Advertisement
Advertisement

अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

Advertisement
Advertisement

गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा आन्तरिक विवाद चर्किएको छ। अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वले महासचिव अजय सोडारीलाई पदबाट बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेसँगै संगठनभित्र कडा ध्रुवीकरण सुरु भएको छ।

अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा सोडारीले संगठनको नियम विपरीत काम गरेको, अस्पष्ट गतिविधि देखिएको र अनुशासन विपरीत आचरण प्रकट गरेको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ।

तर अर्कोतर्फ, महासचिवबाट हटाइएका अजय सोडारीले ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती झुट्टा, पूर्वाग्रही र नियोजित चरित्र हत्या गर्ने कार्य भएको बताएका छन्। सोडारीले बिशाल आवाज सँगको कुराकानीमा भनेका छन्, “केही परिचालित व्यक्तिहरूले मेरो नाममा नियोजित रूपमा झुट्टा प्रचार गरेर मेरो छविमा आघात पुर्‍याउने प्रयास गरेका छन्, म यसबिरुद्ध कानुनी निरूपणमा जान्छु।”

उनका अनुसार सामाजिक सञ्जालमा ‘सोडारी अपराधी हुन्, नेपाल डिपोर्ट भएका हुन्’ भन्ने जस्ता हल्ला पूर्ण रूपमा निराधार छन्। उनले यसबारे कानुनी प्रक्रिया अघि बढाउने र गलत प्रचारमा संलग्नहरूविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

सोडारी कोरिया प्रवेश गरेको तीन वर्ष तीन महिनामै स्वदेश फर्किएको उनको फेसबुक पोस्टपछि सोबारे विभिन्न अफवाह फैलिएको थियो। त्यही पोस्टलाई आधार मानेर केही व्यक्तिहरू र मिडियाले गलत प्रचार गरेको उनको दाबी छ।

यता, सोडारी पक्षले पनि तत्काल प्रतिक्रिया स्वरूप अर्को विज्ञप्ति निकाल्दै अध्यक्ष गुरुङ र सचिव टार्जन वान्तवालाई “साधारण सदस्य नरहने गरी हटाइएको” घोषणा गरेको छ।

यसरी एकै संस्थाले दुई फरक निर्णय र दुई विपरीत विज्ञप्ति जारी गरेपछि एनआरएनए दक्षिण कोरिया अहिले पूर्ण रूपमा विवाद र अविश्वासको दलदलमा परेको छ।

विदेशस्थित नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्थामै यस्तो विवाद र एकअर्काप्रति आरोप–प्रत्यारोपको खेल बढ्नु संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने विषय हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×