Advertisement
Advertisement

Day: ३ बैशाख २०८१, सोमबार १३:०३

आनसान होली महोत्सवको आयब्यय सार्वजनिक ३० लाख वन भन्दा बढि वचत, चार लाख वन उठ्नै बाँकी 

आनसान होली महोत्सवको आयब्यय सार्वजनिक ३० लाख वन भन्दा बढि वचत, चार लाख वन उठ्नै बाँकी 

Breaking News, जानकारी, भर्खरै
  पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाको आयोजनामा गत मार्च २४ तारिख सम्पन्न आनसान होली महोत्सवमा भएको आम्दामी र खर्चको विवरण सार्वजनिक गरिएको छ । सोमबार पाँच "स" को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको आर्थिक प्रतिबेदन अनुसार सस्थागत तथा पदाधिकारी बाट प्राप्त सहयोग, ब्यक्तिगत सहयोग, खाना लगायत होली सामाग्री स्टल बाट जम्मा ६९ लाख ३२ हजार ८०० आम्दानी भएको र कार्यक्रम ब्यबस्थापन ,साउण्ड् सिस्टम लगायत बिबिध खर्चमा ३९ लाख २० हजार ४५० वन खर्च भएको देखाइएको छ ।आम्दानी भएको रकम मा खर्च कटौती गरेर ३० लाख १२ हजार ३५० वन जम्मा भएको र स्पोन्सर बाट अझै ४ लाख ५६ हजार वन उठ्न बाँकी रहेको प्रतिबेदन मा उल्लेख गरिएको छ।   आर्थिक प्रतिवेदन प्रस्...
बुद्ध जयन्तीको अवसरमा मे ११ मा “लोटस लालटेन परेड” हुने

बुद्ध जयन्तीको अवसरमा मे ११ मा “लोटस लालटेन परेड” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भएको छ। गत शुक्रबार नेपाली राजदूतावास दक्षिण कोरिया 'सिओल"ले विज्ञप्ति जारी गर्दै बुद्ध जयन्तीमाको अवसर पारी नेपाल बौद्ध परिवारको सँगको संयुक्त आयोजनामा कार्यक्रमको तयारी अगाडि बढेको जनाएको हो। विगत १,२०० बर्षदेखि बुद्ध जयन्तीमा कोरियामा हुँदै आएको परेडमा नेपाल बौद्ध परिवारको आयोजनामा नेपालीहरुको समेत सहभागिता रहदै आएको छ। यसबर्ष बैशाख २९ गते शनिबार दोङगुक विश्वविद्यालय स्थित 'ग्रान्ड प्लेग्राउण्ड' मा ३ बजेर ४५ मिनेट अगावै कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमले बुद्ध तथा लुम्बिनीको प्रचारमा थप टेवा पुग्ने जनाएको छ। यस बर्ष नेपाल-कोरियाको कुटनितीक सम्बन्धले ५० बर्ष पार गरेको अवसर रहेको हुँदा पनि संयुक्त आयोजनामा परेडको तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ...
कोरियामा सम्पन्न भयो दुई दिने खेलकुद उत्सव, फुटसल र भलिबल दुबैमा नासारेत यूनिभर्सिटिले मार्यो बाजी

कोरियामा सम्पन्न भयो दुई दिने खेलकुद उत्सव, फुटसल र भलिबल दुबैमा नासारेत यूनिभर्सिटिले मार्यो बाजी

Breaking News, जानकारी, भर्खरै
नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (Society of Nepalese Student in South Korea, SONSIK) ले नवौँ खेलकुद उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। गत अप्रिल ६ र ७ गतेका दिन सनमुन यूनिभर्सिटिको प्राङ्गणमा सम्पन्न भएको उक्त उत्सवमा फुटसल, भलिबल, ब्याडमिन्टन तथा 800 मीटर दौड प्रतियोगिता आयोजना गरिएको थियो। दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा फुटसल उपाधिका लागि एक दर्जनभन्दा बढी टिमले प्रतिस्पर्धा गरेका थिए भने आठ ओटा टिम भलीबल विजेताको उपाधिका लागि मैदानमा उत्रिएका थिए। प्रतियोगिताहरू अन्तराष्ट्रिय मापदण्डअनुसार लिग पद्धतिमा अत्यन्तै शान्त वातावरणमा विवादरहित, निष्पक्ष र भव्यताका साथ सुसम्पन्न भएको कार्यक्रमका संयोजक अमिर जंग खड्काले जानकारी दिनुभयो। दक्षिण कोरियामा रहेका सम्पूर्ण खेलप्रेमी विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूसहीत करीब दुई सय पचास भन्दा बढी नेपालीहरुको उत्साहजनक ...
आजको राशिफल : २०८१ वैशाख ३ गते (सोमवार)

आजको राशिफल : २०८१ वैशाख ३ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिव...