विशाल आवाज: अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको राजधानी सहर सउलमा पनि यही आउँदो मार्च ९ तारिखका दिन जोगेसाको हलमा प्रदर्शन हुने भएको छ।
आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही मार्च ९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सउल स्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।

सुवन सहरमा सफलताका साथ प्रदर्शन गरि सेल सो गर्न लागेको आयोजकले सौल सो पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको जनाएको छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । हिमाल कडरियाले फिल्मको निर्माण गरेका हुन् ।









