Advertisement
Advertisement

Breaking News

राप्ती समाज दक्षिण कोरियाद्वारा सलनालमा आयोजित राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आयब्यय सार्वजनिक, ८१ लाख ५१ हजार बचत गर्न सफल

राप्ती समाज दक्षिण कोरियाद्वारा सलनालमा आयोजित राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आयब्यय सार्वजनिक, ८१ लाख ५१ हजार बचत गर्न सफल

Breaking News, जानकारी, भर्खरै, समाचार
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रि को पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी १५, २०२६ मा आयोजना गरेको ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रमबाट कुल २ करोड १० लाख ६७ हजार ३३३ वोन आम्दानी भएको छ। आम्दानीतर्फ संस्थागत सहयोगबाट २० लाख २६ हजार वोन, उपस्थितिबाट १ करोड ४१ लाख ६० हजार वोन, कार्यक्रम लक्षित सहयोगबाट ४१ लाख २० हजार ३३३ वोन तथा प्रायोजनबाट ७ लाख ६१ हजार वोन संकलन भएको उल्लेख गरिएको छ। त्यस्तै कार्यक्रम सञ्चालनका क्रममा १ करोड २९ लाख १६ हजार वोन खर्च भएको छ। जसअन्तर्गत प्रचार–प्रसार, व्यानर तथा टिकट व्यवस्थापनमा ५ लाख ४६ हजार वो...
एनसीसी दक्षिण कोरियाको १९औँ अधिवेशन भोली : अध्यक्ष पदमा पाँच जनाबीच प्रतिस्पर्धा, सर्वसम्मति नभए २२ मार्चमा मतदान , ५२२ जना अधिवेसन प्रतिनिधि बाट नेतृत्व चयन हुने

एनसीसी दक्षिण कोरियाको १९औँ अधिवेशन भोली : अध्यक्ष पदमा पाँच जनाबीच प्रतिस्पर्धा, सर्वसम्मति नभए २२ मार्चमा मतदान , ५२२ जना अधिवेसन प्रतिनिधि बाट नेतृत्व चयन हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको सामाजिक संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १९औँ अधिवेशन भेलि सियोलमा आयोजना हुँदैछ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला अध्यक्ष पदका लागि पाँच जना आकांक्षी देखिएका छन्। अध्यक्ष पदका लागि हर्क बिष्ट, मनोज कुमार सुवेदी, प्रविण गिरी, चित्र घले र हरिप्रसाद खनालबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यसपटक नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच व्यापक चासो बढाएको छ। यद्यपि भोलि हुने अधिवेशनबाटै नयाँ कार्यसमिति गठन हुने सम्भावना भने कम देखिएको छ। अधिवेशनमा सहभागी पक्षहरूबीच सहमति जुटेर सर्वसम्मत नेतृत्व चयन गर्न सकिएमा मात्रै भोलि नै नयाँ नेतृत्व टुंगिन सक्ने बताइएको छ। यदि सर्वसम्मत सहमति जुट्न नसकेमा भने भोलि उम्मेदवारी आह्वान, उम्मेदवारी दर्ता तथा अन्य आवश्यक प्रक्रिया पूरा गर...
एनसीसी दक्षिण कोरियाको अध्यक्षमा मनोज कुमार सुबेदीको उम्मेदवारी घोषणा, ‘समावेशी नेतृत्व र सशक्त समुदाय’ मुख्य एजेन्डा

एनसीसी दक्षिण कोरियाको अध्यक्षमा मनोज कुमार सुबेदीको उम्मेदवारी घोषणा, ‘समावेशी नेतृत्व र सशक्त समुदाय’ मुख्य एजेन्डा

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको आगामी अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी र योजना सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसैबीच एनसीसीका हालका उपाध्यक्ष मनोज कुमार सुबेदीले अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै विस्तारित चुनावी योजना सार्वजनिक गर्नुभएको छ। विगत दुई दशकदेखि नेपालमा सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका सुबेदीले करिब एक दशकभन्दा बढी समयदेखि दक्षिण कोरियामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सामाजिक सेवामा संलग्न रहँदै आएको अनुभवका आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई “समावेशी नेतृत्व, सशक्त समुदाय” को अवधारणामा आधारित रहेको उल्लेख गर्नुभएको छ। सुबेदीका अनुसार सन् १९९३ मा एनसीसी स्थापना भएदेखि ...
एनसीसी अध्यक्षका दाबेदार : वर्तमान वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट चर्चामा

एनसीसी अध्यक्षका दाबेदार : वर्तमान वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट चर्चामा

