Advertisement
Advertisement

नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनबाट अन्जन थापा मगर नेतृत्वको कार्यसमिति चयन 

Advertisement
Advertisement

बोम्जन गुरुङ:दक्षिण कोरिया स्थित मगर समुदायको गौरवमय संस्था नेपाल मगर संघको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई २० तारिक सम्पन्न सो अधिवेशनबाट अन्जन थापा मगर अध्यक्ष रहने गरि ३१ दस्यीय संरचनाको तेह्रौं कार्यसमिति गठन भएको हो । 

संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष बिसन राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संघका केन्द्रीय उपाध्यक्ष अन्जान थापा मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा महासचिव केशर राना मगरले प्रगति विवरण र कोषाध्यक्ष दिल बलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बिसन राईले हरेक जनजाती संघसंस्थाले आफ्नो जातीय अस्तित्व संरक्षण र जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाल मगर संघले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा प्रशंसा गरे । संस्थाले आयोजना गर्ने सामाजिक कार्य र मगर समुदायको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा अधिवेशन अवधिसम्म टेवा पुर्याउने सहयोगी संघसंस्था र व्यक्तित्वहरुमा केन्द्रीय अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष तुल घर्ती मगरले धन्यवाद व्यक्त गरेका थिए । सो कार्यक्रममा अन्य संघ संस्थाबाट पनि उल्लेख्य उपस्थिति रहेको सो समारोहमा नेपाल मगर संघको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत नबिन कला मगरको संयोजकत्वमा मिना थापा मगर, टेक पुन मगर, चन्द्रा राना मगर र दयाराम राना मगरको सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा अन्जन थापा मगर (गोरखा) , वरिष्ठ उपाध्यक्ष विजय थापा मगर (स्याङ्जा), महिला उपाध्यक्ष गायत्री थापा मगर (धादिङ) उपाध्यक्षहरुमा दीप थापा मगर (क्षेत्रीय शाखा), भाषिक उपाध्यक्ष (ढुट) दिल बलामी मगर (बागलुङ), भाषिक उपाध्यक्ष (खाम) कृष्ण पुन मगर (दाङ), भाषिक उपाध्यक्ष (काइके) बीरेन्द्र राहु मगर (प्युठान) चयन भएका छन् भने महासचिवमा पि.एम. ग्यामी मगर (पाँचथर), सचिवहरुमा मिलन थापा मगर (पाल्पा), पूर्ण बहादुर पुन मगर (रोल्पा) र तिल्ता मगर (पाल्पा) साथै कोषाध्यक्ष दल बहादुर थापा मगर (बागलुङ), सहकोषाध्यक्ष खिल बहादुर सारु मगर (पाल्पा) चयन भएका छन् भने सदस्यहरुमा होम बहादुर थापा मगर (कपिलवस्तु), अमृत आले मगर (धादिङ), खगेन्द्र बहादुर चुहान मगर (सुर्खेत), निर्मल घर्ती मगर (दाङ), बल बहादुर थापा मगर (गुल्मी), सरला मगर (स्याङ्जा), क्षितिज सुस्लिङ (महोत्तरी), गिरी थापा मगर (पाल्पा), धीरज लुङ्गेली मगर (संखुवासभा), एस. बी. राना मगर (स्याङ्जा), मिन आले मगर (महोत्तरी), मन बुढा मगर (रोल्पा), अञ्जली आले मगर (तनहुँ), सूर्य झेडी मगर (तनहुँ), आकाश थापा मगर (स्याङ्जा), यानु पुन मगर (म्याग्दी), उषा राना मगर (नवलपरासी) र बसन्त थापा मगर (स्याङ्जा) रहने गरी तेह्रौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा संस्थाका महासचिव केशर राना मगर र बन्द सत्रमा टेक पुन मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर अधिवेशन सफल बनाउन कार्यक्रममा उपस्थित जनाउनुहुने प्रमुख अतिथि, विभिन्न संघसंस्थाका अतिथिहरु, सउल आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक संस्था एवं संस्था सम्बद्ध व्यक्तित्वहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा नेपाल। मगर संघ दक्षिण कोरियाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×