Advertisement
Advertisement

Day: ५ कार्तिक २०८२, मंगलवार १२:४७

एनआरएनए दक्षिण कोरियामा नाटकीय मोडः अजय सोडारीले सार्वजनिक रूपमा मागे माफी, “गलत नियत होइन, परिस्थितिजन्य त्रुटि मात्र”

एनआरएनए दक्षिण कोरियामा नाटकीय मोडः अजय सोडारीले सार्वजनिक रूपमा मागे माफी, “गलत नियत होइन, परिस्थितिजन्य त्रुटि मात्र”

समाचार
एनआरएनए दक्षिण कोरियामा नाटकीय मोडः अजय सोडारीले सार्वजनिक रूपमा मागे माफी, “गलत नियत होइन, परिस्थितिजन्य त्रुटि मात्र” बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा जारी विवादले नयाँ मोड लिएको छ। केही दिनअघि पदबाट बर्खास्त गरिएका महासचिव अजय सोडारीले सोमबार एक औपचारिक पत्रमार्फत संगठन, पदाधिकारी र सदस्यहरूमा माफी माग्दै स्पष्टिकरण दिएका छन्। सोडारीले लेखेका छन्, “संघका नियमित तथा निरन्तर क्रियाकलापहरूमा मेरो व्यक्तिगत तथा व्यावसायिक कारणले केही असहजता र परिस्थिति सिर्जना भयो। त्यसले संगठनभित्र नकारात्मक प्रभाव परेको महसुस गर्दै म त्यसका लागि आत्मग्लानी महसुस गर्दछु र सबैमा माफी माग्दछु।” उनले आफ्नो कार्यकालका केही गतिविधिहरूका कारण गलत बुझाइ वा भावनात्मक असर परेको भए त्यसमा कुनै गलत नियत नभएको प्रष्ट पार्दै, त्यो परिस्थितिजन्य समस्या मात्रै भएको...
अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

अजय सोडारीको बर्खास्तीपछि प्रतिकार, ‘चरित्र हत्या गर्ने नियोजित अभियान’को आरोप

Breaking News, जानकारी, भर्खरै, समाचार
गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा आन्तरिक विवाद चर्किएको छ। अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वले महासचिव अजय सोडारीलाई पदबाट बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेसँगै संगठनभित्र कडा ध्रुवीकरण सुरु भएको छ। अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा सोडारीले संगठनको नियम विपरीत काम गरेको, अस्पष्ट गतिविधि देखिएको र अनुशासन विपरीत आचरण प्रकट गरेको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ। तर अर्कोतर्फ, महासचिवबाट हटाइएका अजय सोडारीले ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती झुट्टा, पूर्वाग्रही र नियोजित चरित्र हत्या गर्ने कार्य भएको बताएका छन्। सोडारीले बिशाल आवाज सँगको कुराकानीमा भनेका छन्, “केही परिचालित व्यक्तिहरूले मेरो नाममा नियोजित रूपमा झुट्टा प्रचार गरेर मेरो छविमा आघात पुर्‍याउने प्रयास गरेका छन्, म यसबिरुद्ध कानुनी निरूपणमा जान्छु।” उनका अनुसार सामाजिक सञ्जालमा ‘स...
𝐍𝐑𝐍𝐀 कोरियामा झट्का : अजय सोडारीविरुद्धको कारबाही उल्टो प्रहारमा, अध्यक्ष विपिन गुरुङमाथि गम्भीर आरोप र 𝐍𝐑𝐍𝐀 बाट निष्कासन

𝐍𝐑𝐍𝐀 कोरियामा झट्का : अजय सोडारीविरुद्धको कारबाही उल्टो प्रहारमा, अध्यक्ष विपिन गुरुङमाथि गम्भीर आरोप र 𝐍𝐑𝐍𝐀 बाट निष्कासन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियास्थित गैर–आवासीय नेपाली संघ (NRNA NCC Korea) भित्रको आन्तरिक विवादले अहिले नयाँ मोड लिएको छ। महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई पदमुक्त गर्ने निर्णय सार्वजनिक भएपछि, त्यसै दिन राती सोडारी पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिले संघको नेतृत्वमाथि नै ठूलो प्रश्न उठाएको छ। सोडारीले विज्ञप्तिमार्फत अध्यक्ष विपिन कुमार गुरुङ र सचिव टार्जन बान्तवा राइ माथि संघको कोष दुरुपयोग, पदाधिकारी र सदस्यहरूलाई धम्की दिने, र संघलाई व्यक्तिगत तथा व्यावसायिक फाइदाको माध्यम बनाउने आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ — “अध्यक्ष गुरुङले कार्यसमितिका सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएका छन्, जुन संघको आचारसंहिताविपरीत छ।” सोडारीको पक्षले कारबाहीलाई “नाटकपूर्ण, असंवैधानिक र हतास मानसिकताको उपज” भन्दै त्यसको खारेजी माग गरेको छ। उनी केही समयअघि नेपाल फर्किए...
आजको राशिफल: २०८२ कार्तिक ४ गते मंगलबार

आजको राशिफल: २०८२ कार्तिक ४ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु पर्छ । बढी महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नता...