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको अधिवेशन नजिकिँदै जाँदा यहाँको नेपाली समुदायमा चुनावी माहोल झन् तातिएको छ। राजधानी सोलमा आइतबार, मार्च १५ मा हुने अधिवेशनमार्फत संस्थाको नयाँ नेतृत्व चयन गरिने भएकाले प्रवासी नेपालीहरूको ध्यान अहिले एनसीसीको नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। यसै सन्दर्भमा एनसीसी दक्षिण कोरियाका हालका वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट अध्यक्ष पदका बलिया दाबेदारका रूपमा उदाउनुभएको छ। लामो समयदेखि सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका बिष्टको नाम अहिले नेपाली समुदायबीच व्यापक रूपमा चर्चामा रहेको देखिन्छ। ईपीएस प्रणालीमार्फत करिब डेढ दशकअघि दक्षिण कोरिया प्रवेश गर्नुभएका बिष्टले प्रवास बसाइका क्रममा विभिन्न सामाजिक अभियान, सामुदायिक कार्यक्रम तथा सहयोगात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ...
NCC को अध्यक्षमा प्रविण गिरीको दाबी, मार्च १५ को अधिवेशनप्रति बढ्दो चासो

NCC को अध्यक्षमा प्रविण गिरीको दाबी, मार्च १५ को अधिवेशनप्रति बढ्दो चासो

Breaking News, जानकारी, भर्खरै, समाचार
यही आउँदो आइतबार अर्थात् मार्च १५ सौलमा हुने नेपाली सम्पर्क समिति (NCC) को अधिवेशन नजिकिँदै जाँदा दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच चुनावी सरगर्मी बढ्न थालेको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्ष पदका लागि विभिन्न व्यक्तित्वहरू आकांक्षीका रूपमा अगाडि देखिन थालेका छन्। यसैक्रममा ईपीएस (EPS) प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गरी यहाँका विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आउनुभएका प्रविण गिरी पनि अध्यक्ष पदका बलिया आकांक्षीका रूपमा देखिनुभएको छ।लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै नेपाली समुदायबीच सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका गिरी यसअघि कास्की परिवार दक्षिण कोरियाका अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। साथै उहाँ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सल्लाहकार तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत हुनुह...
ख्याङ्‌नाम नेपाली समाजको दोस्रो अधिवेशन सफलतापूर्ण सम्पन्न, रबि खवासको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

ख्याङ्‌नाम नेपाली समाजको दोस्रो अधिवेशन सफलतापूर्ण सम्पन्न, रबि खवासको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको Gyeongsangnam-do क्षेत्रमा क्रियाशील ख्यङ्नाम नेपाली समाज दक्षिण कोरिया को दोस्रो अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। Changwon स्थित Changwon Migrants Center मा आयोजित अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट रबि खवास अध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिपक रिमाल, उपाध्यक्षहरूमा सन्दिप रावत र बबिराज रोकाया, तथा महिला उपाध्यक्षमा रस्मा लामा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको महासचिवमा दिपक आचार्य, सचिवहरूमा मिलन रेग्मी र गजेन्द्र रुचाल, कोषाध्यक्षमा बाला थुलुङ राई तथा सह–कोषाध्यक्षमा केदार अधिकारी चयन भएका छन्। समितिका सदस्यहरूमा महेश ढुङ्गाना, सुवास ढुङ्गाना, मनिश मगर, युवराज गिरि, बिष्णु ठकुल्ला, शिव आचार्य, बसन्त घिमिरे, सागर भट्टराई, रोशन क्षेत्री, नरेश ठकुराठी, निरज श्रेष्ठ, नवीन बाबु भण्डारी, खगेन्द्र बडाल, सञ्ज...
दक्षिण कोरियामा मार्च २२ तारिक “काष्ठमण्डप फुटसल कप–२०२६” आयोजना हुँदै, बिजेता लाई ४१ लाख भन्दा बढी पुरस्कार 

