Advertisement
Advertisement

Breaking News

एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले आगामी नोभेम्बर २ (आइतबार) का दिन सौलमा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। “सहकार्य, साझेदारी र सह–अस्तित्व निर्माणको निम्ति” भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाबीच आपसी परिचय, समन्वय र सहकार्यको वातावरण सृजना गर्ने लक्ष्य राखिएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, एनआरएनएका संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, पत्रकार, पञ्जीकृत सदस्य तथा कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरे...
विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ नेपाली चलचित्र ‘रिमै’ नोभेम्बर २ मा सउलमा प्रदर्शन हुने

विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ नेपाली चलचित्र ‘रिमै’ नोभेम्बर २ मा सउलमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:दश वर्षअघि दर्शकमाझ चर्चित बनेका कबड्डी फिल्मका जोडी दयाहाङ राई र रिश्मा गुरुङ अभिनीत नेपाली कथानक चलचित्र ‘रिमै’ अब दक्षिण कोरियाको सउलमा प्रदर्शन हुने भएको छ। तमु धीं दक्षिण कोरियाको आयोजनामा नोभेम्बर २ (आइतबार) का दिन विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ सउलको [종로구민회관, 서울 종로구 지봉로 5길 7-5] मा चलचित्र प्रदर्शन गर्न लागिएको हो। संस्थाका अध्यक्ष तेज गुरुङका अनुसार, यो प्रदर्शनले एकातिर आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीको भविष्यका लागि अक्षय कोष स्थापनामा सहयोग गर्नेछ भने अर्कातिर नेपाली चलचित्रको प्रोत्साहनमा समेत टेवा पुग्नेछ। ‘रिमै’ चलचित्र खिल बहादुर गुरुङको निर्देशनमा बनेको हो। गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित यस फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी, र छोरीचेलीको महत्व जस्ता गहिरा विषय उठाएको छ। दया...
सोडारिको जालझेलको पराकास्ठा बिपिन गुरुङको किर्ते हस्ताक्षर र नक्कली विज्ञप्ति सम्म सार्वजनिक

सोडारिको जालझेलको पराकास्ठा बिपिन गुरुङको किर्ते हस्ताक्षर र नक्कली विज्ञप्ति सम्म सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरियाको बर्खास्त भएका महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) ले संस्थाको आधिकारिक लेटरहेड र अध्यक्ष विपिन गुरुङको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति सार्वजनिक गरेको पाइएको छ। घटनाक्रम यस्तो थियो — सोडारीले आफूले गल्ती स्वीकार गर्दै माफीपत्र सार्वजनिक गरे। तर केही मिनेटमै सो पत्र हटाए र तुरुन्तै अर्को विज्ञप्ति ल्याए, जसमा आफू माथिको कारवाही फुकुवा गरिएको दाबी गरिएको थियो। तर त्यो पत्रमा अध्यक्ष विपिन गुरुङको हस्ताक्षर नकली भएको र संस्थाको लेटरहेड दुरुपयोग गरिएको पुष्टि भएको छ। संस्थाभित्रका स्रोतहरूले यो कार्यलाई “संस्थाको मर्यादा र विश्वसनीयतामाथिको ठाडो हमला” भन्दै कडा शब्दमा आलोचना गरेका छन्। अजय सोडारी यसअघि पनि कोरियास्थित नेपाली समुदायबीच विवादित पात्रका रूपमा चर्चामा रहँदै आएका थिए। सोडारी कोरिया प्रवेश गरेको तीन वर्ष तीन मह...
अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

