विशाल आवाज: स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ जुलाइ २८ तारिख सउलमा हुन गइरहेको “2ND MR.FITNESS NEPAL MEN’S PHYSIQUE COMPETITION-2024” को सम्पूर्ण तयारी पूरा भएको फिटनेस नेपालका संयोजक अन्जन थापा मगरले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
जुलाइ २८ तारिख आइतबारका दिन 동묘앞역 exit no.3 मा रहेको 서울특별시 종로구 종로 386 1 중 강당 मा आयोजना हुने दोस्रो मिस्टर फिटनेस नेपाल इन्टरनेसनल मेन फिजिक कम्पिटिसन २०२४ मा २४ जना खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। कम्पिटिसनको विजेताले १० लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले पनि क्रमश: पाँच लाख र तिन लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। यसैगरी सहभागि सम्पुर्ण खेलाडि लाइ समेत सम्मान स्वरुप मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएको छ।
अघिल्लो वर्ष पहिलो सिजन गरेको अनुभव बटुलिसकेको आय...
११ श्रावण २०८१, शुक्रबार १०:२३११ श्रावण २०८१, शुक्रबार १०:२३११ श्रावण २०८१, शुक्रबार १०:२३ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा जुलाइ २८ तारिक आइतबार कोरियाको राजधानी सउलको गुमिन ह्वेग्वान दोङ्गदेमुनमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइ कार्यक्रमको कार्यतालिका र विवरण समेत प्रस्तुत गरिएको छ ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने कार्यक्रम संयोजक प्रकाश धमलाले बताउनु भएको छ।
संयोजक धमालाका अनुसार दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी सुरु हुने अन्तरक्रिया कार्यक्रमको तालिका र विवरण निम्नानुसार रहेको विशाल आवाजलाई जानकारी दिनुभएको छ।
शनिबार विहान ५ः१५ म...
११ श्रावण २०८१, शुक्रबार ०८:४७११ श्रावण २०८१, शुक्रबार ०८:४७११ श्रावण २०८१, शुक्रबार ०८:४७ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :केही वर्ष अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ तारिक (छुसकको दोश्रो दिन) मा हुने भएकाे छ । संस्थाले आधिकारिक रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल स्थित (서울시 종로구 숭인동 316-2 금강빌딩 2F) नमस्ते रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन हुने भएकाे हो ।
सन् १९९७ मा स्थापना भएको "स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक य...
९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४० by एलिनाNo Comments
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
via:ekantipur...
९ श्रावण २०८१, बुधबार ०६:३६९ श्रावण २०८१, बुधबार ०६:३६९ श्रावण २०८१, बुधबार ०६:३६ by एलिनाNo Comments
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।...
८ श्रावण २०८१, मंगलवार १२:१३८ श्रावण २०८१, मंगलवार १२:१३८ श्रावण २०८१, मंगलवार १२:१३ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: दक्षिण कोरियाको गजेदोमा रहेको लुम्बिनी रेष्टुरा गजेमा जुलाइ २० र २१ तारिख आयोजना गरिएको प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न भएको छ।
सुरेश लिम्बु एम्पायर रहेको टुर्नामेन्टमा ३४ जना खेलाडी सहभागी सहभागि थिए । खचाखच दर्शकहरुको बिचमा भएको टुर्नामेन्टको फाइनलमा बिकेश दाहाल र खुशीराम चौधरी पुगेका थिए भने फाइनल खेल २१ तारिक समय अभाबको कारण २२ तारिख सोमबार खेलाइएको थियो । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा बिकेश दाहालले खुशीराम चौधरी लाई २-० ले पराजित गरी टुर्नामेन्ट जित्न सफल भएका थिए। टुर्नामेन्टको बिजेता
ले ५ लाख वनको चेक र ट्रफी यसैगरी उपबिजेताले ३ लाख वनको चेक र ट्रफी प्राप्त गरेका थिए ।
विजेता र उपविजेता लाई नेपाल आदिवासी जनजाति महासंघ बुसानका महासचिव जय राइ ले खादा ओढाएर चेक हस्तान्तरण गर्नु भएको थियो भने नगद र ट्रफी लुम्बिनी रेष्टुराका सन्चा...