दक्षिण कोरियामा मार्च २२ तारिक “काष्ठमण्डप फुटसल कप–२०२६” आयोजना हुँदै, बिजेता लाई ४१ लाख भन्दा बढी पुरस्कार 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली फुटबल तथा फुटसल क्लबहरूलाई लक्षित गर्दै “काष्ठमण्डप फुटसल कप–२०२६” आयोजना हुने भएको छ। जेजेएफ.सी. तथा जेजेएन नेपाली समाजको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता आगामी २२ मार्च २०२६ मा छनान सहरको सिनबाङदोङ ६४५–१ (म्याचअप फुटसल फिल्ड) मा सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा हालसम्मकै आकर्षक पुरस्कार राशी राखिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ४१ लाख ४१ हजार १ सय ४१ वन, दोस्रो पुरस्कार २१,२१,१२१ वन तथा सेमिफाइनलिस्ट टिमलाई ४,४४,४४४ वन प्रदान गरिनेछ। त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १,५१,१११ वन, उत्कृष्ट गोलकिपरलाई १,११,१११ वन तथा उच्च गोलकर्तालाई १,११,१११ वन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि टिम दर्ताको अन्तिम मिति १४ मार्...
ह्वासङ क्षेत्रमा बसोबास गर्नेहरुका लागि खुशीको खबर, आफ्ना बच्चा प्राथमिक स्कुलमा भर्ना गर्दा २ लाख पाइने 

ह्वासङ क्षेत्रमा बसोबास गर्नेहरुका लागि खुशीको खबर, आफ्ना बच्चा प्राथमिक स्कुलमा भर्ना गर्दा २ लाख पाइने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको ख्यङ्गी प्रान्तअन्तर्गत ह्वासङ सहरले यस वर्ष प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाका लागि प्रति विद्यार्थी २ लाख वोन बराबरको प्रवेश शुभकामना भत्ता प्रदान गर्ने घोषणा गरेको छ। सहर प्रशासनले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार उक्त रकम स्थानीय मुद्रा मार्फत वितरण गरिनेछ। ह्वासङ सहरका अनुसार कार्यक्रमको उद्देश्य अभिभावकको आर्थिक भार कम गर्नुका साथै सर्वसुलभ शैक्षिक कल्याण प्रणालीलाई प्रवर्द्धन गर्नु हो। सहायता कार्यक्रमअन्तर्गत वैकल्पिक विद्यालयमा भर्ना हुने विद्यार्थीहरू पनि समावेश गरिएका छन्।  आवेदनका लागि विद्यार्थीको भर्ना मितिसम्म ह्वासङ सहरमा अभिभावकको बसोबास दर्ता भएको हुनुपर्नेछ। भत्ता प्राप्त गर्न आवेदन अवधि घोषणा गरिएको दिनदेखि आगामी नोभेम्बर २७ सम्म रहनेछ। आवेदन स्वीकृत भएपछि रकम आवेदन दिएको मितिअनुसार अर्को महिनाको १५ गते वा महिनाको अन्तिम दिन प्रदान गरिन...
ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन ८ मार्चमा

ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन ८ मार्चमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाले आफ्नो स्थापनाको महत्वपूर्ण खुड्किलो पार गर्दै आगामी ८ मार्च २०२६ (आइतबार) का दिन “दोस्रो अधिवेशन” आयोजना गर्ने भएको छ। 경상남도 (ख्यङ्साङनाम्दो) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्दै सामाजिक सेवामा सक्रिय रहँदै आएको समाजले अधिवेशनलाई भव्य र प्रतिनिधिमूलक बनाउने तयारी गरेको जनाएको छ। अधिवेशन दिउँसो १:०० बजे Changwon Migrants Center (ख्याङ्नाम इजुमिन सेन्टर), 창원시 의창구 사화로18번길 30 मा आयोजना हुनेछ। समाजले 경상남도 क्षेत्र तथा आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि एवं सामाजिक व्यक्तित्वहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ। समाजका अनुसार, अधिवेशनले विगत कार्यकालको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा नयाँ नेतृत्व चयनजस्ता विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्...
कोरियामा रहेका नेपाली श्रमिकका लागि राष्ट्रिय पेन्सन सुनिश्चित गर्न श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकका लागि राष्ट्रिय पेन्सन सुनिश्चित गर्न श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूलाई कुकमिन फोहम (National Pension Scheme) मार्फत पेन्सन सुविधा सुनिश्चित गराउन पहल गर्न माग गर्दै ६ वटा प्रादेशिक समाजले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्र आज डा. शिवमाया तुम्बाहाङ्फे र नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्ले समक्ष पेश गरिएको हो। ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार दक्षिण कोरिया मा EPS अन्तर्गत कार्यरत नेपाली श्रमिकहरूले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका भए पनि अन्य देशका श्रमिकसरह राष्ट्रिय पेन्सन सुविधा पूर्ण रूपमा प्राप्त गर्न नसकेको अवस्था रहेको जनाइएको छ। कोरियामा निश्चित अवधिसम्म काम गरी स्वदेश फर्किने विदेशी श्रमिकहरूले पेन्सन रकम प्राप्त गर्ने व्यवस्था भए पनि नेपाली श्रमिकहरूको दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित हुन नसकेको भन्दै नेपाल स...