Breaking News, जानकारी, भर्खरै, समाचार
गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा आन्तरिक विवाद चर्किएको छ। अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वले महासचिव अजय सोडारीलाई पदबाट बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेसँगै संगठनभित्र कडा ध्रुवीकरण सुरु भएको छ। अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा सोडारीले संगठनको नियम विपरीत काम गरेको, अस्पष्ट गतिविधि देखिएको र अनुशासन विपरीत आचरण प्रकट गरेको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ। तर अर्कोतर्फ, महासचिवबाट हटाइएका अजय सोडारीले ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती झुट्टा, पूर्वाग्रही र नियोजित चरित्र हत्या गर्ने कार्य भएको बताएका छन्। सोडारीले बिशाल आवाज सँगको कुराकानीमा भनेका छन्, “केही परिचालित व्यक्तिहरूले मेरो नाममा नियोजित रूपमा झुट्टा प्रचार गरेर मेरो छविमा आघात पुर्‍याउने प्रयास गरेका छन्, म यसबिरुद्ध कानुनी निरूपणमा जान्छु।” उनका अनुसार सामाजिक सञ्जालमा ‘स...
𝐍𝐑𝐍𝐀 कोरियामा झट्का : अजय सोडारीविरुद्धको कारबाही उल्टो प्रहारमा, अध्यक्ष विपिन गुरुङमाथि गम्भीर आरोप र 𝐍𝐑𝐍𝐀 बाट निष्कासन

𝐍𝐑𝐍𝐀 कोरियामा झट्का : अजय सोडारीविरुद्धको कारबाही उल्टो प्रहारमा, अध्यक्ष विपिन गुरुङमाथि गम्भीर आरोप र 𝐍𝐑𝐍𝐀 बाट निष्कासन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियास्थित गैर–आवासीय नेपाली संघ (NRNA NCC Korea) भित्रको आन्तरिक विवादले अहिले नयाँ मोड लिएको छ। महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई पदमुक्त गर्ने निर्णय सार्वजनिक भएपछि, त्यसै दिन राती सोडारी पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिले संघको नेतृत्वमाथि नै ठूलो प्रश्न उठाएको छ। सोडारीले विज्ञप्तिमार्फत अध्यक्ष विपिन कुमार गुरुङ र सचिव टार्जन बान्तवा राइ माथि संघको कोष दुरुपयोग, पदाधिकारी र सदस्यहरूलाई धम्की दिने, र संघलाई व्यक्तिगत तथा व्यावसायिक फाइदाको माध्यम बनाउने आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ — “अध्यक्ष गुरुङले कार्यसमितिका सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएका छन्, जुन संघको आचारसंहिताविपरीत छ।” सोडारीको पक्षले कारबाहीलाई “नाटकपूर्ण, असंवैधानिक र हतास मानसिकताको उपज” भन्दै त्यसको खारेजी माग गरेको छ। उनी केही समयअघि नेपाल फर्किए...
NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही

NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही बिपिन गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई अनुशासनात्मक कारबाहीस्वरूप महासचिवको जिम्मेवारीबाट हटाएको छ। संघको कार्यसमितिको बैठकले संघको विधानको धारा १८ र १४.४ अनुसार सो निर्णय गरेको हो। सोडारीमाथि हाल सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सार्वजनिक रूपमा आएका गतिविधिहरू र आरोप–प्रत्यारोपका विषयमा लिखित स्पष्टीकरण माग गरिएको थियो। तर, तोकिएको २४ घण्टे समयसीमा भित्र स्पष्टीकरण नआएपछि संघले अनुशासनात्मक प्रक्रिया अघि बढाएको जनाएको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ —“संघको प्रतिष्ठा, एकता, अनुशासन र विश्वास कायम राख्ने उद्देश्यले गरिएको यो निर्णयले संस्थागत मर्याद...
जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ। २०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ। सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ। राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भए...
फेन्थेकको 𝐂𝐆𝐕 मा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” अक्टोबर २६ मा प्रदर्शन हुँदै

