Advertisement
Advertisement

कोरियामा सिन्धुपाल्चोक समाजद्वारा बृहत् तथ्याङ्क संकलन अभियान सुरु

Advertisement
Advertisement

प्रवासमा छरिएर रहेका सिन्धुपाल्चोकबासीलाई एउटै सूत्रमा बाँध्ने अभियान

दक्षिण कोरियामा रहनुभएका सिन्धुपाल्चोक जिल्लाबासीहरूमाझ एकता, आत्मीयता र सहकार्यको सेतु बन्ने उद्देश्यसहित सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले बृहत् तथ्याङ्क संकलन  सुरु गरेको छ।

“आपसी सद्भाव, सहयोग र सदाचार — सिन्धुपाल्चोकबासीको मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको समाजले, पछिल्लो समय प्रवासमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूमाझ नाता चिनाउने मात्र होइन, साथ दिने माहोल बनाउने अभियान अघि सारेको हो।

अब कोरियामा जुनसुकै भिजामा हुनुहुन्छ – अध्ययन, रोजगारी वा व्यवसाय — सिन्धुपाल्चोक जिल्लाबाट आउनुभएको छ भने, तपाईं यो अभियानको हिस्सा बन्न सक्नुहुन्छ।

🧭 किन आवश्यक छ यो अभियान?

कोरियामा रहेको सिन्धुपाल्चोकबासी अरुको तथ्याङ्क सङ्कलन २०२५ को मुख्य उद्देश्यहरु निम्न प्रकार रहेका छन्।

१, कोरियामा रहेको जिल्लाबासीहरूलाई एकताबद्ध गर्ने।
२, एक आपसमा सहयोग सद्भाव र सदाचारको विचारसहित परिचित गर्ने गराउने।
३, कोरियामा बसोबास गर्दै गर्दा आइपर्ने हरेक सुख दुखहरु एकअर्कासँग साटासाट गर्ने।
४, संस्थाको कार्यविधि र भावी योजनाहरू जानकारी गराइने।
५, कोरियामा सिकेको सीप, ज्ञान र भोगाइहरुमा छलफल बहस गराइने।
६, सामूहिक लगानी बारे छलफल बहस गराइने।
७, व्यक्तित्व विकास र सिपमुलक तालिमहरु Online मार्फत गराइने।
८, कोरियाबाट स्वदेश फर्केर विभिन्न व्यापार व्यवसाय गर्दै गर्दै आउनुभएको व्यक्तित्वहरू बीच सहकार्य गराइने।
९, कोरियाको श्रम कानुन, औद्योगिक दुर्घटना र भिजा सम्बन्धी जानकारीहरू गराइने।

समाजले सम्पूर्ण सिन्धुपाल्चोकबासीलाई आफ्नो पालिकाको संयोजकसँग सम्पर्क गरेर यो अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

यस तथ्याङ्क संकलनमार्फत तयार हुने सम्पर्क सूची, अनुभवहरू र सहकार्यको जालोले प्रवासमा मात्र होइन, देश फर्केपछि पनि आपसी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

📌 संयोजकहरूको सम्पर्क ( पालिका अनुसार):

पालिका/नगरपालिका संयोजकको नाम सम्पर्क नम्बर
पाँचपोखरी थाङपाल गाउँपालिका रमेश बन्जारा ०१०-२१९२-६०५०
जुँगलगाउँ गाउँपालिका कृष्ण ढकाल ०१०-९८०५-६५१५
लिसंखु पाखर गाउँपालिका रमेश खरेल ०१०-८५३२-६४३९
हेलम्बु गाउँपालिका रण ब्लोन तामाङ ०१०-४४४२-९०१३
बलेफी गाउँपालिका प्रबिन पराजुली ०१०-६६६७-०९८६
सुनकोशी गाउँपालिका उत्सव खड्का ०१०-४६३८-५२८५
इन्द्रावती गाउँपालिका ताराचन्द्र आचार्य ०१०-९८१३-०७९९
त्रिपुरा सुन्दरी गाउँपालिका नवराज पाण्डे ०१०-७४९५-५७३४‌‍‍‌‌
भोटेकोशी गाउँपालिका सोनाम शेर्पा ०१०-८०१७-६००३
चौतारा साँगाचोकगढी न.पा. रविन कोइराला ०१०-५९३७-५९३१
मेलम्ची नगरपालिका सञ्जीव खतिवडा ०१०-३२९१-७२७१
बाह्रबिसे नगरपालिका गणेश श्रेष्ठ ०१०-५९२२-५४९६

 

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। 

तल दिएको गुगल लिंक वा आफ्नो पालिका संयोजक हरुसँग सम्पर्क गरेर सहभागी हुनु होलाः

https://forms.gle/T8ygmuGRr1WuYZ8h9

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×