Advertisement
Advertisement

रातिको सिफ्टपछि अकस्मात ज्यान गुमाएका बिदेशी श्रमिकको पोष्टमार्टम नगरी केस बन्द, कोरियाली प्रहरीको निर्णयप्रति आलोचना

Advertisement
Advertisement

किम्पो (दक्षिण कोरिया),—दक्षिण कोरियाको ख्यङ्गी प्रान्तस्थित किम्पो सहरमा म्यानमारका एक २४ वर्षीय आप्रवासी श्रमिकको रात्रि सिफ्टपछि अकस्मात मृत्यु भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका ती श्रमिकको पोष्टमार्टम नगरी प्रहरीद्वारा घटनाको अनुसन्धान बन्द गरिएपछि स्थानीय र श्रमिक सहायता संस्थाहरूबाट तीव्र आलोचना सुरु भएको छ।

प्राप्त विवरणअनुसार, ती श्रमिकको मृत्यु जुलाई १८ तारिख राति ९:०६ बजे किम्पोस्थित एक अस्पतालमा भएको हो। उनी सन् २०२३ मा ई–९ भिसा प्रणाली अन्तर्गत कोरिया आएका थिए र सामान्यत: स्वस्थ थिए। मृत्यु हुनुअघि उनी कारखानामा रात्रि सिफ्टमा काम गरेर अत्यधिक थकान महसुस गरिरहेका थिए। सोही दिन बिहान उनले स्थानीय क्लिनिकमा गएर भिटामिन इन्जेक्सन समेत लिएका थिए।

तर, दिउँसोसम्म उनको स्वास्थ्यमा सुधार आएन। टाउको दुख्ने गुनासो रहिरहेकै अवस्थामा उनी अस्पताल जाँदै गर्दा ट्याक्सीमै बेहोस भए, र अस्पताल पुगेपछि मृत घोषणा गरियो। अस्पतालले मृत्युको कारण “अज्ञात” भनेको छ।

यद्यपि, किम्पो प्रहरीले घटनामा कुनै आपराधिक संदेह नरहेको भन्दै प्रत्यक्षदर्शीहरूको बयानका आधारमा पोष्टमार्टम नगरी केस बन्द गरिदिएको हो।

यस घटनाप्रति ‘किम्पो यिउत्सारी’ नामक श्रमिक सहायता संस्थाले गम्भीर आपत्ति जनाउँदै घटनाको गहिरो अनुसन्धान बिना निष्कर्षमा पुग्नु गैरजिम्मेवार निर्णय भएको बताएको छ। संस्थाका अनुसार, “विदेशी श्रमिकहरूको ज्यानको मूल्य राज्य प्रणालीमा अझै पनि सस्तो ठानिएको” जस्तो देखिएको छ।

ती श्रमिकको दाहसंस्कार जुलाई २६ मा मृत्युको स्पष्ट कारण बिना नै गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×