Advertisement
Advertisement

धनगढीकी हेमलता शर्मा दक्षिण कोरियाको प्रतिष्ठित बैंकमा सहायक म्यानेजर पदमा नियुक्त, नेपाली युवापुस्ताका लागि प्रेरणाको स्रोत

Advertisement
Advertisement

सन् २०१८ मा अध्ययनको लक्ष्यसहित दक्षिण कोरिया पुगेकी धनगढीकी हेमलता शर्माले नेपाली युवापुस्तालाई गर्व गर्न लायक उपलब्धि हात पार्दै कोरियाको प्रतिष्ठित ‘सिन्हान बैंक’को केन्द्रीय कार्यालयमा ‘सहायक म्यानेजर’ पदमा नियुक्त भएकी छन्।

सानैदेखि सपनाहरू बोकेर अघि बढेकी हेमलता कोरियाको कठोर शिक्षा प्रणाली, भाषिक अवरोध, सांस्कृतिक भिन्नता र जीवन यापनको चुनौतीबीच पनि निरन्तर संघर्ष र लगनशीलताको उदाहरण बनिन्। शतप्रतिशत छात्रवृत्तिसहित उनले क्युङदोङ विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक अध्ययन पूरा गरिन्। त्यसक्रममा उनले हप्ताको पाँच दिन, दैनिक पाँच घण्टा कक्षासँगै काम गर्नुपरेको र घरबाटको अपेक्षाले मानसिक दबाबसमेत खेप्नुपरेको स्मरण गर्छिन्।

स्नातकपछि उनले ‘विश्वव्यापी संस्कृति उद्योग व्यवस्थापन’ मा स्नातकोत्तर (Master’s) अध्ययन सकिन्। अहिले उनी कोरियाली सरकारद्वारा सञ्चालित आप्रवासन तथा एकीकरण कार्यक्रम (KIIP) मा स्तर ५ सम्मको अध्ययन गरिरहेकी छिन्। यसै क्रममा उनले क्याल्भिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालय, हानपास रेमिट्यान्स तथा नेपाली राजदूतावासमा सहायक जनसम्पर्क अधिकृतको रूपमा पनि करिब १५ महिनासम्म कार्य अनुभव हासिल गरिसकेकी छन्।

शैक्षिक यात्रा र कामको अनुभवसँगै उनले ‘वयस्क सिकाइ – मानसिक सीप’, ‘प्रशासनिक व्यवस्थापन’, र ‘दृढता र आत्मविश्वास निर्माण’ सम्बन्धी तीनवटा अन्तर्राष्ट्रिय प्रमाणपत्र समेत हासिल गरेकी छन्। हाल उनले प्राप्त गरेको जिम्मेवारीलाई प्रमुख प्राथमिकतामा राख्दै भविष्यमा विद्यावारिधि (PhD) गर्ने योजना बनाइरहेकी छन्।

कोरियाको प्रतिष्ठित वित्तीय संस्था सिन्हान बैंकमा सहायक म्यानेजर पदमा नियुक्त हुनु नेपाली समुदायका लागि एक ऐतिहासिक उपलब्धि हो। यो केवल व्यक्तिगत सफलताको कथा नभएर, सपना, परिश्रम र आत्म–विश्वासले कसरी सीमितताको घेरा तोड्न सक्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो।

कोरियामा रहँदा उनले पाएको अवसरलाई सदुपयोग गर्दै, हेमलता अहिले नेपाली युवापुस्ताका लागि प्रेरणाको प्रतीक बनिरहेकी छन्। उनका शब्दमा, “दुर्लभ अवसर पाउन सजिलो थिएन, तर त्यसभन्दा गाह्रो त्यो अवसरमा टिकिरहनु हो। त्यसका लागि आत्म–अनुशासन, निरन्तर प्रयास र आत्मविश्वास अत्यावश्यक रहेछ।”

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल

पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक सम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×