देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ।
२०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ।
सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ।
राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भए...
३ कार्तिक २०८२, आईतवार ०८:३१३ कार्तिक २०८२, आईतवार ०८:३१३ कार्तिक २०८२, आईतवार ०८:३१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको फेन्थेकस्थित 𝐂𝐆𝐕 हल मा यही अक्टोबर २६, आइतबार दिउँसो २:३० बजे नेपाली कथानक चलचित्र “बलिदान” विशेष प्रदर्शन हुने भएको छ।
चलचित्रको प्रदर्शन “Nepali Heart Vibe” को आयोजनामा हुँदैछ भने विशाल आवाज पनि आधिकारिक मिडिया पार्टनर रहेका छ।
पछिल्लो समय निकै चर्चा र प्रतिक्षामा रहेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा छन्। चलचित्रको निर्देशन सन्तोष सेन ले गरेका हुन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।
देशभक्ति र एक्शन कथामा आधारित चलचित्र बलिदान ले देशको अस्मिता र आन्तरिक समस्यामा बाह्य शक्तिको हस्तक्षेपपछि उत्पन्न परिस्थितिलाई चित्रण गरेको छ। चलचित्रमा देश र जनताको लागि लड्ने एक युगपुरुषको कथा मार्मिक रूपमा प्रस्तुत गरिएको बताइएको छ।
नेपालमा यो चलचित्र बडादशैंको फूलपातीका दिन एकैसाथ प्रदर्शनमा ...
३० आश्विन २०८२, बिहीबार ०१:१६३० आश्विन २०८२, बिहीबार ०१:१६३० आश्विन २०८२, बिहीबार ०१:१६ by एलिनाNo Comments
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती तथा शुभ दीपावलीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले अक्टोबर १९ आईतवारका दिन “लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम” आयोजना गर्ने भएको छ।
“काव्य–सुधा” शृङ्खलाको १७६औं संस्करणका रूपमा हुने उक्त कार्यक्रम अक्टोबर १९, २०२५ आइतबारका दिन, साँझ ६:०० बजे (नेपाली समय) फेसबुक लाइभ र जुममार्फत प्रत्यक्ष प्रसारण हुनेछ।
यस विशेष साहित्यिक सन्ध्यामा विनोद परिवर्तित, जनक सन्याल र निर कमल उपाध्यायले कविता वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण अनेसास कोरिया च्याप्टरका सदस्य सुधाकर दाहालले गर्नेछन्।
नेपालका महान् कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना गरिएको यस कवि–सन्ध्याले कोरियामा रहेका नेपाली साहित्यप्रेमीबीच साहित्यिक संवाद र सिर्जनाको वातावरण थप सशक्त बनाउने अनेसास कोरिया च्याप्टरले जना...
२८ आश्विन २०८२, मंगलवार १७:०१२८ आश्विन २०८२, मंगलवार १७:०१२८ आश्विन २०८२, मंगलवार १७:०१ by विशाल श्रेष्ठNo Comments
प्रवासी नेपालीहरूले आफ्ना संस्कृति र चाडपर्व परदेशमा पनि जोगाउँदै आएको प्रमाणस्वरूप ह्वासङ नेपाली परिवार, दक्षिण कोरिया ले यो वर्ष पनि अक्टोबर २६ मा ह्वासङमा भव्य देउसी भैलो कार्यक्रम–२०२५ आयोजना गर्ने छ।
화성시외국인복지센터 (Hwaseong Immigrants Community Service Center) को सहयोगमा आयोजना हुने यो कार्यक्रम अक्टोबर 26 (आइतबार) का दिन बिहान ११:०० बजे देखि सुरु हुने बताइएको छ। कार्यक्रमको स्थल ह्वासङ विदेशी कल्याणकारी केन्द्रको दोस्रो तल्लामा तय गरिएको छ।
‘प्रवासी भूमिमा एकता नै सहारा हो’ भन्ने मूल नाराका साथ स्थापित सस्थाको आयोजनामा हुने यस देउसी–भैलो कार्यक्रमको उद्देश्य कोरियामा बसोबास गर्ने नेपालीबीच आपसी एकता, भाइचारा र संस्कृतिको संरक्षण गर्नु रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, देउसी–भैलो गीत, नृत्य, रमाइला खेलकुद तथा स्वादिष्ट नेपाली परिकार...
