Advertisement
Advertisement

विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ नेपाली चलचित्र ‘रिमै’ नोभेम्बर २ मा सउलमा प्रदर्शन हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ:दश वर्षअघि दर्शकमाझ चर्चित बनेका कबड्डी फिल्मका जोडी दयाहाङ राई र रिश्मा गुरुङ अभिनीत नेपाली कथानक चलचित्र ‘रिमै’ अब दक्षिण कोरियाको सउलमा प्रदर्शन हुने भएको छ।

तमु धीं दक्षिण कोरियाको आयोजनामा नोभेम्बर २ (आइतबार) का दिन विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ सउलको [종로구민회관, 서울 종로구 지봉로 5길 7-5] मा चलचित्र प्रदर्शन गर्न लागिएको हो।

संस्थाका अध्यक्ष तेज गुरुङका अनुसार, यो प्रदर्शनले एकातिर आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीको भविष्यका लागि अक्षय कोष स्थापनामा सहयोग गर्नेछ भने अर्कातिर नेपाली चलचित्रको प्रोत्साहनमा समेत टेवा पुग्नेछ।

‘रिमै’ चलचित्र खिल बहादुर गुरुङको निर्देशनमा बनेको हो। गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित यस फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी, र छोरीचेलीको महत्व जस्ता गहिरा विषय उठाएको छ।

दयाहाङ राईलाई ग्रामीण परिवेशमा संघर्षरत पात्रको रूपमा प्रस्तुत गरिएको यस फिल्ममा रिश्मा गुरुङसँगको उनको भावनात्मक केमेस्ट्री दर्शकलाई आकर्षित गर्ने प्रमुख पक्ष बनेको बताइन्छ।

महासचिव सुनिल गुरुङका अनुसार, अर्पण थापा र गौमाया गुरुङको सशक्त अभिनयले कथालाई अझ सशक्त बनाएको छ र सउल शोमा दर्शकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस चलचित्रमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन र वीरवल घलेको कार्यकारी निर्माण रहेको छ।

फिल्मका कलाकारहरूमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ लगायतका चर्चित नाम रहेका छन्।

सउलमा हुने शोको प्रवेश शुल्क २५,००० कोरियन वोन तोकिएको छ र दिउँसो १२ बजेबाट प्रदर्शन सुरु गरिनेछ।

आयोजक तमु धीं दक्षिण कोरियाले अन्य शहरका संघ–संस्थालाई समेत प्रदर्शनका लागि बुकिङ खुला गरेको जानकारी दिँदै,

कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चलचित्र हेरेर मनोरञ्जनसँगै सामाजिक कार्यमा हातेमालो गर्न हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×