Advertisement
Advertisement

विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाद्वारा बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

बिशाल आवाज— गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको विपिन गुरुङ नेतृत्वमा रहेको कार्यसमितिद्वारा आयोजित बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम २०२५ जुलाई २६ तारिखका दिन सउलको दोङदेमुनस्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको मूल उद्देश्य दक्षिण कोरियामा सक्रिय नेपाली संघसंस्थाका प्रतिनिधि, समुदाय अगुवाहरू, राजनीतिक संगठन, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गरी संघप्रति धारणा बुझ्नु, सुझाव संकलन गर्नु र आगामी कार्ययोजनाबारे साझा प्रतिबद्धता जनाउनु रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई संघको वैधानिकता, कार्यसमिति गठनपछिको गतिविधि, हालसम्मको प्रगति विवरण तथा आगामी योजनाबारे सुस्पष्ट रूपमा जानकारी गराइएको थियो। संघले सार्वजनिक गरेको प्रतिबद्धता दस्तावेजप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै संघलाई आवश्यक सहयोग र समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता स्वयं अध्यक्ष विपिन कुमार गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा पूर्व NRNA-ICC अध्यक्ष तथा हालका प्रमुख संरक्षक विनोद कुँवरको उपस्थिति रहेको थियो। त्यस्तै, NRNA-ICC की महिला उपाध्यक्ष जुनु गुरुङ, सदस्य महेश बजगाईं, Global IME Bank कोरिया शाखाका प्रमुख ईश्वर धामी, लावा मिडियाका प्रबन्ध निर्देशक शुभराज बोम्जन लगायत सल्लाहकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा दक्षिण कोरियाका प्रमुख राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्री, जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा, नेपाल सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष हर्क विष्ट, आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राई लगायत विभिन्न जातीय, क्षेत्रीय तथा जिल्लागत संघसंस्थाहरू — जस्तै बागमती, गण्डकी, पूर्वी नेपाल, कर्णाली प्रदेश समाज, तामाङ घेदुङ, मगर संघ, दैलेख समाज आदिका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।

सञ्चार क्षेत्रबाट पनि सशक्त उपस्थिति देखिएको थियो। आदिवासी जनजाति पत्रकार महासंघका कार्यवाहक अध्यक्ष उत्तम खजुम, पत्रकार अमिर योन्जन, नुयुज केन्द्रविन्दुका प्रतिनिधि सोनम पराजुली लगायत लावा मिडिया, कामदार दैनिक र अन्य सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।

कार्यक्रमले प्रवासी नेपालीबीच आपसी समन्वय, पारदर्शिता र विश्वास अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको धारणा थियो। यद्यपि, कार्यक्रमप्रति सामाजिक सञ्जाल तथा विभिन्न सञ्जालमार्फत चासो देखिए पनि भौतिक उपस्थिति अपेक्षा अनुसार घनिभूत देखिएको थिएन। कतिपय प्रतिनिधि, संघ–संस्थाका नेताहरू तथा समुदायका अग्रजहरूको अनुपस्थितिले कार्यक्रमको समग्र सहभागिता केही फितलो देखिएको सहभागीहरूको टिप्पणी थियो। तथापि, उपस्थित व्यक्तिहरूको संलग्नता, सुझाव र बहसको गहिराई भने निकै सकारात्मक, रचनात्मक र उद्देश्यपूर्ण देखिएको थियो।

यसै सन्दर्भमा, दक्षिण कोरियामा हाल दुईवटा एनआरएनए समितिहरू क्रियाशील रहेको अवस्था उल्लेख गर्दै, सहभागीहरूले भविष्यमा दुवै पक्ष एकजुट भई एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए। “एनआरएनएको नाममा विभाजन होइन, एकताको सन्देश जाओस्” भन्ने भावना सहित मिलेर जानु अहिलेको आवश्यकता हो भन्ने धारणा सर्वत्र व्यक्त गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×