प्रवासमा छरिएर रहेका सिन्धुपाल्चोकबासीलाई एउटै सूत्रमा बाँध्ने अभियान
दक्षिण कोरियामा रहनुभएका सिन्धुपाल्चोक जिल्लाबासीहरूमाझ एकता, आत्मीयता र सहकार्यको सेतु बन्ने उद्देश्यसहित सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले बृहत् तथ्याङ्क संकलन सुरु गरेको छ।
“आपसी सद्भाव, सहयोग र सदाचार — सिन्धुपाल्चोकबासीको मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको समाजले, पछिल्लो समय प्रवासमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूमाझ नाता चिनाउने मात्र होइन, साथ दिने माहोल बनाउने अभियान अघि सारेको हो।
अब कोरियामा जुनसुकै भिजामा हुनुहुन्छ – अध्ययन, रोजगारी वा व्यवसाय — सिन्धुपाल्चोक जिल्लाबाट आउनुभएको छ भने, तपाईं यो अभियानको हिस्सा बन्न सक्नुहुन्छ।
🧭 किन आवश्यक छ यो अभियान?
कोरियामा रहेको सिन्धुपाल्चोकबासी अरुको तथ्याङ्क सङ्कलन २०२५ को मुख्य उद्देश्यहरु निम्न प्रकार रहेका छन्।
१, कोरियाम...
१३ श्रावण २०८२, सोमबार १३:३७१३ श्रावण २०८२, सोमबार १३:३७१३ श्रावण २०८२, सोमबार १३:३७ by एलिनाNo Comments
कोरियाको किम्हेमा रहेर नेपाली महिलाहरूको आवाज बन्दै अघि बढिरहेको संस्था सिस्टरहुड कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ।
जुलाई २७ मा न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट विष्णु पाण्डेय पुनः अध्यक्षमा चयन हुँदै १२ सदस्यीय तेस्रो कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा सरिता बरुवाल, उपाध्यक्षहरूमा रोजा गुरुङ र शान रायमाझी, सचिवमा स्मृति अधिकारी, सह–सचिवमा एलिजा क्षेत्री, कोषाध्यक्षमा रमा शर्मा (अधिकारी), सह–कोषाध्यक्षमा शोभा दुलाल, र सदस्यहरूमा राधा गुरुङ, ममिता तिम्सिना, रिनि राई र पनिका गुरुङ रहेका छन्।
“Together We Can” भन्ने नारासहित सन् २०१८ मा स्थापना भएको सिस्टरहुड कोरियाले कोरियाको बुसान, किम्हे, मासान, छाङ्वनलगायत क्षेत्रमा रहेका नेपाली महिलाहरूलाई संगठित गर्दै सामाजिक, साँस्कृतिक र परोपकारी क्षेत्रमा नि...
१३ श्रावण २०८२, सोमबार ११:३६१३ श्रावण २०८२, सोमबार ११:३६१३ श्रावण २०८२, सोमबार ११:३६ by एलिनाNo Comments
विशाल आवाज : कोरियाको सुनछनमा फेरि एकपटक नेपाली क्रिकेटले माहोल तताउने तयारीमा छ। आउँदो २०२५ अगस्ट ३ मा Himalayan Tigers को आयोजनामा हुने Suncheon Cup 2025 लाई लिएर अहिले उत्साह चरममा पुगेको छ।
नेपाली क्रिकेटप्रेमीहरूका लागि यो केवल खेल होइन, भेटघाट, भाइचारा, र आफ्नो समुदायप्रतिको गर्व प्रदर्शन गर्ने मंच पनि हो। प्रतियोगितामा पहिलो हुने टिमलाई २० लाख वोनसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले १० लाख वोनसहित ट्रफी र मेडल पाउनेछ। साथै, म्यान अफ द म्याच र म्यान अफ द टुर्नामेन्टलाई पनि ट्रफीले सम्मान गरिनेछ।
खेल १० ओभरको हुनेछ र नकआउट आधारमा सञ्चालन गरिनेछ। खेलमा एलबिडब्लु (LBW) र पावरप्ले लागू हुनेछ भने हार्ड टेनिस बल प्रयोग गरिनेछ। खेलाडीहरू अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्नेछ र सबैले जर्सी लगाएर खेलमा उपस्थित हुनुपर्नेछ। मैदानभित्र धूम्रपान तथा मध्यपान कडाइका साथ निष...
