आगामी जेठ १८ गतेदेखि विशेष कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर जेठ १८ देखि २० गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनौट गर्ने क्रममा विशेष परीक्षा सञ्चालन हुँदै आएको छ।

ईपीएसअन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै वैधानिक रूपले नेपाल फर्केका कामदारहरू परीक्षा दिन पाउने छन्। आगामी चैत १७ देखि १९ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। जेठ १२ गते परीक्षा तालिका घोषणा हुने छ। जेठ ३० गते नतिजा प्रकाशन गरिने छ।


Post Views: 396








