दक्षिण कोरिया,दिनेश रावत द्वारा निर्देशित नेपाली कथानक चलचित्र पुजार सार्की यहि आउँदो जुन ९ तारिख आईतवारका दिन सुवन स्थितित FAMILY WOMEN,S HALL (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀 हलमा प्रदर्शन गर्ने भएको छ।
राप्ती समाज दक्षिण कोरिया द्वारा आपत्कालीन राहत कोष स्थापनार्थ यहि मिति २०२४/०६/०९ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २:३० वाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने अध्यक्ष अमृत के सी ले बताउनु भएको हो।
नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारीत फिल्म पुजार सार्की सबै नेपालीले हेर्नै पर्ने चलचित्र हो।
फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहेका छन्। कोरियाका लागि भने अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले प...
९ बैशाख २०८१, आईतवार १२:०७९ बैशाख २०८१, आईतवार १२:०७९ बैशाख २०८१, आईतवार १२:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान र भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमको अवसर पारेर फेन्थेक स्थित THE ROYAL RESTAURANT मा बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शित चलचित्र “महाजात्रा” को हिसाब किताब सार्वजनिक भएको छ।
आपतकालीन रात कोष स्थापनार्थ जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” सउल सो प्रदर्शन गरेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले ७५ लाख १९ हजार ७ वन वचत गरेको हो। चलचित्र प्रदर्शनमा टिकट मार्फत ६५ लाख ७५ हजार वन ,व्यक्तिगत सहयोग मार्फत १३ लाख ७० हजार ८८८ वन , संस्थागत सहयोग मार्फत १३ लाख ५५ हजार वन , कार्यसमितिका पदाधिकारी मार्फत सहयोग २१ लाख ७ हजार ७७५ वन रेमिट र प्राय...
५ बैशाख २०८१, बुधबार ११:५७५ बैशाख २०८१, बुधबार ११:५७५ बैशाख २०८१, बुधबार ११:५७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुना वरपर घुम्छ ।
ट्रेलरले कथा, चरित्र चित्रण र द्वन्द्वको आयामलाई प्रकाश पार्छ । घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।
फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् भने मेनुका उनकी पत्नीको भ...
५ बैशाख २०८१, बुधबार ११:३२५ बैशाख २०८१, बुधबार ११:३२५ बैशाख २०८१, बुधबार ११:३२ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :कोरिया स्थित स्याङ्जा परिवारले आउँदो जून महिनाको १ र २ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरी सो कार्यक्रमको आयोजना गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्दर्भ किम्हे/बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले बताए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...
५ बैशाख २०८१, बुधबार ०१:०७५ बैशाख २०८१, बुधबार ०१:०७५ बैशाख २०८१, बुधबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ बुद्ध जयन्तीको अवसरमा जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।
부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ ।
पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्रतियोगिता पहिलो चरण लिग सिस्टम मा खेलाईने छ। टीम दर्ता मे २६ दिउँसो १२ बजे सम्म रहने छ। वि...
४ बैशाख २०८१, मंगलवार १०:०१४ बैशाख २०८१, मंगलवार १०:०१४ बैशाख २०८१, मंगलवार १०:०१ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो ।
भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।
नेपालको सङ्घीय संसद्ले नेपाल–कोरिय...
४ बैशाख २०८१, मंगलवार ०९:४४४ बैशाख २०८१, मंगलवार ०९:४४४ बैशाख २०८१, मंगलवार ०९:४४ by विशाल श्रेष्ठNo Comments
"उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव" भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ स्थापना भएको "ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया" ले आइतवार आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले यस क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि एन आए एन ए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले यस क्षेत्रमा नेपाली समाजको आवश्यकता रहेको र यसका लागि पहल कदमी गर्ने साथीहरुलाई धन्यवाद दिदै संस्थाको उच्च सफलताको कामना व्यक्त गर्नुभयो। साथै NRNA को तर्फबाट संस्थालाई आवश्यक हरेक सहयोग पनि प्रदान गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थि...
