महाभोज’ नेपाली समाजमा फैलिएको सहकारी संकट तथा पीडितको कथावस्तु राजनीतिक भ्रष्टाचार,अहिलेको विकराल समस्यामा आधारित तातो घटना-परिघटनाको कथामा बोल्ने वर्गीय विभाजन र सामाजिक अन्यायमाथि आधारित कथामा निर्मित चलचित्र हो। यस चलचित्रका प्रमुख कलाकार दयाहाङ राई,आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ। कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिन...
अगस्ट २ तारिख बुसानमा “समर नाइट डान्स पार्टी” हुदै 

अगस्ट २ तारिख बुसानमा “समर नाइट डान्स पार्टी” हुदै 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको बुसानमा गर्मी को अवसर पारी अगस्ट २ तारिख ख्याङनाम गाइजको आयोजनामा समर नाइट डान्स पार्टी आयोजना हुने भएको छ।  दक्षिण कोरियाको गर्मी बिदा भन्नासाथ सबैभन्दा पहिले आउने नाम हो बुसान। गर्मी बिदा हुनासाथ दक्षिण कोरियामा रहेका नेपालीहरूको गन्तव्य स्थान विशेषगरी बुसानलाई टार्गेट गरिरहेका हुन्छन् सोही अवसरलाई मध्यनजर गर्दै ख्याङनाम गाइजले अगस्ट २ तारिख शनिबार पृथक खालको समर डान्स पार्टी आयोजना गर्नेभएको छ। कोरियामा रहेको नेपाली चर्चित र्यापर दोर्जे जोजो, र्‍यापर GEN-Z को साथमा DJ SBD को धमाकेदार प्रस्तुतिको रहने कार्यक्रमको प्रवेश शुल्क २० हजार कोरियनन तोकिएको छ। कोरियामा रहेको टाइसन राजु इन्चार्ज रहेको नेपाली सेक्युरिटी ग्रुप सेभेन स्टार बाउन्सर ग्रुपले सुरक्षाको जिम्मा लिएको समर नाइट डान्स पार्टी शनिबार राति ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने कार्यक्...