पूर्वी नेपाल समाज दक्षिण कोरिया द्दारा अक्टोबर २५ मा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम हुँदै
दक्षिण कोरियामा क्रियाशील पूर्वी नेपाल समाज दक्षिण कोरियाले आगामी २५ अक्टोबर २०२५, शनिबार साँझ ठिक ८ बजेदेखि निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदानमा सहभागी हुनेछन्।
पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा हुने कार्यक्रम कोरियामा रहेर नेपाली पर्व र संस्कृतिको निरन्तरता दिनुका लागि आयोजना गरिएको आयोजकले बताएको छ ।
आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना शुभकामना साटासाट गर्न अनुरोध गरेको छ।