३ बैशाख २०८१, सोमबार १३:०३३ बैशाख २०८१, सोमबार १३:०३३ बैशाख २०८१, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाको आयोजनामा गत मार्च २४ तारिख सम्पन्न आनसान होली महोत्सवमा भएको आम्दामी र खर्चको विवरण सार्वजनिक गरिएको छ ।
सोमबार पाँच "स" को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको आर्थिक प्रतिबेदन अनुसार सस्थागत तथा पदाधिकारी बाट प्राप्त सहयोग, ब्यक्तिगत सहयोग, खाना लगायत होली सामाग्री स्टल बाट जम्मा ६९ लाख ३२ हजार ८०० आम्दानी भएको र कार्यक्रम ब्यबस्थापन ,साउण्ड् सिस्टम लगायत बिबिध खर्चमा ३९ लाख २० हजार ४५० वन खर्च भएको देखाइएको छ ।आम्दानी भएको रकम मा खर्च कटौती गरेर ३० लाख १२ हजार ३५० वन जम्मा भएको र स्पोन्सर बाट अझै ४ लाख ५६ हजार वन उठ्न बाँकी रहेको प्रतिबेदन मा उल्लेख गरिएको छ।
आर्थिक प्रतिवेदन प्रस्...
३ बैशाख २०८१, सोमबार १२:१७३ बैशाख २०८१, सोमबार १२:१७३ बैशाख २०८१, सोमबार १२:१७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भएको छ।
गत शुक्रबार नेपाली राजदूतावास दक्षिण कोरिया 'सिओल"ले विज्ञप्ति जारी गर्दै बुद्ध जयन्तीमाको अवसर पारी नेपाल बौद्ध परिवारको सँगको संयुक्त आयोजनामा कार्यक्रमको तयारी अगाडि बढेको जनाएको हो।
विगत १,२०० बर्षदेखि बुद्ध जयन्तीमा कोरियामा हुँदै आएको परेडमा नेपाल बौद्ध परिवारको आयोजनामा नेपालीहरुको समेत सहभागिता रहदै आएको छ। यसबर्ष बैशाख २९ गते शनिबार दोङगुक विश्वविद्यालय स्थित 'ग्रान्ड प्लेग्राउण्ड' मा ३ बजेर ४५ मिनेट अगावै कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रमले बुद्ध तथा लुम्बिनीको प्रचारमा थप टेवा पुग्ने जनाएको छ। यस बर्ष नेपाल-कोरियाको कुटनितीक सम्बन्धले ५० बर्ष पार गरेको अवसर रहेको हुँदा पनि संयुक्त आयोजनामा परेडको तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ...
३ बैशाख २०८१, सोमबार ०१:५९३ बैशाख २०८१, सोमबार ०१:५९३ बैशाख २०८१, सोमबार ०१:५९ by विशाल श्रेष्ठNo Comments
नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (Society of Nepalese Student in South Korea, SONSIK) ले नवौँ खेलकुद उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। गत अप्रिल ६ र ७ गतेका दिन सनमुन यूनिभर्सिटिको प्राङ्गणमा सम्पन्न भएको उक्त उत्सवमा फुटसल, भलिबल, ब्याडमिन्टन तथा 800 मीटर दौड प्रतियोगिता आयोजना गरिएको थियो।
दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा फुटसल उपाधिका लागि एक दर्जनभन्दा बढी टिमले प्रतिस्पर्धा गरेका थिए भने आठ ओटा टिम भलीबल विजेताको उपाधिका लागि मैदानमा उत्रिएका थिए। प्रतियोगिताहरू अन्तराष्ट्रिय मापदण्डअनुसार लिग पद्धतिमा अत्यन्तै शान्त वातावरणमा विवादरहित, निष्पक्ष र भव्यताका साथ सुसम्पन्न भएको कार्यक्रमका संयोजक अमिर जंग खड्काले जानकारी दिनुभयो।
दक्षिण कोरियामा रहेका सम्पूर्ण खेलप्रेमी विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूसहीत करीब दुई सय पचास भन्दा बढी नेपालीहरुको उत्साहजनक ...