Advertisement
Advertisement

Day: ४ कार्तिक २०८२, सोमबार १२:२१

NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही

NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही बिपिन गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई अनुशासनात्मक कारबाहीस्वरूप महासचिवको जिम्मेवारीबाट हटाएको छ। संघको कार्यसमितिको बैठकले संघको विधानको धारा १८ र १४.४ अनुसार सो निर्णय गरेको हो। सोडारीमाथि हाल सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सार्वजनिक रूपमा आएका गतिविधिहरू र आरोप–प्रत्यारोपका विषयमा लिखित स्पष्टीकरण माग गरिएको थियो। तर, तोकिएको २४ घण्टे समयसीमा भित्र स्पष्टीकरण नआएपछि संघले अनुशासनात्मक प्रक्रिया अघि बढाएको जनाएको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ —“संघको प्रतिष्ठा, एकता, अनुशासन र विश्वास कायम राख्ने उद्देश्यले गरिएको यो निर्णयले संस्थागत मर्याद...
जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ। २०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ। सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ। राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भए...
आजको राशिफल: २०८२ कार्तिक ३ गते सोमबार

आजको राशिफल: २०८२ कार्तिक ३ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो) शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धक...