२८ आश्विन २०८२, मंगलवार ०७:३४२८ आश्विन २०८२, मंगलवार ०७:३४२८ आश्विन २०८२, मंगलवार ०७:३४ by विशाल श्रेष्ठNo Comments
नेकपा (माओवादी केन्द्र) निकट युवाहरूले दक्षिण कोरियामा पनि नयाँ संगठन ‘जेनजी रेड फोर्स’ गठन गरेका छन्।
१४ देखि २९ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी गठन गरिएको यो संगठनले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय सहभागी गराउने उद्देश्य लिएको छ।
कोरियामा गठन गरिएको फोर्सको संयोजकमा मोहन धमलालाई जिम्मेवारी दिइएको छ भने नेपालतर्फको केन्द्रीय समन्वयकमा स्मृति तिमिल्सिना रहेका छन्। नेपालमा सुरु भएको यो अभियान अहिले देशका विभिन्न जिल्लासँगै विदेशस्थित माओवादी निकट युवाबीच पनि तीव्र रूपमा विस्तार भइरहेको छ।
अहिलेको संक्रमणकालीन अवस्थामा देश साम्राज्यवादी र प्रतिक्रियावादीहरूको रणभूमि बन्ने खतरा रहेको र सरकार विभिन्न एनजिओ/आइएनजिओहरूले चलाइरहेका अनी जसले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको भन्दै यस परिस्थितिमा युवाहरूले नेतृत्व लिँदै पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षभित्र देशकै नम्बर ए...
२७ आश्विन २०८२, सोमबार २३:४६२७ आश्विन २०८२, सोमबार २३:४६२७ आश्विन २०८२, सोमबार २३:४६ by विशाल श्रेष्ठNo Comments
पूर्वी नेपाल समाज दक्षिण कोरिया द्दारा अक्टोबर २५ मा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम हुँदै
दक्षिण कोरियामा क्रियाशील पूर्वी नेपाल समाज दक्षिण कोरियाले आगामी २५ अक्टोबर २०२५, शनिबार साँझ ठिक ८ बजेदेखि निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदानमा सहभागी हुनेछन्।
पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र...
२६ आश्विन २०८२, आईतवार ०९:३६२६ आश्विन २०८२, आईतवार ०९:३६२६ आश्विन २०८२, आईतवार ०९:३६ by एलिनाNo Comments
नेपाल खेलाडी संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट आर.के. श्रेष्ठ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
सुवनस्थित निम्तो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा संघका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका खेलप्रेमी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सर्वसम्मतिले गठन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा रबिन्द्र खड्का, उपाध्यक्षमा जमानसिङ गुरुङ र नबिन सिंह बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सागर गुरुङ, र सदस्यहरूमा सुर्य थापा, नरेश भण्डारी तथा बिरेन्द्र बिष्ट चयन भएका छन्।
संस्थाको बरिष्ठ सल्लाहकारमा बुद्धी गुरुङ रहनुभएको छ भने सल्लाहकारमा मिलन श्रेष्ठ, चन्द्र तामाङ र राजु अधिकारी चयन भएका छन्।
“Sports for Health, Sports for Nations” भन्ने मूल नाराका साथ स्थापित नेपाल खेलाडी संघ दक्षिण कोर...