१३ श्रावण २०८२, सोमबार ०८:१९१३ श्रावण २०८२, सोमबार ०८:१९१३ श्रावण २०८२, सोमबार ०८:१९ by एलिनाNo Comments
अब दक्षिण कोरियामा सामान किन्दा नगद वा कार्ड नचलिए पनि हुन्छ। केवल अनुहार देखाएरै पैसा तिर्न मिल्ने सुविधा फैलिँदैछ।
यो प्रविधिलाई “Pay by Face” भनिन्छ। यसमा तपाईंले कार्ड, मोबाइल, वा QR को आवश्यकता पर्दैन — क्यामेराले तपाईंको अनुहार चिन्न्छ र भुक्तानी सकिन्छ।
सुरुमा Shinhan Card ले सन् २०१९ मा आफ्नै अफिसको क्यान्टिन र केही क्याफेहरूमा यो सेवा सुरू गरेको थियो। पछि यो विश्वविद्यालय र सुपरमार्केट हरूमा पनि विस्तार गरिएको थियो। तर, पहिले अनुहार दर्ता गर्न बैंक जानुपर्ने झण्झट र गोपनीयता (प्राइभेसी) को डरले धेरैले यो प्रयोग गरेनन्।
तर अहिले भने Naver Pay र Toss जस्ता ठूला मोबाइल एपहरूले यो सेवा दिन थालेका छन्। अब एपमै अनुहार दर्ता गर्न मिल्ने भएकोले प्रयोग गर्न सजिलो भएको छ।
यो सेवा अहिले जसले प्रविधि मन पराउँछन्, खासगरी युवाहरू माझ लोकप्रिय बन्दैछ।
अब कोरियामा बस्ने हामी नेपाली...
१३ श्रावण २०८२, सोमबार ०५:४९१३ श्रावण २०८२, सोमबार ०५:४९१३ श्रावण २०८२, सोमबार ०५:४९ by एलिनाNo Comments
थेसो, दक्षिण कोरिया —
घरपरिवारदेखि टाढा, परदेशी भूमिमा पसिना बगाउने नेपाली चेलीहरूको भावना बोकेको नयाँ तीज गीत “मेरो त देशै माइती भयो” सार्वजनिक भएको छ। दक्षिण कोरियाको थेसोमा छायांकन गरिएको यस गीतले प्रवासी जीवनको वास्तविकता र तीज पर्वप्रतिको आत्मीय सम्बन्धलाई मार्मिक शैलीमा उतारेको छ।
गीतका सर्जक दिवस तिवारी हुन्, जसले शब्द र संगीत दुवै भरेका छन्। पूर्णकला बिसीको भावनात्मक स्वरले गीतलाई थप सजीव बनाएको छ। एरेन्जर रमेश सेन्चुरी, रेकर्डिङ/मिक्सिङमा सुरज भुसालको योगदान छ।
दृश्य प्रस्तुतिमा निर्देशक सोनम पराजुलीले संवेदना मिसिएको कथा प्रस्तुत गरेका छन्। भिडियोमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय छ भने निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले लोकभावमा सजिएको नृत्य प्रस्तुत गरेका छन्। समग्र व्यवस्थापन जनक भट्टराईले सम्हालेका छन्।
गीत Bharat Chettri युट्युब च्यानलबाट सार्...
१३ श्रावण २०८२, सोमबार ०५:४४१३ श्रावण २०८२, सोमबार ०५:४४१३ श्रावण २०८२, सोमबार ०५:४४ by एलिनाNo Comments
सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सुदूरपश्चिम समाज, दक्षिण कोरियाबीच दुई वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार, सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरूमा संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। यस क्रममा निसर्ग अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली खटाउनेछ भने, सुदूरपश्चिम समाज, कोरियाले स्थानीय व्यवस्थापन तथा समन्वयमा सहजीकरण गर्नेछ।
स्वास्थ्य शिविर बाहेक, सहकार्य अन्तर्गत प्रत्येक महिनाको नियमित रूपमा भर्चुअल स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइनेछ। सुदूरपश्चिम समाजको आधिकारिक फेसबुक पेज तथा अन्य डिजिटल माध्यममार्फत प्रदान गरिने यो सेवामार्फत बालरोग, स्त्रीरोग, छालारोग, मानसिक रोग तथा मुटुरोग सम्बन्धी परामर्श अनुभवी चिकित्सकहरूसँग लि...
१३ श्रावण २०८२, सोमबार ०३:४११३ श्रावण २०८२, सोमबार ०३:४११३ श्रावण २०८२, सोमबार ०३:४१ by एलिनाNo Comments
किम्पो (दक्षिण कोरिया),—दक्षिण कोरियाको ख्यङ्गी प्रान्तस्थित किम्पो सहरमा म्यानमारका एक २४ वर्षीय आप्रवासी श्रमिकको रात्रि सिफ्टपछि अकस्मात मृत्यु भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका ती श्रमिकको पोष्टमार्टम नगरी प्रहरीद्वारा घटनाको अनुसन्धान बन्द गरिएपछि स्थानीय र श्रमिक सहायता संस्थाहरूबाट तीव्र आलोचना सुरु भएको छ।
प्राप्त विवरणअनुसार, ती श्रमिकको मृत्यु जुलाई १८ तारिख राति ९:०६ बजे किम्पोस्थित एक अस्पतालमा भएको हो। उनी सन् २०२३ मा ई–९ भिसा प्रणाली अन्तर्गत कोरिया आएका थिए र सामान्यत: स्वस्थ थिए। मृत्यु हुनुअघि उनी कारखानामा रात्रि सिफ्टमा काम गरेर अत्यधिक थकान महसुस गरिरहेका थिए। सोही दिन बिहान उनले स्थानीय क्लिनिकमा गएर भिटामिन इन्जेक्सन समेत लिएका थिए।
तर, दिउँसोसम्म उनको स्वास्थ्यमा सुधार आएन। टाउको दुख्ने गुनासो रहिरहेकै अवस्थामा उनी अस्पताल जाँदै ...
