Advertisement
Advertisement

कोरियामा सम्पन्न भयो दुई दिने खेलकुद उत्सव, फुटसल र भलिबल दुबैमा नासारेत यूनिभर्सिटिले मार्यो बाजी

Advertisement
Advertisement

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (Society of Nepalese Student in South Korea, SONSIK) ले नवौँ खेलकुद उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। गत अप्रिल ६ र ७ गतेका दिन सनमुन यूनिभर्सिटिको प्राङ्गणमा सम्पन्न भएको उक्त उत्सवमा फुटसल, भलिबल, ब्याडमिन्टन तथा 800 मीटर दौड प्रतियोगिता आयोजना गरिएको थियो।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा फुटसल उपाधिका लागि एक दर्जनभन्दा बढी टिमले प्रतिस्पर्धा गरेका थिए भने आठ ओटा टिम भलीबल विजेताको उपाधिका लागि मैदानमा उत्रिएका थिए। प्रतियोगिताहरू अन्तराष्ट्रिय मापदण्डअनुसार लिग पद्धतिमा अत्यन्तै शान्त वातावरणमा विवादरहित, निष्पक्ष र भव्यताका साथ सुसम्पन्न भएको कार्यक्रमका संयोजक अमिर जंग खड्काले जानकारी दिनुभयो।


दक्षिण कोरियामा रहेका सम्पूर्ण खेलप्रेमी विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूसहीत करीब दुई सय पचास भन्दा बढी नेपालीहरुको उत्साहजनक सहभागिता रहेको उक्त दुई दिने महोत्सवको अवसरमा खेलकुद प्रतियोगिता सँगसँगै विद्यार्थी ओरिन्टेसन, नेपाली सांस्कृतिक साँझ, सोनसिक सिनियर मिट तथा अभिनन्दन, अन्तरकृया र नेपाली चलचित्र-साँझ पनि सम्पन्न गरिएको थियो। नवआगन्तुक विद्यार्थीहरुलाई प्रेरणा तथा सचेतना प्रदान गर्ने उद्देश्यका साथ ओरिनटेसन कार्यक्रम आयोजना गरिएको संस्थाका कार्यकारी अध्यक्ष मेघनाथ पौडेलले स्पष्ट पार्नुभयो। औपचारिक कार्यक्रम नेपाली राजदुतावासका उपनियोग प्रमुख श्री पुस्पराज भट्टराई ज्यु को प्रमुख आतिथ्यता तथा सनमुन यूनिभर्सिटिका उप-सभापति ली मीन हो को बिशिष्ट आतिथ्यतामा सम्पन भएको थियो । कार्यक्रममा बिभिन्न यूनिभर्सिटिका कोरियन तथा नेपाली प्राध्यापकहरु, अन्य देशका विद्यार्थी समाजका प्रतिनिधिहरु, सोनसिक सीनियरहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति झल्किने नेपाली नृत्यहरुको प्रस्तुति दिएका थिए । कार्यक्रममै SONSIK र NESPO बिच बिभिन्न बुंदाहरुका बिषयमा MOU सम्पन भएको थियो । कार्यक्रमको सहजीकरण बिसौँ कार्यसमितिका सहसचिव गायत्री थापा तथा सदस्य क्षितिज थापाले गर्नुभएको थियो।

दुई दिने खेलकुद उत्सवको अर्को आकर्षण चलचित्र महाजात्रा थियो । “विद्यार्थी सहायता कोष” स्थापनाका लागि विशाल आवाज मीडिया प्रा लि सँगको सहकार्यमा नेपाली चलचित्र महजात्र प्रश्तुत गरिएको हो। साथै नेपालमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिरहेको सोनसिकको छात्र बृत्ति कार्यक्रमका लागि SentBe Remittance सँगको सहकार्यमा प्रदान गर्न लागिएको विद्यार्थी छात्रवृति पनि कार्यक्रमको अवसरमा सेन्टवे रेमिट्यान्सले SONSIK लाई प्रदान गरेको थियो।

कार्यक्रमको दोश्रो दिन सम्पन्न भएको खेलकुद प्रतियोगितामा दक्षिण कोरियाका दर्जनौँ विश्वविद्यालयहरूलाई प्रतिनिधित्व गर्दै सहभागिता भएका दुई दर्जनभन्दा बढी नेपाली विद्यार्थीसम्बद्ध खेलकुद टिमहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेको कोरिया नाजारिन विश्वविद्यालयले फुटसल तथा भोलिबल दुवैतर्फ विजेता बन्दै बाह्र लाख पचास हजार कोरियन वन धनरासी बराबरको पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो। युङ्ग्नाम विश्वविद्यालय फुटसल प्रतियोगिताको रनरअप बन्न सफल भएको थियो भने भोलीबल प्रतियोगिताको रनरअपमा गाङ्गस विश्वविद्यालय आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको थियो। रनरअप टिमले फुटसल र भोलिबलमा क्रमश पाँच लाख र एक लाख पचास हजार कोरियन वन धनराशि सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको संस्थाका सचिव नारायण सराफले जानकारी दिनुभयो। त्यसै गरी ब्याडमिन्टनमा जुनु भोटे प्रथम हुनुभएको थियो भने उपविजेता सखोने फक्फौमी बन्नुभएको थियो। 800 मीटर दौडमा भने अरविन्द चौधरी प्रथम र अन्जय अधिकारी द्वितीय हुनुभएको थियो। ब्याडमिन्टन र दौडको प्रथम तथा द्वितीयले क्रमसः एक लाख र पचास हजार कोरियन वनसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो। प्रतियोगिता अत्यन्तै रोचक, निष्पक्ष र उत्साहजनक रूपमा सफल भएको कार्यक्रमका सल्हाकार सुन्दर बरुवालले बताउनुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×