फेन्थेकको 𝐂𝐆𝐕 मा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” अक्टोबर २६ मा प्रदर्शन हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फेन्थेकस्थित 𝐂𝐆𝐕 हल मा यही अक्टोबर २६, आइतबार दिउँसो २:३० बजे नेपाली कथानक चलचित्र “बलिदान” विशेष प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन “Nepali Heart Vibe” को आयोजनामा हुँदैछ भने विशाल आवाज पनि आधिकारिक मिडिया पार्टनर रहेका छ। पछिल्लो समय निकै चर्चा र प्रतिक्षामा रहेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा छन्। चलचित्रको निर्देशन सन्तोष सेन ले गरेका हुन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। देशभक्ति र एक्शन कथामा आधारित चलचित्र बलिदान ले देशको अस्मिता र आन्तरिक समस्यामा बाह्य शक्तिको हस्तक्षेपपछि उत्पन्न परिस्थितिलाई चित्रण गरेको छ। चलचित्रमा देश र जनताको लागि लड्ने एक युगपुरुषको कथा मार्मिक रूपमा प्रस्तुत गरिएको बताइएको छ। नेपालमा यो चलचित्र बडादशैंको फूलपातीका दिन एकैसाथ प्रदर्शनमा ...
अनेसास कोरिया च्याप्टरद्वारा लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम अक्टोबर १९ मा हुँदै 

अनेसास कोरिया च्याप्टरद्वारा लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम अक्टोबर १९ मा हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती तथा शुभ दीपावलीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले अक्टोबर १९ आईतवारका दिन “लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम” आयोजना गर्ने भएको छ। “काव्य–सुधा” शृङ्खलाको १७६औं संस्करणका रूपमा हुने उक्त कार्यक्रम अक्टोबर १९, २०२५ आइतबारका दिन, साँझ ६:०० बजे (नेपाली समय) फेसबुक लाइभ र जुममार्फत प्रत्यक्ष प्रसारण हुनेछ। यस विशेष साहित्यिक सन्ध्यामा विनोद परिवर्तित, जनक सन्याल र निर कमल उपाध्यायले कविता वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण अनेसास कोरिया च्याप्टरका सदस्य सुधाकर दाहालले गर्नेछन्। नेपालका महान् कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना गरिएको यस कवि–सन्ध्याले कोरियामा रहेका नेपाली साहित्यप्रेमीबीच साहित्यिक संवाद र सिर्जनाको वातावरण थप सशक्त बनाउने अनेसास कोरिया च्याप्टरले जना...
ह्वासङ कोरियामा अक्टोबर २६ मा देउसी भैलो कार्यक्रम – २०२५ हुँदै

ह्वासङ कोरियामा अक्टोबर २६ मा देउसी भैलो कार्यक्रम – २०२५ हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
  प्रवासी नेपालीहरूले आफ्ना संस्कृति र चाडपर्व परदेशमा पनि जोगाउँदै आएको प्रमाणस्वरूप ह्वासङ नेपाली परिवार, दक्षिण कोरिया ले यो वर्ष पनि अक्टोबर २६ मा ह्वासङमा भव्य देउसी भैलो कार्यक्रम–२०२५ आयोजना गर्ने छ। 화성시외국인복지센터 (Hwaseong Immigrants Community Service Center) को सहयोगमा आयोजना हुने यो कार्यक्रम अक्टोबर 26 (आइतबार) का दिन बिहान ११:०० बजे देखि सुरु हुने बताइएको छ। कार्यक्रमको स्थल ह्वासङ विदेशी कल्याणकारी केन्द्रको दोस्रो तल्लामा तय गरिएको छ। ‘प्रवासी भूमिमा एकता नै सहारा हो’ भन्ने मूल नाराका साथ स्थापित सस्थाको आयोजनामा हुने यस देउसी–भैलो कार्यक्रमको उद्देश्य कोरियामा बसोबास गर्ने नेपालीबीच आपसी एकता, भाइचारा र संस्कृतिको संरक्षण गर्नु रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, देउसी–भैलो गीत, नृत्य, रमाइला खेलकुद तथा स्वादिष्ट नेपाली परिकार...