Advertisement
Advertisement

“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २६/२७ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को दशौ महाअधिवेशनको लागि “अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै अध्यक्ष पदमा मा हालका उपाध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिएका छन्।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७) का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टराईले एनआरएनए लाई एक स्वतन्त्र संस्थाको झल्को दिने गरि काम गर्नु मुख्य रहेको बताएका छन ।

“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै उम्मेदवारी घोषणा गरेका भट्टराईले विद्यार्थी भिषामा दक्षिण कोरिया आइ चर्चित विश्वविद्यालय बाट स्नातकोत्तर सम्मको अध्ययन गरेका छन ।कोरियामा बिगत १५ बर्षदेखी बसोबास गर्दै आएका हरि भट्टराईले हाल कोरियाको छनबुक बैंक मार्फत बित्तिय सेवा प्रदान गर्दै आएका छन भने छनबुक बैंकमार्फत जोडिएर नेपालिहरुले गर्ने हरेक सामाजिक कार्यमा सहयोग पुर्याउदै आएका छन ।

तपाई हामीसॅग NRNA प्रति धेरै अनुत्तरित प्रश्नहरु छन, सहि समयमा सहि नेतृत्वको छनोटले पनि त्यस्ता प्रश्नहरुको उत्तर खोज्न सहयोग पुर्याउने गर्दछ त्यसकारण एकपटक आफुलाइ सहयोग गरेर त्यो ठाउमा पुर्याउने जिम्मा दक्षिण कोरिया बासि नेपाली हरुको भन्दै भट्टराईले पाकाहरुको अनुभव, विज्ञहररुको सल्लाह,युवाहरुको जोस, स्वतन्त्र सोच सहित काम गर्ने वाचा दिलाउदै चुनावि मैदानमा होमिएका छन्।कोरियाकोसम्पुर्ण कार्यहरुमा सधैंव अग्र स्थानमा रहेर सहयोग गर्ने हरि भट्टराई दक्षिण कोरियाको आउँदै गरेको एन आर एन ए को अधिवेशनबाट अध्यक्ष भएर कोरियामा हुने गरेका र आफुले गर्न सक्ने थप सामाजिक कार्यमा लाग्ने बताएका छन ।
एकता र समन्वयमा जोड दिने र NRNA कार्डको प्रभावकारिता बढाउने लगायत ९ बुदे प्रतिबद्धताका साथ;
अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद भट्टराईले निम्नानुसार प्रतिबद्धता जनाएका छन्:

एकता र समन्वयमा जोडः कोरियामा विगतदेखि देखिदै आएका बिभाजन र समुहगत स्वार्थलाई अन्त्य गरी एकताबद्ध गर्दै सबै नेपालीलाई समेट्‌ने सबल, समाबेसी र साझा मञ्च निर्माणमा पहल गर्न ।

ड्राईभिङ लाइसेन्स परीक्षा नेपाली भाषामाः कोरियामा अन्य देशका भाषाहरुमा पनि परिक्षा हुने गरेकाले नेपाली भाषामा पनि ड्राईभिङ् लाईसेन्स परिक्षा सञ्चालन गर्न पहल गर्ने ।

NRNA कार्डको प्रभावकारिताः NRNA कार्डलाई पहिचानको रुपमा मात्र प्रयोग नगरि दक्षिण कोरिया र नेपालमा पनि बिभिन्न सरकारी तथा अन्य सेवा सुबिधाहरु उपयोग गर्न मिल्ने बनाउन पहल गर्ने ।

नेपालमा लगानी, पर्यटन र सीप भित्र्याउनेः दक्षिण कोरियामा रहेका श्रमिकहरुलाई उद्दमशीलता विकास
तालिम, सीप प्रवर्द्धन तालिम र व्यवसाय सञ्चालन तालिम प्रदान गरी स्वदेश फिर्ता भएपछि नेपालमै स्वरोजगार हुने वातावरण बनाउन

समस्या समाधानका लागि समन्वयः कोरियामा बढ्‌दो नेपालीहरूको संख्यासंगसगै समस्यालाई सम्बोधन गर्न यहाका स्थानिय निकाय तथा नेपाल सरकारका सरोकारवाला निकायहरुसग सहकार्य गर्दै, व्यावहारिक समाधानको खोजी गर्न ।

कोरिया-नेपाल सम्बन्ध प्रगाढ बनाउने कार्यक्रमः कोरियाका विश्वविद्यालयहरूमा प्राध्यापन, अनुसन्धान, अध्ययन र कार्यरत नेपालीहरुसग सहकार्य गर्दै NRNA को साझेदारीमा कोरिया-नेपाल सम्बन्ध विस्तार गर्ने विशेष कार्यक्रमको आयोजना गर्न।

साझा सांस्कृतिक घर निर्माणः कोरियामा सबै नेपालीहरुले गर्व गर्न लायकको साझा नेपाली सांस्कृतिक घर निर्माणको लागि सम्बन्धित क्षेत्रमा समन्वयन गर्दै पहल गर्न ।

श्रमिकहरुको समस्या समाधानार्थ पहलः कोरियामा बढ्‌दो श्रमिक समस्यालाई मध्य नजर गर्दै समस्या समाधानार्थ सम्वन्धि निकाय वा क्षेत्रसंगको समन्वयन मार्फत श्रमिकहरुलाई साथ दिन ।

सञ्चार क्षेत्रमा पहुँच बिस्तारः दक्षिण कोरियाको बिभिन्न रेडिया तथा टेलिभिजनमा नेपाली भाषाका कार्यक्रम सञ्चालन तथा प्रसारणमा पहल गर्न ।

श्रमिकहरुको समस्या समाधानार्थ पहलः कोरियामा बढ्‌दो श्रमिक समस्यालाई मध्य नजर गर्दै समस्या समाधानार्थ सम्वन्धि निकाय वा क्षेत्रसंगको समन्वयन मार्फत श्रमिकहरुलाई साथ दिन ।

एकता र समन्वयमा जोड दिने र NRNA कार्डको प्रभावकारिता बढाउने लगायत ९ बुदे प्रतिबद्धताका साथ;हरिप्रसाद भट्टराईको अध्यक्षमा बलियो उम्मेदवारी

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×