Advertisement
Advertisement

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : चरित्रको गहिराइमा विवाहेत्तर सम्बन्धको कथा

Advertisement
Advertisement

काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुना वरपर घुम्छ ।

ट्रेलरले कथा, चरित्र चित्रण र द्वन्द्वको आयामलाई प्रकाश पार्छ । घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।

फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् भने मेनुका उनकी पत्नीको भूमिकामा छिन् । उनको लवज सुन्दा उनले नेवारी चरित्र निर्वाह गरेको देखिन्छ । मेनुका र प्रवीणका पात्रको नोकझोंक रोचक छ ।

दूध बाँड्ने क्रममा प्रवीण र मिरुना निकट हुन्छन् र कथा त्यहीअनुसार अघि बढ्छ । पालम गाउँदै गरेका दयाहाङको ‘इन्ट्री’ पनि रोचक छ । उनको पात्रलाई विस्तृत नखुलाई ‘सस्पेन्स’ राखिएको छ ।

निर्देशक सुब्बाले यसअघि मिरुना र दयाहाङलाई लिएर ‘जारी’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रुपमा ब्लकबस्टर सावित बन्यो । यसपटक पनि उनले पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई कथावस्तुको मियोको रुपमा प्रस्तुत गरेका छन् ।

चर्चित कवि विप्लव प्रतीक पनि फिल्ममा देखिएका छन् । एक्टरको रुपमा यो उनको डेब्यु फिल्म हो । फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतको अभिनय छ । यो फिल्मबाट छायाकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण थालेका छन् ।

पत्रकार सम्मेलनमा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स हलका निर्देशक नकिम उद्दिन, डीसीएनका प्रबन्ध निर्देशक अशोक शर्मा, निर्देशक नवीन सुब्बा लगायतले शुभकामना दिए ।https://www.facebook.com/share/v/1jAhihfqSBa68XHK/?mibextid=WC7FNe

‘मनसरा’ फिल्म वैशाख २१ गतेबाट प्रदर्शन तयारीमा छ । फिल्म निर्माणमा कबड्डी फिल्म्स र बाँसुरी फिल्म्सले सहकार्य गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×