बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरियाको बर्खास्त भएका महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) ले संस्थाको आधिकारिक लेटरहेड र अध्यक्ष विपिन गुरुङको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति सार्वजनिक गरेको पाइएको छ।
घटनाक्रम यस्तो थियो — सोडारीले आफूले गल्ती स्वीकार गर्दै माफीपत्र सार्वजनिक गरे।
तर केही मिनेटमै सो पत्र हटाए र तुरुन्तै अर्को विज्ञप्ति ल्याए, जसमा आफू माथिको कारवाही फुकुवा गरिएको दाबी गरिएको थियो।
तर त्यो पत्रमा अध्यक्ष विपिन गुरुङको हस्ताक्षर नकली भएको र संस्थाको लेटरहेड दुरुपयोग गरिएको पुष्टि भएको छ।
संस्थाभित्रका स्रोतहरूले यो कार्यलाई “संस्थाको मर्यादा र विश्वसनीयतामाथिको ठाडो हमला” भन्दै कडा शब्दमा आलोचना गरेका छन्।
अजय सोडारी यसअघि पनि कोरियास्थित नेपाली समुदायबीच विवादित पात्रका रूपमा चर्चामा रहँदै आएका थिए।
सोडारी कोरिया प्रवेश गरेको तीन वर्ष तीन महिनामै स्वदेश फर्किसकेका छन। कतिपयले डिपोर्ट्नै गरेको भनेका छन भने उनले चाही आँफै स्वइछाले फर्केका बताउछन उनको कार्ड खोजेर चेक गर्यो भने सत्यतथ्य पत्ता लाग्नेनै छ। यदी कानुनिरुपमा आफ्नै हिसाबले नेपाल फर्केको भए यत्रो ठुलो सस्थाले सम्मानको साथ बिदाइ गर्ने नै थियो होला यो बारे बुझ्नु जरुरी छ झुट माथि झुटको खेती धेरै टिक्दैन ।









