Advertisement
Advertisement

Day: १९ फाल्गुन २०८१, सोमबार १३:११

मार्च ९ मा मा सौलको जोगेसामा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “दुखी आत्मा”

मार्च ९ मा मा सौलको जोगेसामा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको राजधानी सहर सउलमा पनि यही आउँदो मार्च ९ तारिखका दिन जोगेसाको हलमा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही मार्च ९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सउल स्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन सहरमा सफलताका साथ प्रदर्शन ‌गरि सेल सो गर्न लागेको आयोजकले सौल सो पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कवि...
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल वितरण ब्यापक

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल वितरण ब्यापक

समाचार
  नेपालि कांग्रेस को प्रवाशि भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल सदस्यता वितरण , भेटघाट , छलफल तथा अन्तर्कृया कार्यक्रम ब्यापक रुपमा अघी बढीरहेको छ। कृयाशिल सदस्यता वितरण ब्यापक गर्न मार्च १ तारिक का दिन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्षेत्र नं ७ बुसान  र मार्च २  तारिकका दिन क्षेत्र नम्बर ६ थेगु द्वारा आयोजित भेटघाट, पार्टी कृयाशिल वितरण  कार्यक्रम सम्पन्न भएको हो।। केन्द्रिय कार्यसमितिका पदाधिकारी हरु क्षेत्र न -७ बुसान र  क्षेत्र नम्बर ६ थेगुको आयोजना मा कृयाशिल सदस्यता वितरण ,  भेटघाट ,   छलफल तथा अन्तर्कृया कार्यक्रमका लागि पुगेका थिए ।  नेपालि जनसम्पर्क समिति दक्षिण कोरिया   बुसान का क्षेत्रीय  सभापति जिवन पछाइ को सभापतित्व,  केन्द्रीय सभापति भजिन्द्र क्षेत्री  को प्रमुख आथित्य तथा केन्द्रीय  उपसभापति जितेन्द्...
बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय बाग्लुङ समाज दक्षिण कोरिया, थेगु शाखाको आइतबारका दिन थेगुमा तेस्रो अधिवेशन सम्पन्न भइ संस्थाको अध्यक्षमा चिरन थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।  “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ स्थापित संस्थाको मार्च २ तारिख आइतबारका दिन थेगुस्थित STU को हलमा सम्पन्न तेस्रो अधिवेशनबाट चिरन थापा मगरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो। थेगुमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत का व्यक्तिहरूको बाक्लो उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट ब.उपाध्यक्षमा भेद मगर,उपाध्यक्षमा रिषी राम पौडेल ,सोम थापा, जिना पुन,सचिबमा बेन सुनार,सह-सचिबना दुर्गा थापा, कोषाध्यक्षमा सागर थापा,सह-कोषाध्यक्षमामुकुन्द ढकाल र सदस्यहरूमा राजु माझी,हरि थापा,हरि रेग्मी ...