Advertisement
Advertisement

सेयर बजार : २९ महिनापछि परिसूचक २५ सय अङ्कको बिन्दुमा

Advertisement
Advertisement

 

साताको तेस्रो कारोबार दिन मंगलबार दिन नेप्से परिसूचक ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा आइपुगेको छ । करिब १५ दिनको बीचमा ५०० अंकले बजार बढेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो । यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो ।

 

अघिल्लो कारोबार दिन सोमबार नेप्से २.१५ अंकले बढेको थियो । कारोबार रकम भने उक्त दिन १३ अर्ब ९१ करोड रुपैयाँ बराबर भएको थियो । 

बढेको बजारमा यो दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १०.४० अंकले बढेर ४१९.१९ विन्दुमा पुगेको छ ।

यो दिन आठ वटा अलग- अलग  कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। जसमा बोटलर्स नेपाल, समृद्धि फाइनान्स, हाथवे  इन्भेष्टेमेन्ट, नेपाल वेयर हाउजिङ कम्पनी, साहस ऊर्जा, हिमालयन ऊर्जा विकास, मान्डु हाइड्रो पावर कम्पनी छ ।

उच्च अंकले बढेको बजारमा गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ । त्यस्तै माछापुछ्रे डिबेन्चरको इकाई मूल्य पनि ३.९५ प्रतिशतले घटेको छ ।त्यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था,मन्दाकिनी हाइड्रो पावर कम्पनीको शेयरमूल्य घटेको छ । 

सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको २४ करोड ६९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ भने दोस्रो ठूलो कारोबार हुने कम्पनीमा अपी पावर कम्पनी छ । उक्त कम्पनीको २४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको  छ। त्यस्तै हिमालयन रिइन्स्योरेन्स, साइन रेसुङगा डेभलपमेन्ट,न्यादी ग्रुप पावर कम्पनीको २० करोड १९ लाख देखि २३ करोड २६लाख रुपैयाँसम्म कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ। त्यस्तै, यस दिन जीबन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । यसैगरी, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) को सत्ता साझेदारीपछि नेप्से परिसूचक उकालो लाग्न थालेको छ । सरकार बनाउने सम्झौता भएको दिन असार १७ गतेसम्म परिसूचक २ हजार ३७ विन्दुमा थियो । दुई राजनीतिक दलले सरकार गठन गर्ने हल्ला चलेपछि शेयर बजार बढ्न थालको थियो ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×