प्रधानमन्त्री सुशीला कार्कीको गिरफ्तारी माग गर्दै जेन्जी आन्दोलनको निवेदन
जेन्जी आन्दोलन, नेपालका तर्फबाट रवि किरण हमालले नेपाल प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध औपचारिक निवेदन दर्ता गरेका छन्। निवेदनमा कार्कीमाथि "सत्ता कु गरेर अवैधानिक रूपमा प्रधानमन्त्री पदमा आसिन भएको" र "जेन्जी विद्रोहका क्रममा युवामाथि भएको हिंसा र बलिदानको अपमान गरेको" आरोप लगाइएको छ।
निवेदनमा भनिएको छ, “प्रधानमन्त्री कार्कीले देशका युवाको रगत माथि सत्ता कब्जा गरेर राष्ट्रको गरिमा, गोपनीयता र मर्यादाविपरीत गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गर्नुभएको छ।”
रवि किरण हमालले आफ्नो निवेदनमार्फत प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई “भ्रष्टाचार, राष्ट्रविरोधी गतिविधि र बलिदानीहरूको अपमानमा संलग्न भएको” आरोप लगाउँदै तत्काल पक्राउ गरी निष्पक्ष कानुनी छानबिन गर्न माग गरेका छन्।
निवेदनमा उल्लेख गरिएको छ कि कार्कीको नेतृत्वमा बनेको सरकारले जेन्जी विद्रो...




