NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही
बिपिन गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई अनुशासनात्मक कारबाहीस्वरूप महासचिवको जिम्मेवारीबाट हटाएको छ।
संघको कार्यसमितिको बैठकले संघको विधानको धारा १८ र १४.४ अनुसार सो निर्णय गरेको हो। सोडारीमाथि हाल सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सार्वजनिक रूपमा आएका गतिविधिहरू र आरोप–प्रत्यारोपका विषयमा लिखित स्पष्टीकरण माग गरिएको थियो। तर, तोकिएको २४ घण्टे समयसीमा भित्र स्पष्टीकरण नआएपछि संघले अनुशासनात्मक प्रक्रिया अघि बढाएको जनाएको छ।
संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ —“संघको प्रतिष्ठा, एकता, अनुशासन र विश्वास कायम राख्ने उद्देश्यले गरिएको यो निर्णयले संस्थागत मर्यादा र आचारसंहिताको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ।”