८ श्रावण २०८१, मंगलवार १०:०९८ श्रावण २०८१, मंगलवार १०:०९८ श्रावण २०८१, मंगलवार १०:०९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/ विशाल आवाज :कोरियामा स्थापित स्याङ्जा भिर्कोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई २७ र २८ तारिक दुई दिने "समर क्याम्प पिकनिक कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ ।
खाङ्वन स्थित सुविधा सम्पन्न फेन्सन (망상비치펜션, 강원 강릉시 옥계면 도직길 7-12) मा उक्त कार्यक्रम अन्तर्गत विविध मनोरञ्जनात्मक साँस्कृतिक, खेलकुद कार्यक्रम सहित मिष्ठान्न नेपाली परिकारहरुको साथमा प्रवासमा भएपनि अपनत्वको अनुभूति दिलाउँदै संस्थालाई गतिशील र चलायमान गराउने र एक आपसको सम्बन्ध अझ मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजमा अध्यक्ष मनोज गुरुङले जानकारी गराएका छन् ।
"आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा" भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित समाजले धेरै उदाहरणीय कार्यमा अग्रसरता देख...
८ श्रावण २०८१, मंगलवार ०९:५१८ श्रावण २०८१, मंगलवार ०९:५१८ श्रावण २०८१, मंगलवार ०९:५१ by विशाल श्रेष्ठNo Comments
साताको तेस्रो कारोबार दिन मंगलबार दिन नेप्से परिसूचक ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा आइपुगेको छ । करिब १५ दिनको बीचमा ५०० अंकले बजार बढेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो । यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से २.१५ अंकले बढेको थियो । कारोबार रकम भने उक्त दिन १३ अर्ब ९१ करोड रुपैयाँ बराबर भएको थियो ।
बढेको बजारमा यो दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १०.४० अंकले बढेर ४१९.१९ विन्दुमा पुगेको छ ।
यो दिन आठ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। जसमा बो...
७ श्रावण २०८१, सोमबार १३:२८७ श्रावण २०८१, सोमबार १३:२८७ श्रावण २०८१, सोमबार १३:२८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सङनाममा आयोजित खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो च्याम्पियनशिप-२०२४ मा अन्तरास्ट्रिय तेक्वान्दो(पुम्से) बिधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रेम बहादुर लिम्बुले रजत पदक जित्न सफल भएका छन् ।
तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडिको रुपमा रहेका परिचित नेपाल प्रहरीका जवान प्रेम बहादुर लिम्बुले विभिन्न देशका खेलाडीहरुलाई पछि पार्दै अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दोमा दोस्रो उपाधि जित्न सफल भएका हुन् ।
क्वान योङ दाल गुरुका चेला अनि अहिलेको बन्दप्रशिक्षणमा प्रशिक्षणमा सन्जिब कुमार ओझा बाट प्रशिक्षण लिएका प्रेम बहादुर लिम्बु धेरै अब्बल खेलाडी मानिन्छन्।
नेपाल प्रहरीबाट (काठमाडौं ) २०७३/०६/१६ गते का दिन तेक्वान्दोको सुरुवात गरेका उनले , ८औं राष्ट्रिय -प्रथम, ९औं राष्ट्रिय -प्रथम, १३औं साग गेममा तेस्रो १९औं एसियन गेम -५औं, एसियाली तेक्वान्दो हनमाडाङ ...
७ श्रावण २०८१, सोमबार १०:०९७ श्रावण २०८१, सोमबार १०:०९७ श्रावण २०८१, सोमबार १०:०९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले जुलाई २८ मा दोङ्देमुनमा कार्यक्रमको पोष्टर सार्वजनिक तथा समाजको बार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको छ ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१४ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया स्थापना भएको थियो । समाजले जुलाई २८ तारिक आईतवार दोङदेमुनमा रहेको आफ्नो कार्यालयको हलमा विहान १०ः३० बजे कोरियन पर्व छुसकको अवसरमा पुर्वाञ्चल सरोकार समाज आबद्ध संस्थाहरू द्वारा आयोजना गरिएका साँस्कृतिक तथा डान्स पार्टी कार्यक्रमको पोष्टर सार्वजनिक तथा मध्यान्ह १२:००बजे समाजको बार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको हो ।
समाजमा पूर्वका १४ जिल्ला र २ जातिय संस्था गरि कूल १६ वटा सक्रिय संघसंस्थाहरू आबद्द रहेका छन्। समाजको साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवे...