Advertisement
Advertisement

ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाजको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा नवराज भट्टराई

Advertisement
Advertisement

“उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव” भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ स्थापना भएको “ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया” ले आइतवार आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले यस क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि एन आए एन ए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले यस क्षेत्रमा नेपाली समाजको आवश्यकता रहेको र यसका लागि पहल कदमी गर्ने साथीहरुलाई धन्यवाद दिदै संस्थाको उच्च सफलताको कामना व्यक्त गर्नुभयो। साथै NRNA को तर्फबाट संस्थालाई आवश्यक हरेक सहयोग पनि प्रदान गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुहुने तदर्थ समिति संयोजक नवराज भट्टराईले उपस्थित अतिथि लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्था यस क्षेत्रमा रहेका नेपालीहरुको अभिभावक बन्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो। साथै उक्त कार्यक्रममा खाजाको प्रबन्ध गर्नुहुने कसम रेष्टुरेन्टका सञ्चालक कहर मान राई ज्यूलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीक सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो। अशोक कुमार थापाले सञ्चालन गर्नुभएको ।खुल्ला सत्र कार्यक्रममा उपस्थित महानुभावहरुलाई ह्यारी बोण्डले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो।

광주 이주민 나눔 센터 मा सम्पन्न बन्द सत्र भेलाले अशोक कुमार थापाको नेतृत्वमा तयार पारिएको संस्थाको विधान पारित गरि नवराज भट्टराईको अध्यक्षतामा संस्थाको संस्थापक समिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा ह्यारी थापा, महिला उपाध्यक्षमा सन्जिता लामा र उपाध्यक्षमा अशोक कुमार थापा, छविराम धमला ( सुन्याम) र रन्जु श्रेष्ठ चयन हुनुभएको छ । समाजको महासचिवमा ह्यारी बोण्ड, सचिवमा दिलिप जङ्ग पाण्डे र श्रीराम थापा, कोषाध्यक्ष नारायण कंडेल र सहःकोषाध्यक्षमा सन्तोष ताम्राकार चयन हुनुभएको छ ।
समाजका नवनिर्वाचित सदस्यहरुमा अनिल पौडेल, रामु रेग्मी, श्रीधर अर्याल, लाक्पा ओङ्दी शेर्पा, सन्तोष प्रसाद श्रेष्ठ, युवराज भट्टराई, सविन खड्का, सन्तोष कुमार श्रेष्ठ, सन्जोग चेम्जोङ, चन्द्र भट्टराई, विश्वास भुसाल, लक्ष्मण दाहाल,जीवन पौडेल, नेत्र कुँवर, रमेश भुजेल र कमला भुसाल चयन हुनुभएको छ ।
नविन पराजुलीको संयोजनमा भुमिराज भुषाल र चन्द्र तामाङ सम्मिलित ३ सदस्यिय निर्वाचन समितिले सर्वसम्मतबाट कार्यसमिति चयन गरिएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×