२५ आश्विन २०८२, शनिबार १३:१०२५ आश्विन २०८२, शनिबार १३:१०२५ आश्विन २०८२, शनिबार १३:१० by विशाल श्रेष्ठNo Comments
पछिल्लो समयमा अत्यधिक चर्चा र प्रतीक्षामा रहेको नेपाली कथानक चलचित्र “बलिदान” भोली आईतवार , सुवनको मेगाबक्स मा प्रदर्शन हुन लागेको छ। चलचित्रका मुख्य कलाकारहरूमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा रहेका छन्।
चलचित्रको निर्देशन सन्तोष सेनले गरेका छन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। चलचित्रमा देशभक्ति र एक्शनले भरिपूर्ण कथा प्रस्तुत गरिएको छ, जसमा देशको आन्तरिक मामिलामा बाह्य तत्वको हस्तक्षेपपछि समाजमा खल्बलिएको अवस्था र आफ्नो देशको अस्मिता जोगाउन जन्मिने युग पुरुषको कथालाई देखाइएको छ।
चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दावी गरिएको छ। ब्लकबस्टर हिट चलचित्र “१२ गाउँ” बाट आफ्नो करिअर सुरु गरेका नायक समीर भट्ट को यो चलचित्र पनि नेपालमा बडादशैं फूलपातीको दिन एकैसाथ रिलिज हुँदैछ।
सुवनमा हलसम्म पुग्नका लागि:
• सुवन स्टेशन, E...
२५ आश्विन २०८२, शनिबार १२:५८२५ आश्विन २०८२, शनिबार १२:५८२५ आश्विन २०८२, शनिबार १२:५८ by विशाल श्रेष्ठNo Comments
सल्लाहकार र केन्द्रीय सदस्य चयन गर्दै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको चौथो विस्तारित बैठक सम्पन्न
नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको” ऐतिहासिक चौथो विस्तारित बैठक सउलस्थित नमस्ते रेस्टुरेन्टको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।
बैठकमा संगठनको आगामी कार्यदिशा, देश र प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहितका सवाल, तथा संगठनभित्रको नेतृत्व व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो।
बैठकले मञ्चका महिला उपाध्यक्ष कमरेड निर्मला खड्का र केन्द्रीय सदस्य तथा छनान–फेन्थेक क्षेत्रीय कमिटी अध्यक्ष कमरेड कृष्णप्रसाद न्यौपानेले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेको छ।
त्यस्तै, संगठनमा रिक्त पदहरूमा नयाँ सल्लाहकार, प्रवक्ता र केन्द्रीय सदस्यहरूको मनोनयन गरिएको छ।
नयाँ पदाधिकारीहरू:
• सल्लाहकार: राजेन्द्र प्रकाश राई (राजन),...
२५ आश्विन २०८२, शनिबार १०:३७२५ आश्विन २०८२, शनिबार १०:३७२५ आश्विन २०८२, शनिबार १०:३७ by विशाल श्रेष्ठNo Comments
“प्रवासमा हाम्रो एकता, सुख दुःखमा आपसी सामिप्यता” भन्ने मूल नारासहित स्थापित वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन २०२५ अक्टोबर ११ शनिबारका दिन दक्षिण कोरियाको गाङवोन प्रान्त, वन्जु मुन्माक (문막읍 문막리 924-8) स्थित फुटबल मैदानमा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाको स्थापनाको छोटो समयमै नेपाली समुदायबीच उल्लेखनीय योगदान पुर्याउँदै आएको वन्जु मुन्माक मैत्री समाजले यस अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको हो।
बोम्जन गुरुङको अध्यक्षतामा बनेको नयाँ कार्यसमिति यस्तो छ:
अध्यक्ष: बोम्जन गुरुङ
वरिष्ठ उपाध्यक्ष: डम्बर लिम्बु
उपाध्यक्षहरू: मेघराज योगी, समिर लिम्बु
महासचिव: भिम घिसिङ
सचिवहरू: ज्ञानेन्द्र न्यौपाने, गणेश मगर
कोषाध्यक्ष: सबिन बोहोरा
सह–कोषाध्यक्ष: प्रेम बस्नेत
सदस्यहरू:
तेजेन्द्र कुंवर, गंगाराज लिम्बु, सचिन लावती, विकल कार्की, अभिषेक शाही, बिनोद ...