Advertisement
Advertisement

Breaking News

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई अदालतको फैसलापछि शनिबार हिरासतबाट रिहा गरेको छ। मार्शल ल लागू गर्ने गरेर विद्रोह भड्काएको आरोपमा पक्राउ गरिएको ५२ दिनपछि उनलाई शनिबार हिरासतबाट रिहा गरिएको हो । उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट युनलाई रिहा गरिएको एक दिनपछि सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनको गिरफ्तारी रद्द गर्न स्वीकार गरेको हो। हिरासत केन्द्रबाट निस्कँदा समर्थकहरू र सत्तारूढ पिपुल पावर पार्टीका सांसदहरूले जयजयकारमा आएका थिए।अभियोजक जनरल शिम वू-जुङले निलम्बित राष्ट्रपतिलाई रिहा गर्ने अदालतको फैसला स्वीकार गरेको केही समयपछि युनलाई रिहा गरिएको हो । उनको रिहाइसँगै, युन हिरासत बिना मुद्दा चलाउन सक्षम हुनेछन्।...
नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेको नेपाल भलिबल संघ दक्षिण कोरियाले मार्च ९ तारिकको दिन जुम भर्चुअल माध्यमबाट “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित नेपाली भलिबल खेलको विकास र विस्तारका लागि दक्षिण कोरियामा स्थापित नेपाल भलिबल संघ, दक्षिण कोरिया शाखाले आफ्नो मातहतमा आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाली भलिबल रेफ्रीहरूलाई लक्षित गर्दै “अफिसियल भलिबल नियम २०२५-२०२८” अनुसार भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन सम्बन्धी जुम भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो। नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा ले प्रशिक्षण गर्ने कक्षामा नाम दर्ता तथा सहभागिता जनाउनका लागि मार्च ९ तारिख दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाउदै दक्षिण कोरियामा रहेका सम्पू...
रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक, आर्यन सिग्देलको धमाका !

रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक, आर्यन सिग्देलको धमाका !

Breaking News, Breaking news 2, जानकारी, धर्म सस्कृति, समाचार
बर्दिवास – होली पर्वको अवसरमा गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनले यो गीत गाएका हुन् । गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !” गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । साथै, स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा ...
जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ मा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने

जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ मा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्ने भएको छ।  नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हाललाई दुईवटा लक्ष्य निर्धारण गरेको र पहिलो लक्ष्य विशेषगरी कोरिया स्थित नेपाली समुदाय र सकेसम्म समग्र कोरियालाई पनि नेपालको बारेमा विभिन्न जानकारी सहित समसामयिक परिस्थितिको बारेमा अवगत गराउने र नेपाल वा विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई कोरिया र कोरिया स्थित नेपाली समुदायसँग सम्बन्धित हरेक सूचना सन्देश एवं गतिविधिहरु सम्प्रेषण गर्ने रहेको छ अध्यक्ष जीवन खतिवडाले...
जेठ १८ गतेदेखि विशेष (CBT)कोरियन भाषा परीक्षा

जेठ १८ गतेदेखि विशेष (CBT)कोरियन भाषा परीक्षा

Breaking News, जानकारी, भर्खरै
आगामी जेठ १८ गतेदेखि विशेष कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर जेठ १८ देखि २० गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनौट गर्ने क्रममा विशेष परीक्षा सञ्चालन हुँदै आएको छ। ईपीएसअन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै वैधानिक रूपले नेपाल फर्केका कामदारहरू परीक्षा दिन पाउने छन्। आगामी चैत १७ देखि १९ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। जेठ १२ गते परीक्षा तालिका घोषणा हुने छ। जेठ ३० गते नतिजा प्रकाशन गरिने छ।...
मार्च ९ मा मा सौलको जोगेसामा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “दुखी आत्मा”

मार्च ९ मा मा सौलको जोगेसामा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको राजधानी सहर सउलमा पनि यही आउँदो मार्च ९ तारिखका दिन जोगेसाको हलमा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही मार्च ९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सउल स्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन सहरमा सफलताका साथ प्रदर्शन ‌गरि सेल सो गर्न लागेको आयोजकले सौल सो पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कवि...
बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय बाग्लुङ समाज दक्षिण कोरिया, थेगु शाखाको आइतबारका दिन थेगुमा तेस्रो अधिवेशन सम्पन्न भइ संस्थाको अध्यक्षमा चिरन थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।  “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ स्थापित संस्थाको मार्च २ तारिख आइतबारका दिन थेगुस्थित STU को हलमा सम्पन्न तेस्रो अधिवेशनबाट चिरन थापा मगरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो। थेगुमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत का व्यक्तिहरूको बाक्लो उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट ब.उपाध्यक्षमा भेद मगर,उपाध्यक्षमा रिषी राम पौडेल ,सोम थापा, जिना पुन,सचिबमा बेन सुनार,सह-सचिबना दुर्गा थापा, कोषाध्यक्षमा सागर थापा,सह-कोषाध्यक्षमामुकुन्द ढकाल र सदस्यहरूमा राजु माझी,हरि थापा,हरि रेग्मी ...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा नरकुमार गुरुङ सर्वसम्मत चयन, कार्यकारी पद हरु भने खाली

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा नरकुमार गुरुङ सर्वसम्मत चयन, कार्यकारी पद हरु भने खाली

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दक्षिण कोरियाको सउलमा भएको दोस्रो अधिवेशन २०२५ बाट नरकुमार गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन तर महासचिव र कोषाध्यक्ष सहित केही कार्यकारी पद हरुमा  उम्मेदवारी नै नपरेपछि ती पदहरू रिक्त रहेका छन्। प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना भएको दोस्रो ऐतिहासिक अधिवेशनबाट नरकुमार गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो। दीपक पुनको संयोजकत्वमा डा. टिकाराम अर्याल खोमप्रसाद गुरुङ, दीपक केसी र बिदुर शर्मा सदस्य रहेको निर्वाचन समितिले स्याङ्जाका गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्मला सुर्खालि(तनहु), उपाध्यक्षहरुमा अमृत पाठक(...
मे को पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्दै डाइनामिक मोरङ कमिटि दक्षिण कोरिया

मे को पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्दै डाइनामिक मोरङ कमिटि दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने भएको छ।  “प्रवासमा रहेका मोरङ्गेलीहरूको एकता,आपसी सद्भाव सहयोग र सहकार्य हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको आनसानमा सन्तोष सिग्देलको अध्यक्षतामा बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको। संस्थाको महासचिव रविन्द्र भट्टराईले सञ्चालन गरेको बैठकबाट विभिन्न प्रस्ताव उपर छलफल गरी निर्णय गरिएको थियो। पहिलो बैठकबाट मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने निर्णय गर्नुका साथै संस्थाको संरक्षक संस्थापक सल्लाहकार हरू समेत चयन गरिएको छ। संस्थालाई हरेक समयमा साथ सहयोग र उचित सल्लाह सुझाव दिनका लागि डा. देवी बहादुर बस्नेत, नवराज शिवाकोटी, चन्द्र फुयाल,रोशन भट्टराई,जीव...
ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्दीप हुक्पा चोङ‌वाङ्ग

ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्दीप हुक्पा चोङ‌वाङ्ग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाजः कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न  पाँचौ अधिवेशन बाट सन्दीप हुक्पा चोङ‌वाङ्गको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ। “ दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको  ऐतिहासिक पाँचौ अधिवेशन  दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो। नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो। ...