Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियामा नाटकीय मोडः अजय सोडारीले सार्वजनिक रूपमा मागे माफी, “गलत नियत होइन, परिस्थितिजन्य त्रुटि मात्र”

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियामा नाटकीय मोडः अजय सोडारीले सार्वजनिक रूपमा मागे माफी, “गलत नियत होइन, परिस्थितिजन्य त्रुटि मात्र”

बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा जारी विवादले नयाँ मोड लिएको छ। केही दिनअघि पदबाट बर्खास्त गरिएका महासचिव अजय सोडारीले सोमबार एक औपचारिक पत्रमार्फत संगठन, पदाधिकारी र सदस्यहरूमा माफी माग्दै स्पष्टिकरण दिएका छन्।

सोडारीले लेखेका छन्, “संघका नियमित तथा निरन्तर क्रियाकलापहरूमा मेरो व्यक्तिगत तथा व्यावसायिक कारणले केही असहजता र परिस्थिति सिर्जना भयो। त्यसले संगठनभित्र नकारात्मक प्रभाव परेको महसुस गर्दै म त्यसका लागि आत्मग्लानी महसुस गर्दछु र सबैमा माफी माग्दछु।”

उनले आफ्नो कार्यकालका केही गतिविधिहरूका कारण गलत बुझाइ वा भावनात्मक असर परेको भए त्यसमा कुनै गलत नियत नभएको प्रष्ट पार्दै, त्यो परिस्थितिजन्य समस्या मात्रै भएको बताएका छन्। सोडारीले संघमा पुनः सकारात्मक वातावरण सिर्जना गर्न, सहकार्य र संवादको बाटो रोज्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

यसअघि अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वले सोडारीलाई अनुशासन विपरीत गतिविधि गरेको भन्दै महासचिव पदबाट हटाएको थियो। त्यसलगत्तै सोडारी पक्षले समेत् अध्यक्ष र सचिवलाई साधारण सदस्य नरहने निर्णय गरेको विज्ञप्ति निकालेपछि संगठनभित्र तीव्र विवाद सुरु भएको थियो।

तर पछिल्लो पत्रले यो विवाद शान्ति र सहकार्यको दिशामा मोडिने संकेत दिएको देखिन्छ। सोडारीले स्पष्ट रूपमा भनेका छन्, “म कुनै गलत नियत वा प्रतिस्पर्धी भावनाले होइन, आकस्मिक परिस्थितिका कारण उत्पन्न समस्याका लागि माफी माग्दै सहकार्यका हात बढाउँछु।”

एनआरएनए कोरियाको इतिहासमा यस्तो स्तरको आन्तरिक विवादपछि सार्वजनिक रूपमा माफी माग्ने यो पहिलो घटना मानिएको छ, जसले संगठनभित्र संवाद र एकताको नयाँ सम्भावना खोल्ने देखिएको छ।

🟣 विशाल आवाज टिप्पणी:
विवाद र आरोप–प्रत्यारोपको बीचमा अजय सोडारीको आत्मस्वीकृति र माफी पत्रले बिपिन गुरुङको कोरियास्थित एनआरएनएमा सन्तुलन र एकताको नयाँ अध्याय सुरु गर्न मद्दत पुर्‍याउन सक्छ, यदि सबै पक्षले संयम र सहकार्य देखाए भने।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×