१२ श्रावण २०८२, आईतवार ०२:२२१२ श्रावण २०८२, आईतवार ०२:२२१२ श्रावण २०८२, आईतवार ०२:२२ by विशाल श्रेष्ठNo Comments
सन् २०१८ मा अध्ययनको लक्ष्यसहित दक्षिण कोरिया पुगेकी धनगढीकी हेमलता शर्माले नेपाली युवापुस्तालाई गर्व गर्न लायक उपलब्धि हात पार्दै कोरियाको प्रतिष्ठित ‘सिन्हान बैंक’को केन्द्रीय कार्यालयमा ‘सहायक म्यानेजर’ पदमा नियुक्त भएकी छन्।
सानैदेखि सपनाहरू बोकेर अघि बढेकी हेमलता कोरियाको कठोर शिक्षा प्रणाली, भाषिक अवरोध, सांस्कृतिक भिन्नता र जीवन यापनको चुनौतीबीच पनि निरन्तर संघर्ष र लगनशीलताको उदाहरण बनिन्। शतप्रतिशत छात्रवृत्तिसहित उनले क्युङदोङ विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक अध्ययन पूरा गरिन्। त्यसक्रममा उनले हप्ताको पाँच दिन, दैनिक पाँच घण्टा कक्षासँगै काम गर्नुपरेको र घरबाटको अपेक्षाले मानसिक दबाबसमेत खेप्नुपरेको स्मरण गर्छिन्।
स्नातकपछि उनले ‘विश्वव्यापी संस्कृति उद्योग व्यवस्थापन’ मा स्नातकोत्तर (Master’s) अध्ययन सकिन्। अहिले उनी कोरियाली सरकारद्वारा सञ्चालित आप्रवासन तथा एकीक...
१२ श्रावण २०८२, आईतवार ०१:३४१२ श्रावण २०८२, आईतवार ०१:३४१२ श्रावण २०८२, आईतवार ०१:३४ by विशाल श्रेष्ठNo Comments
बुद्धि गुरुङको नेतृत्वमा रहेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन २०२५ अन्तर्गत आज (जुलाई २७) निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन समितिका संयोजक लोचन राईका अनुसार, मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ र बिहान १०:३० बजेबाट मतदान सुरु भएको हो।
संयोजक राईले निर्वाचन प्रक्रियामा निष्पक्षता, पारदर्शिता र मर्यादित सहभागिता सुनिश्चित गर्न सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय व्यवस्था मिलाइएको बताए। साथै, उनले पञ्जीकृत सम्पूर्ण सदस्यहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दै नेतृत्व चयनमा सक्रिय सहभागिता जनाउन विशेष आग्रह गरेका छन्।
उनका अनुसार, मतदान सम्पन्न भएपछी आजै साँझ ६ बजेभित्र मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। परिणाम घोषणा लगत्तै नव–निर्वाचित पदाधिकारीहरूको सपथग्रहण कार्यक्रमसमेत आयोजना गरिने छ।
निर्वाचन समितिले प...
१२ श्रावण २०८२, आईतवार ०१:१२१२ श्रावण २०८२, आईतवार ०१:१२१२ श्रावण २०८२, आईतवार ०१:१२ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज— गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको विपिन गुरुङ नेतृत्वमा रहेको कार्यसमितिद्वारा आयोजित बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम २०२५ जुलाई २६ तारिखका दिन सउलको दोङदेमुनस्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको मूल उद्देश्य दक्षिण कोरियामा सक्रिय नेपाली संघसंस्थाका प्रतिनिधि, समुदाय अगुवाहरू, राजनीतिक संगठन, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गरी संघप्रति धारणा बुझ्नु, सुझाव संकलन गर्नु र आगामी कार्ययोजनाबारे साझा प्रतिबद्धता जनाउनु रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई संघको वैधानिकता, कार्यसमिति गठनपछिको गतिविधि, हालसम्मको प्रगति विवरण तथा आगामी योजनाबारे सुस्पष्ट रूपमा जानकारी गराइएको थियो। संघले सार्वजनिक गरेको प्रतिबद्धता दस्तावेजप्रति सहभागीहरूले सकारा...