काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुना वरपर घुम्छ ।
ट्रेलरले कथा, चरित्र चित्रण र द्वन्द्वको आयामलाई प्रकाश पार्छ । घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।
फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् भने मेनुका उनकी पत्नीको भ...
५ बैशाख २०८१, बुधबार ११:३२५ बैशाख २०८१, बुधबार ११:३२५ बैशाख २०८१, बुधबार ११:३२ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :कोरिया स्थित स्याङ्जा परिवारले आउँदो जून महिनाको १ र २ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरी सो कार्यक्रमको आयोजना गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्दर्भ किम्हे/बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले बताए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल...
५ बैशाख २०८१, बुधबार ०६:४९५ बैशाख २०८१, बुधबार ०६:४९५ बैशाख २०८१, बुधबार ०६:४९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (공주시 단천면 삼거리1길 8-1 공주유스호스텔) मा सो कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ ।
सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण गरिएको ...
५ बैशाख २०८१, बुधबार ०३:३७५ बैशाख २०८१, बुधबार ०३:३७५ बैशाख २०८१, बुधबार ०३:३७ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम राेकिनाले आयस्राेत समेत कमजाेर बन्न सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहर...
५ बैशाख २०८१, बुधबार ०१:०७५ बैशाख २०८१, बुधबार ०१:०७५ बैशाख २०८१, बुधबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ बुद्ध जयन्तीको अवसरमा जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।
부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ ।
पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्रतियोगिता पहिलो चरण लिग सिस्टम मा खेलाईने छ। टीम दर्ता मे २६ दिउँसो १२ बजे सम्म रहने छ। वि...